
१‘डुलुवा’ टोलीको यात्रा सुरु पोखराबाट हुम्लाको लिमी उपत्यका हुँदै लाप्चा ला पाससम्म
२पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
३देउसी खेलेर बैदाम प्रहरीले किन्यो मोटरसाइकल
४जेन-जी आन्दोलनका ४५ जनालाई सहिद घोषणा
५फेवातालमा डुंगा पल्टिँदा डुबेका तीनै जना सकुशल उद्धार
६माओवादी, एकीकृत समाजवादीसहित ८ दलबिच १८ बुँदे सहमति, १९ गते एकता घोषणा
७जेन–जीमाथि भएको दमनको निष्पक्ष छानबिनको माग गर्दै पोखरामा मशाल जुलुश प्रदर्शन
८उद्धारपछि १५ जनाको टोली जोमसोममा सकुशल
९मुस्ताङको सरिबुङ पासमा १४ पदयात्री सम्पर्कविहीन
१०सुरक्षाकर्मीको पेस्तोल लुटेर बेच्ने पाँच जना पक्राउ
११कारागारबाट भागेर प्रहरी चौकी लुट्ने जलारी पक्राउ
१२गण्डकी प्रदेश प्रमुखसमक्ष अख्तियारको ३५औँ वार्षिक प्रतिवेदन पेश
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
३पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
४पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
५समाधान दैनिकलाई तत्कालैं ठगीधन्दा रोक्न प्रेस काउन्सिलको चेतावनी
६कास्कीमा प्रहरी कार्यालयमा आगजनी र हतियार लुटपाटमा संलग्न १० जना पक्राउ
७विन्दुवासिनी संस्कृत विद्यापीठमा अनियमितता, छानबिन गर्न अखिल (क्रान्तिकारी)को माग
८पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करीमा पक्राउ
९मणिपालमा नर्सलाई उल्टैं प्रशासनको धम्की
१०कारागारबाट भागेर प्रहरी चौकी लुट्ने जलारी पक्राउ
११जुवातास खेल्ने र खेलाउने २७ जना पक्राउ, करिब ९ लाख नगद बरामद
१२पोखरामा नक्कली पेस्तोल देखाएर लुटपाट गर्ने युवक पक्राउ
पोखरा । छात्रालाई होटलमा लगेर परीक्षा लिएको विषयमा छानबिन गर्न जिल्ला प्रहरी कार्यालय कास्कीले राष्ट्रिय माध्यमिक विद्यालय पोखरा–१, बगरका प्रधानाध्यापकसहित तीन शिक्षकलाई आज पक्राउ गरेको छ ।
प्रधानाध्यापक सूर्य तिवारी, सहकेन्द्राध्यक्ष घनश्याम रेग्मी र शिक्षक शिरिषकुमार वस्ताकोटीलाई आज पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी जीवन श्रेष्ठले जानकारी दिनुभयो । एसपी श्रेष्ठले भन्नुभयो–‘शिक्षा ऐन विरुद्धको कार्य गरेकाले तीनजना शिक्षकहरुलाई पक्राउ गरिएको हो ।’
राष्ट्रिय परीक्षा बोर्ड केन्द्रले दिएको उजुरीका आधारमा ती तीनजना शिक्षकहरुलाई पक्राउ गरिएको पनि एसपी श्रेष्ठले बताउनुभयो ।
कक्षा ११ की एक छात्रालाई दुई विषयको परीक्षा यी शिक्षकहरुको मिलेमतोमा विद्यालयमा नभई होटलको कोठामा लिईएको थियो । यस घटनाका विषयमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहन दवाडी ‘हिमाल’को संयोजकत्वमा गठित छानबिन समितिले राष्ट्रिय परीक्षा बोर्ड गण्डकी प्रदेश पोखरामा कारवाहीको लागि उजुरी समेत दिएको थियो ।
छानबिन समितिले गत मंसिर ११ गते एकजना छात्रालाई होटलमा पु¥याई परीक्षा लिएको विषयमा थालेको अनुसन्धानले विद्यालयका शिक्षकहरुले परीक्षाका नाममा धेरै गलत कार्यहरु भएको भेटेको थियो । छानबिन समितिका संयोजक दवाडीले भन्नुभयो–‘विद्यालय भित्रका परीक्षाका डकुमेन्टहरु हेर्दा धेरै नै शंकास्पद देखियो । विद्यालयको छाप, हस्ताक्षर र परीक्षाका लागि अपनाउनु पर्ने प्रावधानहरु गलत कार्य र स्वार्थपूर्तिका लागि दुरुपयोग गरिएको भेटिएको छ ।’
राष्ट्रिय माविका शिक्षक शिरिषकुमार वस्ताकोटीले एक जना छात्रालाई पोखरा–३२ खोलाको छेउस्थित होटलमा पु¥याएर दुईवटा विषयको परीक्षा लिनुभएको थियो । विद्यालय भित्र लिनु पर्ने परीक्षा विद्यालय बाहिर होटलमा पु¥याउने, अघिल्लो दिन बाहिरिएको प्रश्नपत्रमा परीक्षा दिन लगाउने, आफैं चेकिङ गरेर नम्बर सिटमा चढाउने लगायतका कामहरु गरिएको भेटिएको छ ।
सो घटनामा विद्यालयका प्रधानाध्यापक तथा परीक्षाका केन्द्राध्यक्ष सुर्य तिवारी, सहकेन्द्राध्यक्ष घनश्याम रेग्मी र शिक्षक शिरिष कुमार वस्ताकोटी लगायतको संलग्नता पनि देखिएको थियो । छात्रालाई होटलमा पु¥याएर आफू मदिरामा मस्त रहेका शिक्षक वस्ताकोटीले आफूले पढाउने भन्दा फरक दुई विषयमा परीक्षा लिएका थिए ।
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
३पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
४पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
५समाधान दैनिकलाई तत्कालैं ठगीधन्दा रोक्न प्रेस काउन्सिलको चेतावनी