News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

क्राईम–न्यूज प्रमुख समाचार

प्याराग्लाइडिङका क्रममा फेवातालमा खसेका सैनिकको मृत्यु

'कालीजङ्ग गणमा कार्यरत मगरको सैनिक अस्पतालमा उपचारका क्रममा हिजो साँझ पौने ५ बजे मृत्यु भएको हो'

पोखरा । प्याराग्लाइडिङ प्रशिक्षणका क्रममा फेवातालमा खसेर नेपाली सेनाका एक जवानको मृत्यु भएको छ । सोमबार दिउँसो २ः१५ बजे फेवातालमा प्रशिक्षणका क्रममा खसेका धादिङ नीलकण्ठ नगरपालिकाका २३ वर्षीय प्रहरी जवान राजाराम मगरको उपचारका क्रममा मृत्यु भएको हो ।

नेपाली सेनाले पोखरामा सञ्चालन गरिरहेको प्याराग्लाइडिङ तालिमका क्रममा फेवातालमा खसेका मगरको सैनिक अस्पतालका उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी सुवास हमालले जानकारी दिएका छन् । सेनाका जवान मगर दुर्घटनामा परे लगत्तै सेना र सशस्त्र प्रहरीको टोलीले उद्धार गरेको थियो । तत्कालै ती जवानलाई पोखरा–११ रानीपौवास्थित सैनिक अस्पतालमा पु¥याईएको थियो ।

कालीजङ्ग गणमा कार्यरत मगरको सैनिक अस्पतालमा उपचारका क्रममा हिजो साँझ पौने ५ बजे मृत्यु भएको हो ।

प्रतिक्रिया