News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

क्राईम–न्यूज प्रमुख समाचार

हजुरआमाको हत्या आरोपमा नाति पक्राउ

पोखरा, ५ पुस । आफ्नै हजुरआमाको हत्या गरी कानमा लगाएका गरगहना लुटेर फरार रहेका नातिलाई प्रहरीले सुनका गरगहना सहित पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार यहीं पुस ३ गते दिउँसो करिब १२ः२० बजेको समयमा पोखरा महानगरपालिका वडा नं. ३१ बाँसपानी बस्ने ७५ वर्षीया दाल कुमारी परियारलाई धारिलो हतियार प्रहार गरी हत्या गरिएको तथा कान काटेर लगाएका गरगहना लुटिएको सूचना प्राप्त भएको थियो।

आफ्नैं नातिले हजुरआमाको हत्या गर्दै कान काटेर लुटेका गहना ।

सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय कास्की र मातहत इलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको संयुक्त प्रहरी टोलीले घटनाको शुक्ष्म अनुसन्धान गर्दै जाँदा हत्यामा उनकैं नाति पोखरा महानगरपालिका वडा नं. ३१ कै २२ वर्षीय आशिष परियार संलग्न रहेको खुलेको छ।

प्रहरीले आशिषलाई पोखरा महानगरपालिका वडा नं. १० बुद्धचोक क्षेत्रबाट सुनका गरगहना सहित पक्राउ गरेको हो। पक्राउ परेका परियारलाई कास्की जिल्ला अदालतबाट कर्तव्य ज्यान मुद्दामा ७ दिनको म्याद थप गरी थप अनुसन्धान अगाडि बढाइएको प्रहरी नायव उपरीक्षक तथा प्रवक्ता हरी बहादुर बस्नेतले जानकारी दिए ।

प्रहरीले घटनामा प्रयोग भएको हतियार र लुटिएको सुनका गरगहना पनि भेटेको छ । प्रहरीले सुनजस्तो देखिने पहेँलो रङको कानमा लगाउने रिङ २ थान, साना मुन्द्राहरू ४ थान (डिजिटल तराजुमा तौल गर्दा ७.२ ग्राम) र हत्याका लागि प्रयोग गरिएको बञ्चरो र चक्कु समेत बरामद गरेको छ ।

डनन्यूज ट्रेन्डिङ