
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
४‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
५इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
६पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
७माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
८मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
९मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१०सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
११रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
१२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
६स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
७किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
८भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
९गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
१०सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
११सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
१२तिब्बतर्फ ताल पुन: फुट्यो
काठमाडौं । ‘हनी ट्रयाप’मा फसाई रकम असुली गरेको अभियोगमा नेपाल प्रहरीले दुई महिलालाई पक्राउ गरेको छ । ती महिलाहरुले ‘हनी ट्रयाप’मा पारेर रकम असुली गर्ने र दिन नमाने बलात्कारको झुटो आरोप लगाउने काम गर्दै आईरहेका थिए ।
बलात्कारको झुटो उजुरी दिने महिला ‘हनी ट्र्याप’को आरोपमा सुर्खेत वीरेन्द्रनगर नगरपालिका वडा नं. १० घर भई हाल काठमाडौं घट्टेकुलो बस्ने ललिता भन्ने ३७ वर्षीया लालसरी शाही र सोही ठाउँ घर भई हाल काठमाडौं कपन बस्ने ३७ वर्षीया कल्पना हमाललाई बुधबार पक्राउ गरेको हो ।
काठमाडौं महानगरपालिका–३२ कोटेश्वर बस्ने एक पुरुषलाई लालसरीले काठमाडौं सुन्धारास्थित गेष्ट हाउसमा भेट्न बोलाई गोप्यरुपमा भिडियो बनाएर म्यासेन्जर मार्फत ब्ल्याकमेलिङ गर्दै आईएमई मार्फत् लाखौं रुपैयाँ असुली गर्दै आईरहेको आरोपमा महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरी टोलीले काठमाडौंबाट पक्राउ गरेको हो ।
ती महिलाहरुले संस्थागत कामको सिलसिलामा लालसरीले चिनजानका ५२ वर्षीय पुरुषलाई सुन्धारास्थित होटलमा सबै पैसा हराएको कारण सहयोग गरिदिन अनुरोध गरे पश्चात भेट्न गएका ती पुरुषको समेत गोप्य भिडियो बनाएका थिए । गोप्य भिडियो देखाउँदै पैसा नदिए घरपरिवार साथै प्रहरी समेतमा उजुरी दिई फसाइदिने भन्दै ती महिलाहरुले पटक–पटक गरी तीनलाख दुईहजार पाँचसय लिईसकेको अनुसन्धानबाट खुल्न आएका प्रहरीले जानकारी दिएको छ ।
साथै लालसरी २०६६ मंसिरमा अपहरण मुद्दामा जिल्ला अदालत बाँकेबाट १४ वर्ष जेल सजाय फैसला भएकोमा ७ वर्ष जेल बसी २०७४ मंसिर २२ गते १ लाख रुपैयाँ धरौटीमा छुटेकी थिइन् । लालसरी र कल्पनाले सुर्खेत वीरेन्द्रनगर नगरपालिकाका लेखापाललाई फसाउने नियतले उनी विरुद्ध २०७७ असोज ६ गते जबरजस्ती करणी मुद्दामा जाहेरी दिएका थिए ।
पछि अनुसन्धान गर्दै जाँदा ती महिलाहरुको नियत गलत र जाहेरी झुठ्ठा ठहरिएकोले लालसरीउपर जिल्ला अदालत सुर्खेतबाट ३ वर्ष ६ महिना जेल सजाय फैसला भएको थियो । उनीहरूलाई थप अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको उक्त महाशाखाले जनाएको छ ।
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन