News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

क्राईम–न्यूज प्रमुख समाचार

‘हनी ट्रयाप’को आरोपमा महिलासहित तीनजना पक्राउ

'त्यो गिरोहले चावहिलस्थित गेष्ट हाउसमा भेट्न बोलाई गोप्य भिडियो खिचेर रकम वार्गेनिङ गरेको आरोप'

काठमाडौँ । ‘हनी ट्रयाप’मा फसाई पाँच लाख रुपैयाँ वार्गेनिङ गर्ने एक महिलासहित तीनजनाको गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । त्यो गिरोहले कपन र इमाडोलका दुईजना पुरुषलाई चावहिलस्थित गेष्ट हाउसमा भेट्न बोलाई गोप्य भिडियो खिचेर रकम वार्गेनिङ गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

यसरी पक्राउ पर्नेहरुमा स्थायी ठेगाना जाजरकोट भई हाल गोंगबू बस्ने २८ वर्षीय संगीता शाह (रितु), सिन्धुपाल्चोक घर भई हाल गोंगबु बस्ने २१ वर्षीय सुस्मिता गिरी र नुवाकोट घर भई हाल स्वयम्भू बस्दै आएका शंकर खनाल रहेका छन् ।

त्यसो त प्रहरीले यसअघि बलात्कारको झुटो आरोप लगाउँदै ‘हनी ट्रयाप’मा पारी रकम असुलेको आरोपमा दुई महिलालाई सुर्खेत वीरेन्द्रनगरबाट पक्राउ गरेको थियो ।

प्रतिक्रिया