News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

क्राईम–न्यूज प्रमुख समाचार

बालिकालाई बलात्कार गरेको आरोपमा भेलबहादुर पक्राउ

'१३ वर्षीय बालिकालाई जबरजस्ती करणी गरी गर्भवती समेत गराएको भन्ने आरोप'

स्याङ्जा । १३ वर्षीय बालिकालाई जबरजस्ती करणी गरी गर्भवती समेत गराएको भन्ने आरोपमा स्याङ्जाको हरिनास गाउँपालिका वडा नं. ७ का ३३ वर्षीय भेलबहादुर थापा पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी प्रमुख एसपी होबिन्द्र बोगटीले जबरजस्ती करणी गरी गर्भवती समेत गराएको भन्ने उजुरी परेपछि पक्राउ गरिएको जानकारी दिए ।

पक्राउ परेका थापालाई जबरजस्ती करणी मुद्दामा स्याङ्जा जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी प्रहरीले थप अनुसन्धान कार्य अगाडि बढाएको छ ।