
१डुलुवाको अध्यक्षमा योगेश भट्टराई
२सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
३‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
४इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
५पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
६माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
७मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
८मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
९सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
१०रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
११किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
१२आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
६स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
७भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
८गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
९ढोरपाटनमा विदेशी सिकारीहरूको आकर्षण बढ्दै
१०किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
११बागलुङमा सँगै काम गर्ने साथीको हत्या गरेको आरोपमा दुई जना पक्राउ
१२स्वास्थ्य मन्त्रालयद्वारा सबै स्थानीय तहलाई निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न परिपत्र
मनाङ । गत मङ्सिर ११ गतेदेखि लागेको आगो निभ्न नपाउँदै नासो गाउँपालिका रहेका जङ्गलमा आगो बलिरहेको छ । मनाङको ताचैमा लागेको आगो दुई दिनदेखि लगातार प्रयास गर्दा पनि नियन्त्रणमा आउन सकेको छैन । रातदिन नभनी भोकभोकै यहाँका स्थानीय आगो निभाउन खटिइरेका छन् ।
“जिल्लामा उपलब्ध सबै स्रोतसाधनको प्रयोग भइसक्यो तर आगो नियन्त्रणमा भएन”, नासो गाउँपालिका–८ ताचैका वडाध्यक्ष हुपजङ्ग गुरुङले भन्नुभयो । चारैतिर अग्ला डाँडाकाँडा अनि बीचमा रहेको बस्ती ताचै हो । यहाँ जम्मा ६३ घरधुरी छन् ।
तिल्चेबाट आगोले बाटो परिवर्तन गरी अचम्म लाग्ने गरी खोला नाघेर गाउँको इलाका प्रवेश गरेको स्थानीय युवा यज्ञ घलेले बताउनुभयो । तीव्र वेगमा हावा चलेकाले आगो नियन्त्रणमा लिन कठिन भएको उहाँको भनाइ छ । उहाँले जिल्लास्थित सबै सुरक्षा निकाय तथा स्थानीय बूढाबूढी, केटाकेटी सबै मिलेर अग्नि रेखा बनाउन सफल भएको बताउँदै भन्नुभयो, “पाइपको व्यवस्था गरेर बाल्टीमा पानी भरी आगो निभाउने प्रयासमा छौँ ।”
रात परेकाले घर जाने कि वनमै बस्ने केही निर्णय गर्न नसकेको उहाँको भनाइ छ । “घर जाऊँ आगोले बस्ती नै सिध्याउला भन्ने डर, नजाऔँ दुई दिनदेखिको भोक प्यासले हैरान पा¥यो”, घलेले आफूहरुका बाध्यता सुनाउनुभयो । “गाउँ कुइरीमण्डल छ, सास फेर्न गाह्रो भइरहेको छ”, उहाँले भन्नुभयो ।
ताचै संरक्षण क्षेत्र व्यवस्थापन समिति अध्यक्ष याद घलेले आगो निभाउने प्रयास भैरहेको बताउनुभयो । अर्का स्थानीय रोशन गुरुङले आगो नियन्त्रणमा अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप) ले चासो नदिएको गुनासो गर्नुभयो । आगोले एक्याप क्षेत्रको दुई हजार हेक्टर जङ्गल सखाप पारेको छ । जङ्गल जलेपछि घोरल मृग दौडिएको स्थानीयले बताएका छन् । अहिले आगो मनास्लु पदमार्गतर्फ गोवा भन्ने ठाउँमा बलिरहेकोे वडा ७ तिल्चेका अध्यक्ष धनबहादुर गुरुङले जानकारी दिनुभयो । आगो गाउँमा छिरेपछि पनि कतैबाट पनि सुरक्षा नपाएकामा आक्रोश व्यक्त गर्दै उहाँले भन्नुभयो, “प्रशासनले आगो लगाउने व्यक्ति पहिचान गर्न चासो देखाएन र अन्य सङ्घसंस्था पनि गम्भीर देखिएनन् ।’’
मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले आगो लगाउने व्यक्तिको खोजी गरी कारवाही गरिने बताउनुभयो । ‘‘आगोको त्रासमा प्रशासन भयवित भएका जनतालाई सुरक्षा दिन दिनरात नभनी नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहयोगमा बस्ती जोगाउने काम भइरहेको छ’’, उहाँले भन्नुभयो । जिल्लाका विभिन्न ठाउँमा आगलागीका घटना भइरहेकाले जिल्लाका सबै संयन्त्र परिचालन गर्दागर्दै पनि नियन्त्रणमा लिन कठिनाइ भएको उहाँको भनाइ छ ।
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन