
१रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
४पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
५गोरखाका घरबारविहीन बाढी पीडितलाई राखियो होटलमा
६पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
७सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
८फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु
९कास्कीमा बाढी पीडितका आफन्तका लागि डीएनए प्रोफाइलिङ सेवा एकीकृत रूपमा सुरु
१०गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
११भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
१२पोखरामा पहिचान नभएका ७६ शव जमिनमुनि व्यवस्थापन
१मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
२असई बनाइदिन्छु भन्दै १० लाख ठगी
३प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
४व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
५पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
६रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा
७सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
८रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
९रोल्पा पहिरोमा परी ३ जनाको मृत्यु, ९ जना अझै बेपत्ता
१०चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
११स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
१२‘न्याय र कानून क्षेत्रमा स्तरीय कानूनी शिक्षा र व्यावसायिक सुरक्षाको अभाव’ : महान्यायाधिवक्ता डा. कँडेल
पोखरा । छात्रालाई होटलमा पु¥याएर परीक्षा लिएको विषयमा छानबिन गर्न गठित समितिले दोषीमाथि कारवाहीको माग गरेको छ । राष्ट्रिय माध्यमिक विद्यालय पोखरा–१, टुँडिखेलका शिक्षकहरुले गरेको गलत कार्य पुष्टि भएपछि राष्ट्रिय परीक्षा बोर्ड गण्डकी प्रदेश पोखरामा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहन दवाडी ‘हिमाल’ले कारवाहीको लागि उजुरी दिनुभएको हो ।
कक्षा ११ को परीक्षामा व्यापक अनियमितता र गलत कार्यहरु भएको गुनासो यही पुस ६ गते आएपछि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहन दवाडी ‘हिमाल’को संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन भएको थियो । सो समितिका सदस्यहरुमा जनकल्याण पराजुली, सिता अधिकारी, दामोदर रिमाल र महेश्वर पोखरेल रहनु भएको छ ।
छानबिन समितिले गत मंसिर १२ गते एकजना छात्रालाई होटलमा पु¥याई परीक्षा लिएको विषयमा थालेको अनुसन्धानले विद्यालयका शिक्षकहरुले परीक्षाका नाममा धेरै गलत कार्यहरु भएको भेटेको थियो । छानबिन समितिका संयोजक दवाडीले भन्नुभयो–‘विद्यालय भित्रका परीक्षाका डकुमेन्टहरु हेर्दा धेरै नै शंकास्पद देखियो । विद्यालयको छाप, हस्ताक्षर र परीक्षाका लागि अपनाउनु पर्ने प्रावधानहरु गलत कार्य र स्वार्थपूर्तिका लागि दुरुपयोग गरिएको भेटिएको छ ।’
‘राष्ट्रिय माविको ईतिहासलाई नै कलंकित पार्ने गरी भएका यी घटनाहरुमा संलग्न सबैलाई कारवाही हुनैपर्दछ,’ छानबिन समितिका संयोजक हिमालले भन्नुभयो–‘हामीले छानबिन समितिको प्रतिवेदन, प्राप्त ठोस प्रमाणहरु र आरोपित शिक्षकहरुले स्वीकार गरेको लिखित र मौखिक प्रमाणहरु सम्बन्धित निकायलाई बुझाएका छौं ।’
एकजना छात्रालाई होटलमा पु¥याएको विषयबाट छानबिन थालेको समितिले अन्य छात्राको नम्बर पनि यसैगरी पछि थपिएको, विद्यार्थीको हस्ताक्षर शिक्षकले नै गरेको र परीक्षाका लागि रुटिङ निकाल्नु पर्ने, सार्वजनिक सूचना दिनुपर्ने र नयाँ प्रश्नपत्र तयार पार्नु पर्ने जस्ता कुनै पनि कार्यहरु नगरिएको भेटेको थियो । यस्ता धेरै त्रुटिहरु भेटेपछि प्रमाणहरु नष्ट नहुन् भनेर सप्रमाण राष्ट्रिय परीक्षा बोर्डमा बुझाएको छानबिन समितिका संयोजक हिमालले जानकारी दिनुभएको छ ।
