
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
४‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
५इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
६पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
७माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
८मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
९मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१०सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
११रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
१२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
६स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
७भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
८किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
९गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
१०तिब्बतर्फ ताल पुन: फुट्यो
११सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
१२सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
पोखरा, २४ जेठ । जिल्ला प्रहरी कार्यालय कास्की, मातहतका निकाय र लागूऔषध नियन्त्रण व्युरो शाखा कार्यालय पोखराको टोलीले विभिन्न ठाउँबाट बिहीबार एकैंदिन पाँचजना लागूऔषध कारोबारीलाई पक्राउ गर्न सफल भएको छ ।
पोखरा–४, नालामुखबाट एकजना, पोखरा–१८, लामागाउँबाट २ जना र पोखरा–५, धारापानीबाट २ जना गरी पाँचजनालाई पक्राउ गरी अनुसन्धान अघि बढाईएको जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी एवम् प्रवक्ता हरिबहादुर बस्नेतले जानकारी दिएका छन् ।
वडा प्रहरुी कार्यालय बगर र सिआरभी बागलुङ बसपार्क (विन्ध्यावासिनी बसापार्क)बाट खटिएको प्रहरी टोलीले पोखरा–४, नालामूखबाट सुनसरी जिल्ला, धरान उपमहानगरपालिका वडा नं. ८ घर भई हाल पोखरा–५, मालेपाटन बस्ने ३५ वर्षीय सुरज सुनारलाई बिहीबार दिउँसो साढे दुईबजेको समयमा पक्राउ गरेको हो ।
सुरजको साथबाट प्रहरीले ट्यापेन्टाडोल ट्याब्लेटहरू १०० एमजी लेखिएको ७५ ट्याब्लेट र ट्यापेन्टाडोल ट्याब्लेटहरू ७५एमजी लेखिएको ८ ट्याब्लेट गरी ८३ ट्याब्लेट र २० हजार रुपैयाँ नगद बरामद गरेको थियो ।
त्यसैगरी, सुकुटीका लागि असाध्यैं परिचित ठाउँ पोखरा–१८, लामागाउँबाट जिल्ला प्रहरी कार्यालय कास्की र लागूऔषध नियन्त्रण व्यूरो शाखा कार्यालय पोखराबाट खटिएको प्रहरी टोलीले लामागाउँ बस्ने ५१ वर्षीय गोरे पुन र सोही ठाउँ बस्ने २७ वर्षीय शंकर घलेलाई बिहीबार नैं पक्राउ गरेको थियो । गोरे र शंकरको साथबाट प्रहरीले ट्यापेन्टाडोल ट्याब्लेट ७५ एमजी लेखिएको एकसय ट्याब्लेट बरामद गरेको थियो ।
त्यसैगरी, पोखरा–५, धारापानीबाट जिल्ला प्रहरी कार्यालय कास्की र लागूऔषध नियन्त्रण व्यूरो शाखा कार्यालय पोखराको टोलीले वागलुङ गलकोट नगरपालिका वडा नं. १ दुधिलामाटी घर भई हाल पोखरा–५, धारापानी बस्ने २० वर्षीय मौसम पुन र अर्चलबोट बस्ने १९ को राज मगरलाई बिहीबार पक्राउ गरेको हो ।
मौसम र राजबाट प्रहरीले ट्यापेन्टाडोल ट्याब्लेट १०० एमजी लेखिएको ९६ ट्याब्लेट, लागूऔषध गाँजा तीनसय ग्राम र मोवाईल दुईथान बरामद गरेको थियो ।
विहीबार पक्राउ परेका पाँचजनालाई जिल्ला अदालत कास्कीबाट लागूऔषध सम्बन्धी मुद्दामा ६ दिन म्याद थप गरी प्रहरीले अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ । लागूऔषध कारोबारीप्रति आक्रामक बनेको कास्की प्रहरीले पछिल्लो समय विशेष अभियान नैं सञ्चालन गरेर धमाधम पक्राउ र र कारवाही गर्दै आईरहेको छ ।
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन