News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

क्राईम–न्यूज प्रमुख समाचार

मालपोत कार्यालय सिराहामा बम बिस्फोट

'बिस्फोटमा परी सर्वसाधारणसहित पाँचजना घाईते, दुईजना गम्भिर'

सिराहा । सिराहाको लाहानमा रहेको मालपोत कार्यालयमा आज दिउँसो बम विस्फोट भएको छ । बम बिस्फोटमा परी मालपोतका कर्मचारी शिवकुमार यादव र अर्का एकजना गरी दुईजना गम्भिर घाईते भएका छन् । बिस्फोटमा परी सर्वसाधारणसहित पाँचजना घाईते भएको जिल्ला प्रहरी कार्यालय सिराहाले जानकारी दिएको छ ।

बम विस्फोट कसले गराएको हो भन्ने अहिलेसम्म खुलेको छैन । प्रदेश नं. २ का प्रहरी प्रमुख डिआईजी धिरजप्रताप सिंहका अनुसार बम बिस्फोट किन र कसले गराएको हो भन्ने नखुले पनि यस विषयमा प्रहरीले थप अनुसन्धान अघि बढाएको जानकारी दिए ।

प्रतिक्रिया