News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

क्राईम–न्यूज प्रमुख समाचार

शान्तिनगरचोकबाट लागूऔषध सहित सिमा र आशिष पक्राउ

पोखरा, १५ जेठ । पोखरा महानगरपालिका वडा नं. ५, शान्तिनगरचोकस्थित लागूऔषध कारोबार भईरहेको गोप्य सूचनाको आधारमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । लागूऔषध नियन्त्रणमा पोखरामा पछिल्लो समय प्रहरीको बढ्दो सक्रियता देखिएको छ ।

लागूऔषध नियन्त्रण व्यूरो शाखा कार्यालय पोखरा र वडा प्रहरी कार्यालय बैदामबाट खटिएको टोलीले लागूऔषधसहित जेठ १३ गते मंगलबार दिउँसो ४ बजेको समयमा लागूऔषध कारोबार भईरहेको अवस्थामा दुईजनालाई पक्राउ गर्न सफल भएको हो ।

पछिल्लो समय अभियान नैं सञ्चालन गरी लागूऔषध कारोबारीका विरुद्धमा सशक्त रुपमा खटिएको प्रहरी टोलीले पर्वत जिल्ला, कुस्मा नगरपालिका, वडा नं. १२ ठुलिपोखरी घर भई हाल पोखरा–४ नालाकोमुख बस्ने २६ वर्षीया सिमा दर्जी र पर्वत जिल्ला, कुस्मा नगरपालिका, वडा नं. ७ भई नालामुख नैं बस्ने अर्का २६ वर्षीय आशिष श्रेष्ठलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक हरिबहादुर बस्नेतका अनुसार उनीहरुको साथबाट अवैध लागूऔषध बुप्रिनर्फिन–१६७ एम्पुल, डाईजापाम–१६८ एम्पुल र फेनरागन–१६६ एम्पुल गरी ५०१ एम्पुल र मोवाईल ३ थान बरामद भएको छ ।

पक्राउ परेका सिमा र आशिषलाई जिल्ला अदालत कास्कीबाट लागूऔषध सम्बन्धी मुद्दामा ६ दिनको म्याद थप गरी अनुसन्धान प्रकृया अगाडि बढाईएको कास्की प्रहरीले जानकारी दिएको छ ।