News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

क्राईम–न्यूज प्रमुख समाचार

४० करोड सम्पत्ति हिनामिना गर्ने भेटवाल २ लाख धरौटीमा छुटे

'न्यायाधीशहरू प्रेमराज कार्की, बालेन्द्र रुपाखेती र चन्द्रबहादुर सारुको इजलासले धरौंटीमा छाड्न आदेश दिएको हो'

काठमाडौं । ४० करोड भन्दा बढि सम्पत्ति हिनामिना भएको आरोपमा पक्राउ परेका ठेकेदार दुईलाख भन्दा पनि कम धरौंटीमा छुटेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले फागुनको अन्तिम साता विशेष अदालतमा ठेकेदार मनोजकुमार भेटवाललाई १३ करोड २६ लाख विगो र १० वर्ष कैद सजायको माग दावी गर्दै मुद्दा दायर गरेको थियो ।

विशेष अदालतका न्यायाधीशहरू प्रेमराज कार्की, बालेन्द्र रुपाखेती र चन्द्रबहादुर सारुको इजलासले ठेकेदार भेटवाललाई जम्मा एकलाख ९० हजार रुपैयाँ धरौंटीमा छाड्न आदेश दिएको हो । यही फाइनान्स लिमिटेडको रकम हिनामिना गरेको प्रकरणमा परेका परेका भेटवालसँगै बसन्त मल्ल, विकास श्रेष्ठ, मधुवनलाल श्रेष्ठ, भैरवप्रसाद भेटवाल र रविन लामा पनि धरौंटीमा छुटेका छन् ।

अनुसन्धानका क्रममा पुरानो बसपार्कस्थित काठमाडौं भ्युटावर निर्माण गरिरहेको जलेश्वर स्वच्छन्द बिकोई बिल्डर्स प्रा.लि.का सञ्चालक समेत रहेका ठेकेदार भेटवालले ४ करोड ६० लाख ४२ हजार ८५० रुपैयाँको अवैध कारोबार गरेको राजस्व अनुसन्धान विभागले पुष्टि गरेको थियो ।