News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

क्राईम–न्यूज प्रमुख समाचार

बालक अपहरणको आशंकामा बुबा र मामा पक्राउ

'धनुषा प्रहरीद्वारा होटलबाट राती अपहरित बच्चाको सकुशल उद्धार'

जनकपुर । सात वर्षीय बालक अपहरण घटनामा प्रहरीले उनकै बुबा र मामासहित तीनजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाले शनिबार राति एक होटलबाट बालकको सकुशल उद्धार गरेको थियो ।
नगइराइन नगरपालिका वडा नं. ६ जटहीबाट शनिवार दिउँसो एक बजेदेखि हराएका बालक चन्दन दासलाई जनकपुरधामस्थित एक होटलबाट राति प्रहरीले उद्धार गरेको हो ।

‘रमेश दासका छोरा चन्दन शनिबार दिउँसो १ बजेबाट अपहरित भएका थिए । साँझमा उनको घरमा बच्चालाई अपहरण गरिएको भन्दै १ करोड फिरौती माग गरिएको थियो । फिरौती माग गरिएपछि बच्चा अपहरणमा परेको जानकारीमा आयो’ प्रदेश प्रहरी प्रमुख डीआईजी धिरजप्रताप सिंहले भने, ‘लगत्तै खटिएको प्रहरी टोलीले बच्चालाई जनकपुरधामको एक होटलबाट सकुशल उद्धार गरेको हो ।’

बालकको अपहरणमा संलग्न भएका आशंकामा प्रहरीले उनका बुवा रमेश र लक्ष्मेश्वर दाससहित दुईजना मामालाई पक्राउ गरेको छ ।

प्रतिक्रिया