
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
४‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
५इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
६पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
७माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
८मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
९मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१०सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
११रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
१२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
६स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
७भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
८किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
९गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
१०तिब्बतर्फ ताल पुन: फुट्यो
११सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
१२सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
स्याङ्जा, १० साउन । जिल्ला प्रहरी कार्यालय स्याङ्जाले अपराध नियन्त्रणमा फेरि एकपटक उल्लेखनीय सफलता हासिल गरेको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–७ ठूलाडिहीमा भएको गोली प्रहारको घटनामा संलग्न फरार अभियुक्तलाई प्रहरीले लुकाइराखिएको हतियारसहित पक्राउ गर्न सफल भएको छ ।
साउन ६ गते स्याङ्जाको पुतलीबजार नगरपालिका–७ ठूलाडिही घर भई हाल पोखरा महानगरपालिका–२६ बस्ने ४४ वर्षीय सुरेन्द्र रेग्मीमाथि गोली प्रहार भएको थियो। आफ्नै बारीमा सुन्तलाको बिरुवा रोप्न खाल्डो खन्दै गर्दा बन्दुकको ठूलो आवाजसहित उनलाई छर्रा लागेको रेग्मीले बताएका थिए। घाइते रेग्मीको बयान र उनका आफन्तको जाहेरीका आधारमा प्रहरीले अनुसन्धान तीव्र पारेको थियो।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको विशेष टोलीले साउन ८ गते राति ८ बजे तनहुँ जिल्लामा लुकेर बसेका अभियुक्त ठूलाडिही बस्ने ठकुरी भेना भनेर चिनिने ६९ वर्षीय हुमबहादुर शाहीलाई पक्राउ गर्न सफल भयो। प्रहरीको खोजतलासका क्रममा शाहीले लुकाएर राखेको एक थान नालेभरुवा बन्दुकसमेत पुतलीबजार नगरपालिका–७ ठूलाडिहीबाट बरामद गरिएको छ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रसन्नराज चौधरीका अनुसार अभियुक्त शाहीविरुद्ध ज्यान मार्ने उद्योग मुद्दामा स्याङ्जा जिल्ला अदालतबाट १० दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको छ। घाइते सुरेन्द्र रेग्मीको हाल ललितपुरस्थित पाटन अस्पतालमा उपचार भइरहेको छ।
यो पक्राउ र हतियार बरामदले स्याङ्जा क्षेत्रमा अवैध हतियारको प्रयोग र आपराधिक गतिविधिमा संलग्न व्यक्तिहरूलाई निरुत्साहित गर्ने प्रहरीको प्रयासमा ठूलो बल पुगेको छ। प्रहरीको यो सक्रियताले स्थानीय बासिन्दामा सुरक्षाको अनुभूति बढाएको छ भने अपराध नियन्त्रणमा प्रहरीको भूमिकालाई थप प्रभावकारी बनाएको छ ।
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन