News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

क्राईम–न्यूज प्रमुख समाचार

नातिनी बलात्कार गर्ने हजुरबालाई आजीवन कारावास

'जिल्ला अदालत उदयपुरका न्यायाधीश माधवप्रसाद सिलवालको इजालासले सो फैसला गरेको हो'

उदयपुर । आफ्नै ८ वर्षीया नातिनीलाई बलात्कार गरेको कसुरमा ५६ वर्षीय हजुरबालाई आजीवन कारावासको सजाय भएको छ । जिल्ला अदालत उदयपुरले नातिनी बलात्कारको कसुरमा हजुरबालाई आजीवन कारावास र कसुरदार पुरुषले पीडित राहतकोषमा ४० हजार रुपैयाँ जम्मा गर्नुपर्ने फैसला सुनाएको हो ।

जिल्ला अदालत उदयपुरका न्यायाधीश माधवप्रसाद सिलवालको इजालासले बुधबार नातिनी बलात्कारको कसुरमा हजुरबालाई आजीवन कारावाससहित ४० हजार दण्ड जरिवाना गर्ने फैसला गरेको अदालतका स्रेस्तेदार धनबहादुर कार्कीले जानकारी दिए ।

आफ्नै हजुरबाले नातिनीलाई करणी गरेको किटानी उजुरी परेपछि गत भदौं ९ गते प्रहरीले पक्राउ गरी अनुसन्धान शुरु गरेको थियो ।

प्रतिक्रिया