राष्ट्रिय माविका शिक्षक शिरिषकुमार वस्ताकोटीले एक जना छात्रालाई पोखरा–३२ खोलाको छेउस्थित होटलमा पु¥याएर दुईवटा विषयको परीक्षा लिनुभएको थियो । विद्यालय भित्र लिनु पर्ने परीक्षा विद्यालय बाहिर होटलमा पु¥याउने, अघिल्लो दिन बाहिरिएको प्रश्नपत्रमा परीक्षा दिन लगाउने, आफैं चेकिङ गरेर नम्बर सिटमा चढाउने लगायतका कामहरु गरिएको भेटिएको छ ।
सो घटनामा विद्यालयका प्रधानाध्यापक तथा परीक्षाका केन्द्राध्यक्ष सुर्य तिवारी, सहकेन्द्राध्यक्ष घनश्याम रेग्मी र शिक्षक शिरिष कुमार वस्ताकोटी लगायतले आफ्नो अधिकार र कर्तव्यको गलत दुरुपयोग गरेको देखिन्छ । छात्रालाई होटलमा पु¥याएर आफू मदिरामा मस्त रहेका शिक्षक वस्ताकोटीले आफूले पढाउने भन्दा फरक दुई विषयमा परीक्षा लिएका थिए । यो घटनाले अन्य विद्यार्थीहरु पनि यी शिक्षकहरुको जालमा फसेका वा वाध्य पारिएका हुन सक्ने देखिएको छ । अन्य विद्यार्थीको पनि परीक्षा अन्त कतै लिईएको हो कि भन्ने आशंका छानबिन समितिले गरेको छ ।
‘विद्यालयमा परीक्षासँग सम्बन्धित डकुमेन्टहरु हेर्दा हामी स्तब्ध भयौं,’ छानबिन समितिका संयोजक हिमालले भन्नुभयो–‘एउटा छात्रामात्र होइन, अन्य विद्यार्थीलाई पनि कतै अन्त परीक्षा दिन लगाईएको हो कि भन्ने आशंका त्यहाँ देखिएका गलत कार्यहरुले संकेत गरिरहेका छन् ।’
विद्यालयमा भएको व्यापक गलतधन्दाको छानबिन भईरहँदा सशंकित प्रधानाध्यापक सुर्य तिवारीले भने डेढ महिना अघि होटलमा पु¥याईएर परीक्षा दिएकी एकजना छात्राको मात्र परीक्षा रद्द गर्न राष्ट्रिय परीक्षा बोर्ड पोखरामा निवेदन दिनुभएको छ । यो निवेदनले मात्र त्यहाँ भित्र भएका गलत धन्दाहरु छोपिने वा त्यसबाट दोषी शिक्षकहरु अब सजिलै बच्न सक्ने स्थिति देखिदैंन ।
यस विषयमा वास्तविकता भनिदिन विद्यालयमा नै पुगेर अनुरोध गर्दा प्रधानाध्यापक तिवारीले केही बोल्न चाहनु भएन । उहाँले यस विषयमा समाचार प्रकाशित नगरिदिन, विद्यालयको छवि बचाई दिन र भर्नाको समयमा पर्न सक्ने असरलाई ख्याल गरिदिन अनुरोध गर्नुभयो ।
राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा.डा.चन्द्रमणि पौडेलले राष्ट्रिय माविमा भएका गलत कार्यका विषयमा जानकारी प्राप्त भएको र पोखरामा बुझाईएको प्रतिवेदन, उजुरी र सप्रमाणहरु काठमाडौं झिकाईएको बताउनुभयो । अध्यक्ष प्रा.डा.पौडेलले भन्नुभयो–‘यस्तो गम्भिर विषयमा प्राप्त डकुमेन्टहरु बोर्ड बैठकमा राख्छौं र छलफल गरेर निर्णय लिन्छौं ।’
शिक्षक शिरिषकुमार वस्ताकोटीले छानविन समितिका सामु सहकेन्द्राध्यक्ष घनश्याम रेग्मी सरसँग सल्लाहमा नै गत मंसिर ११ गते ती विद्यार्थीलाई होटलमा पु¥याएको स्वीकार गरेका थिए । यस घटनामा प्रधानाध्यापक सुर्य तिवारी, सहकेन्द्राध्यक्ष घनश्याम रेग्मी र शिक्षक शिरिषकुमार वस्ताकोटीले आफ्नो दायित्व, जिम्मेवारी र अधिकारको गलत दुरुपयोग गरी परीक्षाका नाममा अमार्यादित क्रियाकलापहरु गरेको प्रष्ट देखिन्छ । एक छात्रालाई अभिभावकत्व प्रदान गर्नुपर्ने, सम्मानित मर्यादामा रहनु पर्ने शिक्षकहरुले नै गलत मनसायले परीक्षा होटलमा दिन लगाउने, विभिन्न आश र त्रासमा पार्ने र गलत कार्यहरु गर्ने गरेको भेटिए पछि यतिबेला विद्यालय व्यवस्थापन समितिले नै यस घटनाको सम्बन्धित निकायले पुनः छानबिन गरी कारवाही गर्नुपर्ने माग गरेको छ ।
१मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
२असई बनाइदिन्छु भन्दै १० लाख ठगी
३प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
४व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
५पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान