
१पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
२देउसी खेलेर बैदाम प्रहरीले किन्यो मोटरसाइकल
३जेन-जी आन्दोलनका ४५ जनालाई सहिद घोषणा
४फेवातालमा डुंगा पल्टिँदा डुबेका तीनै जना सकुशल उद्धार
५माओवादी, एकीकृत समाजवादीसहित ८ दलबिच १८ बुँदे सहमति, १९ गते एकता घोषणा
६जेन–जीमाथि भएको दमनको निष्पक्ष छानबिनको माग गर्दै पोखरामा मशाल जुलुश प्रदर्शन
७उद्धारपछि १५ जनाको टोली जोमसोममा सकुशल
८मुस्ताङको सरिबुङ पासमा १४ पदयात्री सम्पर्कविहीन
९सुरक्षाकर्मीको पेस्तोल लुटेर बेच्ने पाँच जना पक्राउ
१०कारागारबाट भागेर प्रहरी चौकी लुट्ने जलारी पक्राउ
११गण्डकी प्रदेश प्रमुखसमक्ष अख्तियारको ३५औँ वार्षिक प्रतिवेदन पेश
१२जेनजी आन्दोलनमा राष्ट्रपति कार्यालय तोडफोड गर्ने पक्राउ
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
३पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
४पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
५समाधान दैनिकलाई तत्कालैं ठगीधन्दा रोक्न प्रेस काउन्सिलको चेतावनी
६सुनका गहना चोर्ने एमाले नेता दीपक पौडेलले दिए जेन-जी आन्दोलनकारीहरुलाई खुट्टा भाँच्ने धम्की
७कास्कीमा प्रहरी कार्यालयमा आगजनी र हतियार लुटपाटमा संलग्न १० जना पक्राउ
८विन्दुवासिनी संस्कृत विद्यापीठमा अनियमितता, छानबिन गर्न अखिल (क्रान्तिकारी)को माग
९पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करीमा पक्राउ
१०मणिपालमा नर्सलाई उल्टैं प्रशासनको धम्की
११कारागारबाट भागेर प्रहरी चौकी लुट्ने जलारी पक्राउ
१२जुवातास खेल्ने र खेलाउने २७ जना पक्राउ, करिब ९ लाख नगद बरामद
पोखरा, ८ असार । पोखरामा प्रहरीले झण्डै डेढ करोड रुपैयाँ बराबरको अवैध सुनसहित दुई जनालाई नियन्त्रणमा लिएको छ । भारतको पञ्जाबदेखि नेपालसम्म तस्करी गरिएको सुनसहित उनीहरूलाई पुम्दीभुम्दीबाट बुटवलतर्फ जाँदै गरेको माइक्रोबसबाट पक्राउ गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी श्यामबाबु ओलियाले पत्रकार सम्मेलन गर्दै पक्राउ पर्नेमा भारत पञ्जाब, अमृतसरका ४९ वर्षीय कुलदीप सिंह र रुपन्देही तिलोत्तमा–१६ का ४७ वर्षीय रामबहादुर बिक रहेको जानकारी दिए । उनीहरूलाई विशेष सुराकीको आधारमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
८२ तोला १६ लाल सुन बरामद
प्रहरीले उनीहरूको साथबाट ८२ तोला १६ लाल सुन बरामद गरेको छ, जुन विभिन्न गरगहनाका रूपमा थियो । बरामद गरगहनाको कुल बजार मूल्य १ करोड ३० लाख ४१ हजार ८ रुपैयाँ रहेको प्रहरीको दाबी छ । बरामद गरगहनामा सिक्री, औंठी, झुम्का, जुली, लकेट, मंगलसूत्र र पोतेलगायतका गरगहना छन् ।

कास्की प्रहरीले अवैध रुपमा बेच्न ल्याईएको ८२ तोला १६ लाल सुन बरामद गरेको छ ।
फेसबुकमार्फत ३ वर्षअघि सुरु भएको सम्बन्ध, सुन तस्करीमा परिणत
प्रारम्भिक अनुसन्धान अनुसार कुलदीप सिंह र रामबहादुर बिकबीच फेसबुकमार्फत ३ वर्षअघि चिनजान भएको थियो । भारतका विभिन्न राज्यमा सुनका गहना बिक्री गर्दै आएका कुलदीपले नेपालमा पनि कारोबारी विस्तार गर्ने योजना बनाएका थिए ।
प्रहरीका अनुसार उनले अमृतसरस्थित अमरजित साहूको सुन पसलबाट सुन ल्याएर नेपालमा बिक्री गर्ने तयारी गरेका थिए । सोही योजनाअनुसार कुलदीपसँगै पोखरा आएका रामबहादुरले बिक्रीबाट लाभांश पाउने सर्तमा साथ दिएको बयानमा स्वीकारेका छन् ।

सामाजिक सञ्जालमा अवैध सुन बिक्री गर्ने गिरोह बिच यसरी कुराकानी हुने गर्दथ्र्यो ।
राजस्व अनुसन्धान कार्यालयमा पठाइयो
पक्राउ परेका भारतीय नागरिक कुलदीप सिंह र रुपन्देहीका रामबहादुर बिक दुवैजनालाई बरामद सुनसहित राजस्व अनुसन्धान कार्यालय, बुटवल पठाइएको छ । घटनासम्बन्धी थप अनुसन्धान भइरहेको कास्की प्रहरीका सूचना अधिकारी डीएसपी हरिबहादुर बस्नेतले जानकारी दिए ।

अवैध सुनसहित पक्राउ परेका भारतीय नागरिक कुलदीप सिंह र रुपन्देहीका रामबहादुर बिक ।
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
३पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
४पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
५समाधान दैनिकलाई तत्कालैं ठगीधन्दा रोक्न प्रेस काउन्सिलको चेतावनी