
१मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
२सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
३रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
४किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
५आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
६पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
७गोरखाका घरबारविहीन बाढी पीडितलाई राखियो होटलमा
८पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
९सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
१०फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु
११कास्कीमा बाढी पीडितका आफन्तका लागि डीएनए प्रोफाइलिङ सेवा एकीकृत रूपमा सुरु
१२गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
१मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
२व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
३प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
४पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
५रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा
६सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
७चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
८रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
९रसुवा बाढी : ७८१ जनाको शव भेटियो
१०स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
११ढोरपाटनमा विदेशी सिकारीहरूको आकर्षण बढ्दै
१२बागलुङमा सँगै काम गर्ने साथीको हत्या गरेको आरोपमा दुई जना पक्राउ
तनहुँ । जिल्ला अनुगमन समिति तनहुँले जिल्लाभित्र अवैधानिक रुपमा सञ्चालन हुँदै आएका छ वटा क्रसर उद्योगलाई बन्द गरेको छ । कम्पनी रजिष्टारको कार्यालय र उद्योग विभागमा समेत दर्ता नगरी सञ्चालन हुँदै आएका ती क्रसर उद्योग बन्द गरिएको हो ।
जिल्लाको शुक्लागण्डकी नगरपालिकामा चार, म्याग्दे गाउँपालिकामा एक र बन्दिपुर गाउँपालिका एक क्रसर उद्योग बन्द गरिएको प्रमुख जिल्ला अधिकारी सागर आचार्यले जानकारी दिनुभयो । जिल्लाको शुक्लागण्डकी नगरपालिका–७ एसिक्ट एग्रिगेड कम्पनी, शुक्लागण्डकी नगरपालिका–२ एसएनएल एग्रिगेट एण्ड क्रसर उद्योग, मेलमिलाप ढुङ्गा गिटी, बालुवा उद्योग, शुक्लागण्डकी नगरपालिका–७ शुक्लागण्डकी– ५ बुफर कन्ट्रक्सन, म्याग्दे गाउँपालिका–२ स्थित अकलादेवी उद्योग र बन्दिपुर गाउँपालिका– ६ स्थित नमूना क्रसर उद्योगलाई बन्द गरिएको हो ।
बन्दिपुर गाउँपालिका र म्याग्दे गाउँपालिकाले नदीजन्य बस्तु उत्खनन कार्यलाई तत्काल रोके पनि शुक्लागण्डकी नगरपालिकाले अझै पनि रोक्न नसकेको प्रजिअ आचार्यले जानकारी दिनुभयो । “ढुङ्गा, गिटी, बालुवा स्थानीय तहको सम्पत्ति हो”, उहाँले भन्नुभयो “स्थानीय तहले यसलाई चिन्न सक्नुपर्छ र संरक्षण तर्फ लाग्नुपर्छ ।”
जिल्ला अनुगमन समितिले यस्ता कार्य तत्काल रोक्नका लागि एक महिना अघि नै परिपत्र गरे पनि उक्त नगरपालिकाले आजसम्म परिपत्र नगरेको र उत्खनन कार्य रोकेको पनि नपाइएको उहाँले बताउनुभयो ।
समितिले अनुगमनको क्रममा देखे पक्राउ गरी कारवाही गर्नेछ । प्रजिअ आचार्यले भन्नुभयो “अवैधानिक नदी दोहनकार्य हाम्रा लागि सह्य हुने छैन् ।” सबै क्रसर उद्योग अवैध नहुने हुँदा मापदण्ड विपरीत सञ्चालित हँुदै आएका उद्योगको अनुगमन गरी गत कात्तिक ३ गतेदेखि परिपत्र गरी बन्द गरिएको हो । तनहुँमा हाल १७ वटा उद्योग सञ्चालनमा रहेका छन् । छ क्रसर उद्योग बन्द पश्चात बाँकी रहेका उद्योग सञ्चालन हुँदै आए पनि उनीहरुको विवरण सङ्कलन कार्य भइरहेको प्रशासन कार्यालयले जनाएको छ ।
सञ्चालनमा रहेको एघार वटा उद्योगले उद्योगमा दर्ता नगरेकोले उद्योगमा दर्ता गर्न भनिएको र उद्योगमा दर्ता गर्न वातावरणीय असर पर्ने देखिएमा हाल रहेको स्थानबाट एक वर्षभित्र अन्यत्र स्थानान्तरण गर्न लगाइने छ । अनुगमन समितिमा जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय, घरेलु, डिभिजन वन र जिल्ला प्रहरी कार्यालयलगायतका कार्यालयको प्रतिनिधि रहने प्रावधान रहेको छ ।
१मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
२व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
३प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
४पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
५रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा