
१भ्रष्टाचार मुद्दामा क्यानका पूर्वमहानिर्देशकलाई कारागार पठाउने आदेश
२२०२६ दोस्रो हिमालयन रिम फिल्म प्रदर्शनी पोखरामा सफलतापूर्वक सम्पन्न
३काभ्रे बस दुर्घटना : ज्यान गुमाउने आठै जनाको सनाखत, शोकमा डुब्यो रोशी
४कास्की प्रहरीको ‘ड्रग्स स्ट्राइक’ : एकै महिनामा करोडौंको लागू औषधसहित २० जना पक्राउ
५स्याङ्जामा टिपर दुर्घटना : एकजनाको मृत्यु, एकजना घाइते
६नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
७रास्वपा कास्कीको सभापतिमा यदुनाथ अधिकारी
८सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
९रोल्पा दुर्घटना : उद्धारका लागि नेपाली सेना परिचालन, मध्यरातमा खसेको थियो बोलेरो
१०सूर्यबहादुर पाण्डे हत्याकाण्ड : ११ वर्षपछि सर्वोच्चबाट आमा विष्णुकुमारीले यसरी पाइन् न्याय !
११मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
१२गण्डकी प्रदेशमा राइड सेयरिङ सेवाको भाडादर निर्धारण : अब मनलाग्दी शुल्क लिन नपाइने
१बाबु निजी विद्यालयका सञ्चालक, छोरा गण्डकी बोर्डिङमा विपन्न कोटामा !
२नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
३पोखरा बसपार्क जग्गा अपचलन : मुख्य खलनायकहरू अशोक पालिखे, क्षेत्रबहादुर केसी र विष्णुप्रसाद बास्तोला
४मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
५लिटिल स्टेप स्कुलको अवैध संरचनामा चल्यो डोजर : वडाध्यक्ष नरेनको कडा एक्सन
६सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
७उपमेयरको ‘सेटिङ’मा रोकियो लिटिल स्टेपमाथि चल्ने डोजर, वडाध्यक्ष मोवाईल स्वीचअफ गरेर गायव
८मणिपालको चरम लापरबाही र शोषणविरुद्ध विद्यार्थी संगठनको गर्जन
९सूर्यबहादुर पाण्डे हत्याकाण्ड : ११ वर्षपछि सर्वोच्चबाट आमा विष्णुकुमारीले यसरी पाइन् न्याय !
१०नर्सिङ विद्यार्थीहरू एउटै साँघुरो र अँध्यारो कोठामा ८ जनासम्म, छतमा रात काट्नुपर्ने अवस्था
११राजनीतिक चुनौती र विवादका बीच सार्वजनिक जग्गा संरक्षणमा मेयर आचार्यको ‘टर्निङ प्वाइन्ट’
१२स्याङ्जामा १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एकजना पक्राउ
गण्डकी प्रदेशका अर्थमन्त्री डा. टकराज गुरुङको आदेशमा अधिवेशनमा असन्तुष्टि व्यक्त गरिरहेका गण्डकी प्रदेशका वन तथा वातावरण मन्त्री भेषबहादुर पौडेलको समूहलाई गुन्डाहरु प्रयोग गरी खुकुरी प्रहार गरिएको थियो ।
लमजुङ, ७ जेठ । बेंसीशहर बजारको सडकमा खुलेआम खुकुरी प्रहार गर्ने गुन्डाहरुलाई जोगाउने नेपाली कांग्रेसका नेताहरुको प्रयास असफल भएको छ । घाइतेहरुका परिवारजनले दिएको जाहेरी दर्ता भएसँगैं खुकुरी प्रहार गर्ने ४ जना विरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

गण्डकी प्रदेशका अर्थमन्त्री डा. टकराज गुरुङ र वन तथा वातावरण मन्त्री भेषबहादुर पौडेल ।
आमसर्वसाधारण जनता र प्रहरी कैं अगाडि नेपाली कांग्रेसको भातृ संगठन तरुण दल लमजुङको शनिबार भएको अधिवेशनमा उत्पन्न विवादपछि गुन्डाहरुको प्रयोग गरी खुकुरी प्रहार गरिएको थियो । घटनापछि पनि प्रहरीले खुकुरी प्रहार गर्नेलाई संरक्षण गरेको, जाहेरी दर्ता नगरेको र उनीहरूलाई सुरक्षित स्थानमा पुर्याउने काम गरेको आरोप लागेको थियो ।
देउवा समूहका भनिएका जिल्ला सभापतिसमेत रहेका गण्डकीका अर्थमन्त्री डा. टकराज गुरुङको आदेशमा अधिवेशनमा असन्तुष्टि व्यक्त गरिरहेका अर्का निवर्तमान कांग्रेस सभापतिसमेत रहेका गण्डकी प्रदेशका वन तथा वातावरण मन्त्री भेषबहादुर पौडेलको समूहलाई गुन्डाहरु प्रयोग गरी खुकुरी प्रहार गरिएको थियो ।

