
१भ्रष्टाचार मुद्दामा क्यानका पूर्वमहानिर्देशकलाई कारागार पठाउने आदेश
२२०२६ दोस्रो हिमालयन रिम फिल्म प्रदर्शनी पोखरामा सफलतापूर्वक सम्पन्न
३काभ्रे बस दुर्घटना : ज्यान गुमाउने आठै जनाको सनाखत, शोकमा डुब्यो रोशी
४कास्की प्रहरीको ‘ड्रग्स स्ट्राइक’ : एकै महिनामा करोडौंको लागू औषधसहित २० जना पक्राउ
५स्याङ्जामा टिपर दुर्घटना : एकजनाको मृत्यु, एकजना घाइते
६नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
७रास्वपा कास्कीको सभापतिमा यदुनाथ अधिकारी
८सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
९रोल्पा दुर्घटना : उद्धारका लागि नेपाली सेना परिचालन, मध्यरातमा खसेको थियो बोलेरो
१०सूर्यबहादुर पाण्डे हत्याकाण्ड : ११ वर्षपछि सर्वोच्चबाट आमा विष्णुकुमारीले यसरी पाइन् न्याय !
११मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
१२गण्डकी प्रदेशमा राइड सेयरिङ सेवाको भाडादर निर्धारण : अब मनलाग्दी शुल्क लिन नपाइने
१बाबु निजी विद्यालयका सञ्चालक, छोरा गण्डकी बोर्डिङमा विपन्न कोटामा !
२नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
३पोखरा बसपार्क जग्गा अपचलन : मुख्य खलनायकहरू अशोक पालिखे, क्षेत्रबहादुर केसी र विष्णुप्रसाद बास्तोला
४मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
५लिटिल स्टेप स्कुलको अवैध संरचनामा चल्यो डोजर : वडाध्यक्ष नरेनको कडा एक्सन
६सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
७उपमेयरको ‘सेटिङ’मा रोकियो लिटिल स्टेपमाथि चल्ने डोजर, वडाध्यक्ष मोवाईल स्वीचअफ गरेर गायव
८मणिपालको चरम लापरबाही र शोषणविरुद्ध विद्यार्थी संगठनको गर्जन
९सूर्यबहादुर पाण्डे हत्याकाण्ड : ११ वर्षपछि सर्वोच्चबाट आमा विष्णुकुमारीले यसरी पाइन् न्याय !
१०नर्सिङ विद्यार्थीहरू एउटै साँघुरो र अँध्यारो कोठामा ८ जनासम्म, छतमा रात काट्नुपर्ने अवस्था
११राजनीतिक चुनौती र विवादका बीच सार्वजनिक जग्गा संरक्षणमा मेयर आचार्यको ‘टर्निङ प्वाइन्ट’
१२स्याङ्जामा १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एकजना पक्राउ
पोखरा, ३ जेठ । पोखराका र तनहुँका विभिन्न १२ स्थानमा श्रृंखलावद्धरुपमा सुनचाँदी र नगद चोरी गर्ने पाँचजनाको गिरोहलाई जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरेको छ । चोरी कार्यमा संगठित रुपमा आफ्नै परिवारका पाँचजना नातेदारहरु संलग्न रहेको प्रहरी अनुसन्धानमा खुलेको छ ।
जिप्रका कास्कीका प्रमुख एसपी श्यामबाबु ओलियाले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै चोरीमा संलग्न मुख्य नाइके तनहुँको शुक्लागण्डकी नगरपालिका वडा १०, साँखेका २६ वर्षीय कटुप्पा भन्ने सुवास बिकको समूहको बारेमा जानकारी दिएका छन् ।
सुवास ढुंंगा, गिट्टी, बालुवाको ठेक्कापट्टा गर्ने भएपनि उनी विगतमा चोरी कसूरमा कास्की जिल्ला अदालतबाट उनलाई ५ वर्ष कैद र साढे ३ लाख जरिवाना भएको थियो । २०७९ सालमा कारागारबाट छुटेपछि ३ महिना कतार गएर फर्किएका उनि पुनः चोरीमा संलग्न हुँदैं आएका थिए । उनलाई गत २९ वैशाखमा पोखराको बूढीबजारबाट प्रहरीले पक्राउ गरेको थियो ।
