News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

क्राईम–न्यूज प्रमुख समाचार

स्रोत नखुलेको १ करोड ४४ लाखसहित चिनियाँ नागरिक पक्राउ

काठमाडौं, २४ असार । स्रोत नखुलेको झन्डै डेढ करोड रुपैयाँसहित एक चिनियाँ नागरिक काठमाडौंबाट पक्राउ परेका छन्।

सोमबार काठमाडौं महानगरपालिका–६, बौद्ध नयाँ बस्तीस्थित एक घरमा डेरा गरी बसिरहेका वाङ जियान (उमेर अन्दाजी ४० वर्ष) नामका चिनियाँ नागरिक पक्राउ परेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

प्रवक्ता एसपी अपिलराज बोहराका अनुसार, अवैध रकम कारोबार भइरहेको सूचनाका आधारमा प्रहरी टोली खटिएको थियो। घर खानतलासी गर्दा स्रोत नखुलेको १ करोड ४४ लाख रुपैयाँ फेला परेको हो।

पक्राउ परेका जियानको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।