News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

क्राईम–न्यूज प्रमुख समाचार

किर्ते गरेर करोड रुपैयाँ हिनामिना गर्ने लेखा अधिकृत पक्राउ

'राष्ट्रिय वाणिज्य बैंकको भौचर, छाप र कर्मचारीहरुको दस्तखत किर्ते गरी रकम अपचलन'

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले मालपोत कार्यालय भरतपुरका लेखा अधिकृत रिठ्ठे परियारलाई पक्राउ गरेको छ । एक करोड १७ लाख २४ हजार पाँचसय ३८ रुपैयाँ हिनामिना गरेको आरोपमा मालपोतका लेखा अधिकृतलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी प्रधान कार्यालयले जारी गरेको विज्ञप्तिमा लेखा अधिकृत परियारको संलग्नतामा राष्ट्रिय वाणिज्य बैंक शाखा कार्यालय भरतपुर चितवनको भौचर, छाप र कर्मचारीहरुको दस्तखत किर्ते गरी सो रकम अपचलन गरेको प्रारम्भिक अनुसन्धानका क्रममा खुल्न आएको उल्लेख गरेको छ ।

काठमाडौं तारकेश्वर नगरपालिका–६ बस्ने चितवन भरतपुर नगरपालिका–११ घर भएका लेखा अधिकृत ५७ वर्षीय परियारलाई लुकिछिपी बसेको अवस्थामा प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले पक्राउ गरेको थियो ।
परियारलाई तारकेश्वर नगरपालिका–६ मा लुकिछिपी बसेको अवस्थामा प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले पक्राउ गरी थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

डनन्यूज ट्रेन्डिङ