News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

क्राईम–न्यूज प्रमुख समाचार

सहकर्मी महिलामाथि यौन दुर्व्यवहार गर्नेलाई जरिवाना

'वन अधिकृत तुलाराम घिमिरेले दिउँसो भिडियो म्यासेन्जरमा कल गरी आफ्नो यौनाङ्ग देखाएको आरोप'

काठमाडौं । सहकर्मी महिलालाई सामाजिक सञ्जालको प्रयोग गरी यौन दुर्व्यवहार गरेको आरोपमा डिभिजन वन कार्यालय सिन्धुपाल्चोकका तत्कालीन सहायक वन अधिकृतलाई कारवाही भएको छ ।

वन अधिकृत तुलाराम घिमिरेले आफ्नै सहकर्मी महिलालाई फेसबुकको म्यासेन्जरबाट भिडियो कल गरी यौन दुर्व्यवहारगरेको आरोपमा जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले पीडित महिलालाई क्षतिपूर्तिबापत ५० हजार रुपैयाँ तिर्नुपर्ने गरी फैसला गरेको हो ।

गत साउन १३ गते दिउँसो वन अधिकृत घिमिरेले दिउँसो भिडियो म्यासेन्जरमा कल गरी आफ्नो यौनाङ्ग देखाएको आरोप ती महिलाले लगाएकी थिईन् । त्यस घटना लगत्तै वन अधिकृत घिमिरेलाई डिभिजन वन कार्यालय सिन्धुपाल्चोकबाट सरुवा गरिएको थियो । हाल उनी डिभिजन वन कार्यालय नुवाकोटमा कार्यरत छन् ।

जिल्ला प्रशासन कार्यालयको फैसलामा भनिएको छ, ‘प्रतिवादी तुलाराम घिमिरेले गरेको कार्य कार्यस्थलमा हुने यौनजन्य दुर्व्यवहार निवारण ऐन २०७१ को दफा ४ को उपदफा १ को खण्ड ख बमोजिमको कसुरजन्य कार्य भएको देखिँदा निज प्रतिवादी तुलाराम घिमिरेलाई यौनजन्य दुर्व्यवहार निवारण ऐन २०७१ को दफा १२ को उपदफा १ बमोजिम ६ महीना कैद वा पचास हजार रुपैयाँसम्म जरिवाना वा दुवै हुने छ भन्ने कानुनी व्यवस्था बमोजिम निज प्रतिवादीलाई जरिवाना ५० हजार र पीडित निवेदकलाई क्षतिपूर्ति बापत रु. ५० हजार दिलाई भराई दिनु भन्ने फैसला गरिएको छ ।’