
१पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
२राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेशगत मतभारको अवस्था
३सशस्त्र द्वन्द्वकी घाइते योद्धा गोमा घिमिरे गण्डकीबाट राष्ट्रिय सभा सदस्य उम्मेदवार
४एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
५चुनावी मैदानमा विप्लव
६राष्ट्रियस्तरको भन्दैं झुठो दावी गर्ने दुई पत्रिकालाई कारवाही
७पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
८जाजरकोटमा सिकारका क्रममा भरुवा बन्दुक पड्किँदा एकको मृत्यु, अवैध हतियारसहित ५ जना पक्राउ
९राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
१०पूर्वमन्त्री राजकुमार गुप्ता जेल चलान
११लिचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री राजकुमार गुप्ता विशेष अदालतमा उपस्थित, थुनछेक बहस जारी
१२माछापुच्छ्रे पोखरा ओपन टेनिसः मेन्स सिंगल्स उपाधि करण थापालाई, ३५ वर्षमाथि जितेन्द्र परियार च्याम्पियन
१भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
२एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
३किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
४पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
५पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
६राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
७नेपाली कांग्रेसको क्रियाशील राजनीतिबाट विश्राम लिने व्यवसायी विमल बस्यालको घोषणा
८पूर्वमन्त्री राजकुमार गुप्ता जेल चलान
९‘जनप्रिय क्याम्पसको शैक्षिक गुणस्तर कायम राख्न प्रतिवद्ध छौं’
१०लिचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री राजकुमार गुप्ता विशेष अदालतमा उपस्थित, थुनछेक बहस जारी
११हजुरआमाको हत्या आरोपमा नाति पक्राउ
१२राष्ट्रियस्तरको भन्दैं झुठो दावी गर्ने दुई पत्रिकालाई कारवाही
गण्डकी प्रदेशका अर्थमन्त्री डा. टकराज गुरुङको आदेशमा अधिवेशनमा असन्तुष्टि व्यक्त गरिरहेका गण्डकी प्रदेशका वन तथा वातावरण मन्त्री भेषबहादुर पौडेलको समूहलाई गुन्डाहरु प्रयोग गरी खुकुरी प्रहार गरिएको थियो ।
लमजुङ, ७ जेठ । बेंसीशहर बजारको सडकमा खुलेआम खुकुरी प्रहार गर्ने गुन्डाहरुलाई जोगाउने नेपाली कांग्रेसका नेताहरुको प्रयास असफल भएको छ । घाइतेहरुका परिवारजनले दिएको जाहेरी दर्ता भएसँगैं खुकुरी प्रहार गर्ने ४ जना विरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

गण्डकी प्रदेशका अर्थमन्त्री डा. टकराज गुरुङ र वन तथा वातावरण मन्त्री भेषबहादुर पौडेल ।
आमसर्वसाधारण जनता र प्रहरी कैं अगाडि नेपाली कांग्रेसको भातृ संगठन तरुण दल लमजुङको शनिबार भएको अधिवेशनमा उत्पन्न विवादपछि गुन्डाहरुको प्रयोग गरी खुकुरी प्रहार गरिएको थियो । घटनापछि पनि प्रहरीले खुकुरी प्रहार गर्नेलाई संरक्षण गरेको, जाहेरी दर्ता नगरेको र उनीहरूलाई सुरक्षित स्थानमा पुर्याउने काम गरेको आरोप लागेको थियो ।
देउवा समूहका भनिएका जिल्ला सभापतिसमेत रहेका गण्डकीका अर्थमन्त्री डा. टकराज गुरुङको आदेशमा अधिवेशनमा असन्तुष्टि व्यक्त गरिरहेका अर्का निवर्तमान कांग्रेस सभापतिसमेत रहेका गण्डकी प्रदेशका वन तथा वातावरण मन्त्री भेषबहादुर पौडेलको समूहलाई गुन्डाहरु प्रयोग गरी खुकुरी प्रहार गरिएको थियो ।

