
१‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
२छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
३सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
४बागलुङमा माटोको ढिस्कोले पुरिएर दुईजना मजदुरको मृत्यु
५शैक्षिक परामर्श व्यवसायलाई थप व्यवस्थित, व्यावसायिक र प्रविधिमैत्री बनाउने
६‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
७पोखरामा आगामी शनिबार पर्वतीय दौड, तयारी अन्तिम चरणमा
८पर्वतमा बाढी पहिरोका कारण तीनसय परिवार विस्थापित
९स्थानीय तह निर्वाचनको तयारीमा जुट्यो रास्वपा
१०‘बेगनास फिस फेस्टिभल’ सफल बनाउन ऐक्यबद्धता
११पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित
१२आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
४रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
५डुलुवाको अध्यक्षमा योगेश भट्टराई
६‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
७मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
८आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
९माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
१०इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
११पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
१२मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालमा डिजिटल अर्थतन्त्र र वित्तीय प्रणालीको विकास र प्रवद्र्धनका लागि नेपाल राष्ट्र बैंकले योजनाबद्ध प्रयास गरिरहेको बताउनुभएको छ ।
सिङ्गापुर फिन्टेक महोत्सव–२०२०’ लाई श्रव्यदृश्यका माध्यमबाट आज सम्बोधन गर्नुहँदै उहाँले ‘डिजिटल अर्थतन्त्र र वित्तीय प्रणालीको विकासमा राष्ट्र बैंक प्रतिबद्ध’ रहेको बताउनुभयो । संयुक्त राष्ट्रसङ्घीय पूँजी विकास कोष र सिङ्गापुर मनिटरी अथोरिटीले यही मङ्सिर २२ गतेदेखि उक्त महोत्सवको आयोजना गरेको हो ।
कृषि र खाद्य प्रणालीमा डिजिटल बैंकिङले पु¥याउन सक्ने सहयोग’ विषयमा मन्तव्य राख्दै गभर्नर अधिकारीले भन्नुभयो, “वित्तीय क्षेत्रको नेतृत्वदायी निकाय हुनुका नाताले नेपालमा डिजिटल अर्थतन्त्रको विकासका लागि राष्ट्र बैंकको अत्यन्तै ठूलो भूमिका रहेको तथ्यलाई हामीले महसुस गरेका छौँ । त्यसैले नेपालमा ‘डिजिटल पर्यावरण’को विकासको लागि हामी प्रतिबद्ध छौँ ।”
नेपाल सरकारले डिजिटल अर्थतन्त्रको प्रवद्र्धनका निम्ति ‘डिजिटल नेपाल प्रारूप’को महत्वाकाङ्क्षी योजना अगाडि सारेको उल्लेख गर्दै गभर्नर अधिकारीले मुलुकको अर्थतन्त्र, शासकीय व्यवस्था र सामाजिक क्रियाकलापको रूपान्तरणमा यो अभियानले सार्थक भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।
“यो प्रारूपलाई नेपालको ‘डिजिटल आधारशीला’का रूपमा लिइएको छ । यसको कार्यान्वयनबाट नेपालको कृषि, स्वास्थ्य, शिक्षा, ऊर्जा, पर्यटन, वित्त र शहरी पूर्वाधार विकाससँगै मुलुकको समग्र आर्थिक तथा सामाजिक विकासले एउटा फड्को मार्ने मेरो विश्वास छ”, उहाँले भन्नुभयो ।
