News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

क्राईम–न्यूज प्रमुख समाचार

रेडपाण्डाको छाला र पासो सहित तीनजना पक्राउ

'बफरजोनभित्र वन्यजन्तु चोरी शिकारी तथा तस्करी गर्नेलाई प्रहरीले बुधबार विहान पक्राउ गरेको हो'

सोलुखुम्बु । रेडपाण्डाको ७ थान छाला र रेडपाण्डा मार्न प्रयोग गरिने ५ थान पासोसहित प्रहरीले तीनजनालाई पक्राउ गरेको छ । महाकुलुङ गाउँपालिका–३ मकालु वरुण राष्ट्रिय निकुञ्ज मध्यवर्ति क्षेत्र बफरजोनबाट रेडपाण्डाको छाला र रेडपाण्डा मार्न प्रयोग गरिने पासो सहित बुधबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा महाकुलुङ गाउँपालिका–२ बस्ने ७६ वर्षीय जगत बहादुर राई, सोही गाउँपालिका–३ बस्ने ५७ वर्षीय मितुरधन राई र ५६ वर्षीय कविराखर राई रहेका छन् ।

बफरजोनभित्र वन्यजन्तु चोरी शिकारी तथा तस्करी भईरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त छाला र पासोसहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया