News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

क्राईम–न्यूज प्रमुख समाचार राजनीति

अख्तियारका पूर्वप्रमुख आयुक्त बस्न्यातलाई थुनामा राख्न आदेश

बालुवाटारस्थित ललिता निवासको जग्गा प्रकरणमा ९ करोड ६५ लाख ७६ हजार रुपैयाँ भ्रष्टाचार गरेको आरोप

काठमाडौं । बालुवाटारस्थित ललिता निवासको जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्‍न्‍यातलाई विशेष अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।

विशेष अदालतका अध्यक्ष प्रेमराज कार्की र न्यायाधीसद्वय अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेको इजलासले पूर्वप्रमुख बस्न्त्यातलाई फैसला नआएसम्म थुना मैं राख्न आदेश दिएको हो ।

बस्न्यातलाई ९ करोड ६५ लाख ७६ हजार रुपैयाँ भ्रष्टाचार गरेको आरोप लागेको थियो । भौतिक योजना निर्माण मन्त्रालयको सचिव हुँदा बस्न्त्यातले गरेको निर्णयमा भ्रष्टाचार भएको ठहर सहित अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।