पछिल्लो समयमा नेपालमा विद्युतीय बैंकिङ र भुक्तानी प्रणालीको विकासलाई सरकार र राष्ट्र बैंकले उच्च प्राथमिकतामा राखेको जानकारी दिँदै गभर्नर अधिकारीले यसको कार्यान्वयनका निम्ति कानूनी, नीतिगत एवं संस्थागत व्यवस्थालाई सबल तुल्याइएको उल्लेख गर्नुभयो ।
उहाँले त्यसैको परिणाम स्वरूप भुक्तानी प्रणालीको विकास तथा सञ्चालन, इजाजत प्रक्रिया, सम्बद्ध संस्थाको सुपरीवेक्षणका क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल भएको उहाँको भनाइ थियो । डिजिटल बैंकिङको विस्तारसँगै यसको नियमन र सुपरीवेक्षणका क्षेत्रमा चुनौती थपिएको उल्लेख गर्दै उहाँले त्यसप्रति नियामक निकाय सजक रहनुपर्ने बताउनुभयो । पछिल्लो समयमा विश्वव्यापीरूपमा देखापरेको कोभिड–१९ महामारीले डिजिटल बैंकिङको सान्दर्भिकतालाई थप सबल बनाएको उल्लेख गर्दै गभर्नर अधिकारीले कृषि तथा खाद्य प्रणालीलाई समेत डिजिटल प्रविधिसँग आबद्ध गराउनुपर्ने आवश्यकतामा जोड दिनुभयो ।
उहाँले भन्नुभयो, “डिजिटल प्रविधिको प्रयोगबाट कृषिजन्य उत्पादन, उत्पादकत्व अभिवृद्धि, लगानी, मूल्य निर्धारण, बजार व्यवस्थापन र भुक्तानी कार्यलाई सहजीकरण गर्न सकिन्छ । यसबाट अन्ततः दिगो कृषि र खाद्य प्रणालीमा दूरगामी प्रभाव पार्नेछ ।” शहरी क्षेत्रमा केन्द्रित रहेको डिजिटल प्रणालीलाई ग्रामीण क्षेत्रसम्म विस्तार गरी स्थानीय कृषक ‘ई–कमर्स’सँग जोड्नुपर्ने उहाँको सुझाव थियो ।
डिजिटल प्रविधिको प्रयोगबाटै ग्रामीण कृषकलाई वित्तीय स्रोतको व्यवस्था, बीमा, कृषिसम्बन्धी सूचना/जानकारी विद्युतीय भुक्तानी र लगानीका अवसर उपलब्ध गराउनुपर्ने आवश्यकता उहाँले औँल्याउनुभयो । नेपालको कूल गार्हस्थ्य उत्पादनको करिब २८ प्रतिशत हिस्सा र झण्डै दुई तिहाई जनसङ्ख्याको जीविकोपार्जनको स्रोत कृषि नै रहेको उल्लेख गर्दै गभर्नर अधिकारीले कृषकलाई थप व्यावसायिक बनाउन यसै वर्ष मौद्रिक नीतिमार्फत् कृषि ऋणपत्र र किसान क्रेडिट कार्डसम्बन्धी व्यवस्था कार्यान्वयनमा लगिएको जानकारी दिनुभयो ।
आयोजकले अनलाईनमार्फत् चौबीसै घण्टा उक्त महोत्सव सञ्चालन गर्दै आएका छन् । शुक्रबारसम्म चल्ने उक्त महोत्सवमा फरकफरक विषयका सत्र सञ्चालन गरिएका छन् । यसै क्रममा आज आर्थिक, पूर्वाधार, प्रभाव र लगानीसम्बन्धी सम्मेलन आयोजना भएका छन् भने महोत्सवको अन्तिम दिन शुक्रबार ‘ट्यालेन्ट’ विषय रहेको छ ।
महोत्सवमा ६०० भन्दाबढी सत्र सञ्चालन हुने, एक हजार ४०० वक्ताले आफ्नो धारणा प्रस्तुत गर्ने, ६० हजारभन्दा बढीको सहभागिता रहने र १३० भन्दाबढी मुलुकका सात हजारभन्दा बढी अन्तरराष्ट्रिय कम्पनीले प्रतिनिधित्व गर्ने अनुमान आयोजकले गरेका छन् ।
‘सिङ्गापुर फिन्टेक महोत्सव’लाई डिजिटल बैंकिङ प्रविधिको प्रवद्र्धन र विकासको दृष्टिकोणले विश्वकै सबैभन्दा ठूलो महोत्सवका रूपमा लिने गरिएको छ । डिजिटल बैंकिङका क्षेत्रमा अन्तरराष्ट्रियस्तरमा भएका नवप्रवर्तन, नवीनतम अभ्यास, नीतिगत व्यवस्थाबारे सरोकारवाला निकायका प्रतिनिधिबीच ज्ञान, सीपको आदानप्रदानका लागि यस महोत्सवलाई साझा मञ्चका रुपमा मानिँदै आएको छ ।