यो गिरोहमा चोरिएका सुनचाँदीका गरगहना लिने र तिनलाई पगालेर स्वरुप परिवर्तन गरी बेचबिखन गर्ने कार्यमा संलग्न रहेको आरोपमा पोखरा–१०, रामबजारमा रहेको स्याङ्जा कोल्माकोट सुनचाँदी पसलका सञ्चालक ५३ वर्षीय दुर्गाबहादुर थापा पक्राउ परेका छन् । नाताले सुवासका मामा पर्ने थापा स्याङ्जाको पुतलीबजार नगरपालिका वडा ९, काल्खुका स्थायीवासिन्दा हुन् ।
दुर्गामाथि पनि २०५७ र २०६४ सालमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट सार्वजनिक मुद्दामा अनुसन्धान भएको रेकर्ड भेट्टिएको छ । सुनचाँदी पसल सञ्चालन गर्ने उनिमाथि २०८० सालमा वडा प्रहरी कार्यालय वालिङबाट चोरी तथा डाँकासम्बन्धी कसूरमा अनुसन्धान भएको प्रहरी रेकर्डमा उल्लेख छ ।
त्यसैगरी, ड्राइभिङ पेसामा आवद्ध रहेका तनहुँ साँखे घर भएका सुवासका ठुलोबुबाका छोरा २३ वर्षीय बिमल विक पनि यहीं गिरोहमा संलग्न रहेको प्रमाण प्रहरीले भेटेको छ । त्यसैगरी, तनहुँका शुक्लागण्डकी ११, दुर्गेका २२ वर्षीय गणेश सुनार पनि यो गिरोहमा संलग्न रहेको भन्दैं प्रहरीले पक्राउ गरेको छ ।
उनी दुर्गाबहादुरको सुनचाँदी पसलका कालीगढको रुपमा काम गर्ने गर्दथे । नाताले उनी सुवासका फुपूका छोरा पर्दछन् । सुवासका फूपूका अर्का छोरा स्याङ्जा पुतलीबजार ९, काल्खुका ३३ वर्षीय सुरेश विक पनि चोरीमा संलग्न रहेको भन्दैं प्रहरीले पक्राउ गरेको छ । उनी पनि दुर्गाबहादुरको सुनचाँदी पसलमा कालीगढ छन् ।
सुनका गरगहना १२ तोला ८ लाल तथा २४ तोला चाँदीका गरगहनासहित विभिन्न सामान चोरी आरोपमा प्रहरीले चोरीका नाइके सुवास बिकसमेत ५ जनालाई पक्राउ गरी सार्वजनिक गरेको हो ।
शुक्रबार जिल्ला प्रहरी कार्यालय कास्कीमा पत्रकार सम्मेलनमा प्रहरी प्रमुख एसपी श्यामबाबु ओलियाले पक्राउ पर्नेहरु सबै एकअर्काका नातेदार रहेको र उनीहरुलाई चोरी तथा डाँकासम्बन्धी कसूरमा मुद्दा चलाइएको जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय कास्कीको प्रारम्भिक अनुसन्धानका क्रममा उनीहरुले घरमा कोही नभएको अवस्थामा ताला फोडी चोर्ने गरेको, विशेषगरी सुनचाँदीका गरगहना र नगदमा मात्र फोकस गर्ने गरेको, चोरी सकेका गरगहना आफ्नै नातेदार सुनचाँदी पसल संचालक दुर्गाबहादुरलाई दिने गरेको खुलेको छ ।
सुवासले चोरी गर्न ग २२ प ४९८९ नम्बरको एनएस पल्सर मोटरसाइकल प्रयोग गर्ने गरेका थिए । साथै, ग २१ प ६७५३ नम्बरको स्कुटरसमेत प्रयोग गर्ने गरेको खुलेको छ । मोटरसाइकल भने सुवासले आफ्नो दाइ नाताका नरबहादुर बिकबाट प्राप्त गरेका थिए ।
नरबहादुर पनि हाल हतिहतियार तथा खरखजाना मुद्दामा कारागारमा सजाय भोगिरहेका छन् । बिमल बिकले चोरी गर्न जाँदाआउँदा मोटरसाइकलमा ल्याउने पु¥याउने काम गर्थे । उनीहरुको साथबाट प्रहरीले सुनचाँदीका छड्के तिलहरी, माइली तिलहरी, सानो तिलहरी, चन्द्र पोते, मोती माला, सिक्रकी, औंठी, चन्द्रमा, गेडी पोते, मंगलसूत्र, नौगेडी, फूली, टप, पञ्चरत्ने बालाहरु बरामद गरेको छ ।
१बाबु निजी विद्यालयका सञ्चालक, छोरा गण्डकी बोर्डिङमा विपन्न कोटामा !
२नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
३पोखरा बसपार्क जग्गा अपचलन : मुख्य खलनायकहरू अशोक पालिखे, क्षेत्रबहादुर केसी र विष्णुप्रसाद बास्तोला
४मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
५लिटिल स्टेप स्कुलको अवैध संरचनामा चल्यो डोजर : वडाध्यक्ष नरेनको कडा एक्सन