News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

क्राईम–न्यूज प्रमुख समाचार

मस्र्याङदी नदीमा १३ वर्षीय बालिका वेपत्ता

'भैसी चराउन भनेर गएकी पुजा आफ्ना साथीहरुसँग दिउँसो मस्र्याङ्दी नदीमा पौडी खेल्न पुगेकी थिईन्'

लमजुङ । मस्र्याङदी नदीमा साथीहरुसँग पौडी खेल्न गएकी १३ वर्षीय पुजा राना अझै भेटिएकी छैनन् ।

हिजो शुक्रबार दिउँसो करिब २ बजेको समयमा पौडी खेल्ने क्रममा ती बालिकालाई नदीले बगाएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी प्रमुख डिएसपी गंगाबहादुर थापाले जानकारी दिए ।

दाङ तुल्सीपुर वडा नं. १० घर भएकी पुजा लमजुङस्थित बेसीशहर नगरपालिका वडा नं. १० बाँझाखेत चौरस्थित आफ्नी फुपुको घरमा बस्दै आएकी थिईन् ।

फुपुको घरबाट भैसी चराउन भनेर गएकी पुजा आफ्ना साथीहरुसँग दिउँसो मस्र्याङ्दी नदीमा पौडी खेल्न पुगेकी थिईन् । पौडी खेल्दा वेपत्ता भएपछि शुक्रबार उनको प्रहरी र स्थानीयवासीले खोजी गरेपनि फेला पार्न सकेनन् ।

प्रतिक्रिया