News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

क्राईम–न्यूज प्रमुख समाचार

भतिजको हत्या आरोपका काका पक्राउ

'आफ्नी पत्नीसँग भतिज दिनेशको अनैतिक सम्बन्ध रहेका कारण हत्या गरेको स्वीकार'

बुटवल । भतिजको हत्या आरोपमा जिल्ला प्रहरी कार्यालय रुपन्देहीले आफ्नै काकालाई पक्राउ गरेको छ । रुपन्देही गैडहवा गाउँपालिका वडा नं. ६ स्थित गुलरियाका २६ वर्षीय दिनेश लोधको हत्याका आरोपमा प्रहरीले रामवरण लोधलाई पक्राउ गरेको हो ।

पर्सा–कलौनी सडक खण्डको पूर्व किनारमा गत मंसिर १७ गते शव फेला परेपछि अनुसन्धान गर्दै गर्दा आफ्नै पत्नीसँग अनैतिक सम्बन्ध राखेको निहुँमा काकाले नै भतिज दिनेशको हत्या गरेको खुलेको हो ।

ईलाका प्रहरी कार्यालय लुम्बिनी र ईलाका प्रहरी कार्यालय सूर्यपुराको टोलीले घटनास्थलबाट उठाईएका सबुद प्रमाण, प्राविधिक पक्षको विश्लेषण र स्थानीयवासीहरुको भनाईका आधारमा ३१ वर्षीय काका रामवरणलाई अनुसन्धान शुरु गरेको थियो । अनुसन्धानका क्रममा रामवरणले आफ्नी पत्नीसँग भतिज दिनेशको अनैतिक सम्बन्ध रहेका कारण हत्या गरेको स्वीकार गरेका छन् ।