
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
४‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
५इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
६पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
७माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
८मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
९मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१०सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
११रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
१२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
६स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
७भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
८किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
९गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
१०तिब्बतर्फ ताल पुन: फुट्यो
११सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
१२सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
पोखरा, ८ असार । पोखरामा प्रहरीले झण्डै डेढ करोड रुपैयाँ बराबरको अवैध सुनसहित दुई जनालाई नियन्त्रणमा लिएको छ । भारतको पञ्जाबदेखि नेपालसम्म तस्करी गरिएको सुनसहित उनीहरूलाई पुम्दीभुम्दीबाट बुटवलतर्फ जाँदै गरेको माइक्रोबसबाट पक्राउ गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी श्यामबाबु ओलियाले पत्रकार सम्मेलन गर्दै पक्राउ पर्नेमा भारत पञ्जाब, अमृतसरका ४९ वर्षीय कुलदीप सिंह र रुपन्देही तिलोत्तमा–१६ का ४७ वर्षीय रामबहादुर बिक रहेको जानकारी दिए । उनीहरूलाई विशेष सुराकीको आधारमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
८२ तोला १६ लाल सुन बरामद
प्रहरीले उनीहरूको साथबाट ८२ तोला १६ लाल सुन बरामद गरेको छ, जुन विभिन्न गरगहनाका रूपमा थियो । बरामद गरगहनाको कुल बजार मूल्य १ करोड ३० लाख ४१ हजार ८ रुपैयाँ रहेको प्रहरीको दाबी छ । बरामद गरगहनामा सिक्री, औंठी, झुम्का, जुली, लकेट, मंगलसूत्र र पोतेलगायतका गरगहना छन् ।

कास्की प्रहरीले अवैध रुपमा बेच्न ल्याईएको ८२ तोला १६ लाल सुन बरामद गरेको छ ।
फेसबुकमार्फत ३ वर्षअघि सुरु भएको सम्बन्ध, सुन तस्करीमा परिणत
प्रारम्भिक अनुसन्धान अनुसार कुलदीप सिंह र रामबहादुर बिकबीच फेसबुकमार्फत ३ वर्षअघि चिनजान भएको थियो । भारतका विभिन्न राज्यमा सुनका गहना बिक्री गर्दै आएका कुलदीपले नेपालमा पनि कारोबारी विस्तार गर्ने योजना बनाएका थिए ।
प्रहरीका अनुसार उनले अमृतसरस्थित अमरजित साहूको सुन पसलबाट सुन ल्याएर नेपालमा बिक्री गर्ने तयारी गरेका थिए । सोही योजनाअनुसार कुलदीपसँगै पोखरा आएका रामबहादुरले बिक्रीबाट लाभांश पाउने सर्तमा साथ दिएको बयानमा स्वीकारेका छन् ।

सामाजिक सञ्जालमा अवैध सुन बिक्री गर्ने गिरोह बिच यसरी कुराकानी हुने गर्दथ्र्यो ।
राजस्व अनुसन्धान कार्यालयमा पठाइयो
पक्राउ परेका भारतीय नागरिक कुलदीप सिंह र रुपन्देहीका रामबहादुर बिक दुवैजनालाई बरामद सुनसहित राजस्व अनुसन्धान कार्यालय, बुटवल पठाइएको छ । घटनासम्बन्धी थप अनुसन्धान भइरहेको कास्की प्रहरीका सूचना अधिकारी डीएसपी हरिबहादुर बस्नेतले जानकारी दिए ।

अवैध सुनसहित पक्राउ परेका भारतीय नागरिक कुलदीप सिंह र रुपन्देहीका रामबहादुर बिक ।
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन