News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

क्राईम–न्यूज प्रमुख समाचार

ठगी आरोपमा पप्पु कन्स्ट्रक्सनकी श्रुती रौनियार पक्राउ

काठमाडौं, २२ जेठ । पप्पु कन्स्ट्रक्सनका सञ्चालक हरिनारायण रौनियारकी बुहारी श्रुती रौनियारलाई ठगी आरोपमा प्रहरीले बिहीबार पक्राउ गरेको छ ।
श्रुतीलाई अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौंबाट पक्राउ गरेको हो । उनीमाथि विश्वासघात र ठगी सम्बन्धी आरोपमा पर्सा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

पर्सा प्रहरीले पक्राउ गरी पठाउन भनेर पत्राचार गरेपछि उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्रेर पर्सा पठाउँदैं छ । कार्यालयका एसएसपी रमेश बस्नेतले श्रुती रौनियार पक्राउ परेको पुष्टि गर्दै उनलाई पर्सा पठाउन लागिएको जानकारी दिएका छन् ।