गण्डकी प्रदेशका वन तथा वातावरण मन्त्री भेषबहादुर पौडेल
खुकुरी प्रहार हुँदा राष्ट्रिय सभा सदस्य तथा दरुण दलका निवर्तमान अध्यक्ष जीतजंग बस्नेत, तरुण दलका अध्यक्ष विद्वान गुरुङ र गण्डकीका अर्थमन्त्री गुरुङ समेत घटनास्थलमा नैं थिए । तरुण दलको जिल्ला अधिवेशन लमजुङबाट थालिएको भएपनि पहिलो जिल्लामै हातहतियार प्रहार हुँदा नेताहरूले यसघटनालाई आन्तरिक रुपमा मिलाउन खोजिरहेका थिए ।
बेंसीसहर मूल बजारकै सार्वजनिक चोकमा खुकुरी प्रहार गरेर हिंसात्मक गतिविधि गर्नेलाई छुट दिन नहुने भन्दैं कांग्रेस नेता शेखर कोइराला पक्षले प्रहरीप्रशासनदेखि चौतर्फी रुपमा दबाब दिएको थियो । पीडितको जाहेरी दर्ता नगरेको भन्दै चौतर्फी दबाब भएपछि मात्र प्रहरीले जाहेरी दर्ता गरेको हो ।
जाहेरी दर्ता भएर जिल्ला अदालत लमजुङबाट खुकुरी प्रहार गर्ने मध्यनेपाल नगरपालिका–७ का ३८ वर्षीय धनसुब्बा तामाङ (धन), राइनास नगरपालिका–६ का ४० वर्षीय गणेश गुरुङ, मस्र्याङ्दी गाउँपालिका–५ का ४२ वर्षीय कुमराशी गुरुङ (भूपेश), दोर्दी गाउँपालिका वडा नम्बर ४ बस्ने होमराजघले विरुद्ध पक्राउ पुर्जी जारी भएको लमजुङ प्रहरीले जानकारी दिएको छ ।
‘सोमबार जाहेरी दर्ता भएर मंगलबार पक्राउ पुर्जी जारी भएको हो । खुकुरी प्रहार गर्नेहरुको खोजी कार्य भइरहेको छ,’ लमजुङ प्रहरी प्रमुख रोशन बोहोराले भने, ‘ज्यान मार्ने उद्योगमा उनीहरूलाई पक्राउ गरेर बाँकी अनुसन्धान अगाडि बढ्छ ।’

गण्डकी प्रदेशका अर्थमन्त्री डा. टकराज गुरुङ, जसले हातहतियारसहित गुण्डा प्रयोग गरेर आफ्नै नेपाली कांग्रेसका कार्यकर्तामाथि सांघातिक हमला गराए ।
तरुण दलको आन्तरिक विवादका कारण गत शनिबार भएको खुकुरी प्रहारबाट घाइते भएका ४ मध्ये गम्भीर घाइते बन्न पुगेका बेंसीसहर नगरपालिका–९ का वडाध्यक्ष समेत रहेका तरुण दलका क्षेत्रीय सभापति खुसीजंग गुरुङ, नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य सुदीप अधिकारीको अहिले चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।
नेपाली कांग्रेस लमजुङका जिल्ला कार्यसमिति सदस्य किशोरजंग बस्नेत र नेपाल तरुण दलका सदस्य शंकर सापकोटाको लमजुङमै उपचार भइरहेको छ ।
नेपाली कांग्रेसको १३औं महाधिवेशनपछि शक्ति संघर्ष गर्दै र प्रतिष्ठाको लडाइँ लड्दै आएका गण्डकीका अर्थमन्त्री डा. गुरुङ र वन तथा वातावरण मन्त्री भेषबहादुरको टकरावकै कारण तरुण दलको पाँचौ जिल्ला अधिवेशन विवादले हिंसात्मक रूप लिएको थियो ।
१बाबु निजी विद्यालयका सञ्चालक, छोरा गण्डकी बोर्डिङमा विपन्न कोटामा !
२नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
३पोखरा बसपार्क जग्गा अपचलन : मुख्य खलनायकहरू अशोक पालिखे, क्षेत्रबहादुर केसी र विष्णुप्रसाद बास्तोला
४मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
५लिटिल स्टेप स्कुलको अवैध संरचनामा चल्यो डोजर : वडाध्यक्ष नरेनको कडा एक्सन