
१पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
२देउसी खेलेर बैदाम प्रहरीले किन्यो मोटरसाइकल
३जेन-जी आन्दोलनका ४५ जनालाई सहिद घोषणा
४फेवातालमा डुंगा पल्टिँदा डुबेका तीनै जना सकुशल उद्धार
५माओवादी, एकीकृत समाजवादीसहित ८ दलबिच १८ बुँदे सहमति, १९ गते एकता घोषणा
६जेन–जीमाथि भएको दमनको निष्पक्ष छानबिनको माग गर्दै पोखरामा मशाल जुलुश प्रदर्शन
७उद्धारपछि १५ जनाको टोली जोमसोममा सकुशल
८मुस्ताङको सरिबुङ पासमा १४ पदयात्री सम्पर्कविहीन
९सुरक्षाकर्मीको पेस्तोल लुटेर बेच्ने पाँच जना पक्राउ
१०कारागारबाट भागेर प्रहरी चौकी लुट्ने जलारी पक्राउ
११गण्डकी प्रदेश प्रमुखसमक्ष अख्तियारको ३५औँ वार्षिक प्रतिवेदन पेश
१२जेनजी आन्दोलनमा राष्ट्रपति कार्यालय तोडफोड गर्ने पक्राउ
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
३पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
४पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
५समाधान दैनिकलाई तत्कालैं ठगीधन्दा रोक्न प्रेस काउन्सिलको चेतावनी
६सुनका गहना चोर्ने एमाले नेता दीपक पौडेलले दिए जेन-जी आन्दोलनकारीहरुलाई खुट्टा भाँच्ने धम्की
७कास्कीमा प्रहरी कार्यालयमा आगजनी र हतियार लुटपाटमा संलग्न १० जना पक्राउ
८विन्दुवासिनी संस्कृत विद्यापीठमा अनियमितता, छानबिन गर्न अखिल (क्रान्तिकारी)को माग
९पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करीमा पक्राउ
१०मणिपालमा नर्सलाई उल्टैं प्रशासनको धम्की
११कारागारबाट भागेर प्रहरी चौकी लुट्ने जलारी पक्राउ
१२जुवातास खेल्ने र खेलाउने २७ जना पक्राउ, करिब ९ लाख नगद बरामद
स्याङ्जा, १० साउन । जिल्ला प्रहरी कार्यालय स्याङ्जाले अपराध नियन्त्रणमा फेरि एकपटक उल्लेखनीय सफलता हासिल गरेको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–७ ठूलाडिहीमा भएको गोली प्रहारको घटनामा संलग्न फरार अभियुक्तलाई प्रहरीले लुकाइराखिएको हतियारसहित पक्राउ गर्न सफल भएको छ ।
साउन ६ गते स्याङ्जाको पुतलीबजार नगरपालिका–७ ठूलाडिही घर भई हाल पोखरा महानगरपालिका–२६ बस्ने ४४ वर्षीय सुरेन्द्र रेग्मीमाथि गोली प्रहार भएको थियो। आफ्नै बारीमा सुन्तलाको बिरुवा रोप्न खाल्डो खन्दै गर्दा बन्दुकको ठूलो आवाजसहित उनलाई छर्रा लागेको रेग्मीले बताएका थिए। घाइते रेग्मीको बयान र उनका आफन्तको जाहेरीका आधारमा प्रहरीले अनुसन्धान तीव्र पारेको थियो।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको विशेष टोलीले साउन ८ गते राति ८ बजे तनहुँ जिल्लामा लुकेर बसेका अभियुक्त ठूलाडिही बस्ने ठकुरी भेना भनेर चिनिने ६९ वर्षीय हुमबहादुर शाहीलाई पक्राउ गर्न सफल भयो। प्रहरीको खोजतलासका क्रममा शाहीले लुकाएर राखेको एक थान नालेभरुवा बन्दुकसमेत पुतलीबजार नगरपालिका–७ ठूलाडिहीबाट बरामद गरिएको छ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रसन्नराज चौधरीका अनुसार अभियुक्त शाहीविरुद्ध ज्यान मार्ने उद्योग मुद्दामा स्याङ्जा जिल्ला अदालतबाट १० दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको छ। घाइते सुरेन्द्र रेग्मीको हाल ललितपुरस्थित पाटन अस्पतालमा उपचार भइरहेको छ।
यो पक्राउ र हतियार बरामदले स्याङ्जा क्षेत्रमा अवैध हतियारको प्रयोग र आपराधिक गतिविधिमा संलग्न व्यक्तिहरूलाई निरुत्साहित गर्ने प्रहरीको प्रयासमा ठूलो बल पुगेको छ। प्रहरीको यो सक्रियताले स्थानीय बासिन्दामा सुरक्षाको अनुभूति बढाएको छ भने अपराध नियन्त्रणमा प्रहरीको भूमिकालाई थप प्रभावकारी बनाएको छ ।
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
३पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
४पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
५समाधान दैनिकलाई तत्कालैं ठगीधन्दा रोक्न प्रेस काउन्सिलको चेतावनी