News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

क्राईम–न्यूज प्रमुख समाचार

महिलालाई जिउँदै खाल्डोमा पुर्ने डोजर चालक पक्राउ

'सीआईबीको विशेष टोली र भारतीय प्रहरीको समन्वयमा हरिद्वारबाट पक्राउ गरिएको थियो'

काठमाडौं । एक महिलालाई जिउँदै खाल्डोमा पुर्ने डोजर चालक भीमबहादुर बुढाथोकीलाई नेपाल प्रहरीले पक्राउ गरेको छ । गत फागुन १७ गते धादिङको त्रिपुरासुन्दरी–१, सल्यानटारकी ४५ वर्षीया महिलालाई डोजर चालकले खाल्डोमा पुरी भारततर्फ भागेका थिए । बुढाथोकीलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को विशेष टोली र भारतीय प्रहरीको समन्वयमा हरिद्वारबाट पक्राउ गरिएको थियो ।

घाँस काटेर घरतिर फर्किदैं गरेकी सरस्वती कुमाल खाल्डोमा खस्न पुगेकी थिईन् । नजिकै बाटो खन्दै गरेका डोजर चालक भीमबहादुर बुढाथोकीले ती महिलालाई खाल्डोबाट उद्दार गर्नुको साटो उल्टै वरिपरीको माटो ल्याएर पुरिदिएका थिए । दाङ घर भएका चालक बुढाथोकी भागेर नेपालगञ्ज हुँदै भारतमा गई लुकेर बसेका थिए । पक्राउ परेका बुढाथोकीलाई जिल्ला प्रहरी कार्यालय धादिङले कर्तव्य ज्यान सम्बन्धी मुद्दामा कारवाही अगाडि बढाएको छ ।

एक महिलालाई जिउँदै खाल्डोमा पुर्ने डोजर चालक भीमबहादुर बुढाथोकी

प्रतिक्रिया