गण्डकी प्रदेशका वन तथा वातावरण मन्त्री भेषबहादुर पौडेल
खुकुरी प्रहार हुँदा राष्ट्रिय सभा सदस्य तथा दरुण दलका निवर्तमान अध्यक्ष जीतजंग बस्नेत, तरुण दलका अध्यक्ष विद्वान गुरुङ र गण्डकीका अर्थमन्त्री गुरुङ समेत घटनास्थलमा नैं थिए । तरुण दलको जिल्ला अधिवेशन लमजुङबाट थालिएको भएपनि पहिलो जिल्लामै हातहतियार प्रहार हुँदा नेताहरूले यसघटनालाई आन्तरिक रुपमा मिलाउन खोजिरहेका थिए ।
बेंसीसहर मूल बजारकै सार्वजनिक चोकमा खुकुरी प्रहार गरेर हिंसात्मक गतिविधि गर्नेलाई छुट दिन नहुने भन्दैं कांग्रेस नेता शेखर कोइराला पक्षले प्रहरीप्रशासनदेखि चौतर्फी रुपमा दबाब दिएको थियो । पीडितको जाहेरी दर्ता नगरेको भन्दै चौतर्फी दबाब भएपछि मात्र प्रहरीले जाहेरी दर्ता गरेको हो ।
जाहेरी दर्ता भएर जिल्ला अदालत लमजुङबाट खुकुरी प्रहार गर्ने मध्यनेपाल नगरपालिका–७ का ३८ वर्षीय धनसुब्बा तामाङ (धन), राइनास नगरपालिका–६ का ४० वर्षीय गणेश गुरुङ, मस्र्याङ्दी गाउँपालिका–५ का ४२ वर्षीय कुमराशी गुरुङ (भूपेश), दोर्दी गाउँपालिका वडा नम्बर ४ बस्ने होमराजघले विरुद्ध पक्राउ पुर्जी जारी भएको लमजुङ प्रहरीले जानकारी दिएको छ ।
‘सोमबार जाहेरी दर्ता भएर मंगलबार पक्राउ पुर्जी जारी भएको हो । खुकुरी प्रहार गर्नेहरुको खोजी कार्य भइरहेको छ,’ लमजुङ प्रहरी प्रमुख रोशन बोहोराले भने, ‘ज्यान मार्ने उद्योगमा उनीहरूलाई पक्राउ गरेर बाँकी अनुसन्धान अगाडि बढ्छ ।’

गण्डकी प्रदेशका अर्थमन्त्री डा. टकराज गुरुङ, जसले हातहतियारसहित गुण्डा प्रयोग गरेर आफ्नै नेपाली कांग्रेसका कार्यकर्तामाथि सांघातिक हमला गराए ।
तरुण दलको आन्तरिक विवादका कारण गत शनिबार भएको खुकुरी प्रहारबाट घाइते भएका ४ मध्ये गम्भीर घाइते बन्न पुगेका बेंसीसहर नगरपालिका–९ का वडाध्यक्ष समेत रहेका तरुण दलका क्षेत्रीय सभापति खुसीजंग गुरुङ, नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य सुदीप अधिकारीको अहिले चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।
नेपाली कांग्रेस लमजुङका जिल्ला कार्यसमिति सदस्य किशोरजंग बस्नेत र नेपाल तरुण दलका सदस्य शंकर सापकोटाको लमजुङमै उपचार भइरहेको छ ।
नेपाली कांग्रेसको १३औं महाधिवेशनपछि शक्ति संघर्ष गर्दै र प्रतिष्ठाको लडाइँ लड्दै आएका गण्डकीका अर्थमन्त्री डा. गुरुङ र वन तथा वातावरण मन्त्री भेषबहादुरको टकरावकै कारण तरुण दलको पाँचौ जिल्ला अधिवेशन विवादले हिंसात्मक रूप लिएको थियो ।
१भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
२एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
३किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
४पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
५पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने