News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

क्राईम–न्यूज प्रमुख समाचार

गृहमन्त्रीको साथी बनेर कर्मचारीलाई धम्क्याउने श्रेष्ठ पक्राउ

काठमाडौं, २८ वैशाख । गृहमन्त्रीको साथी र भूमि व्यवस्थामन्त्रीको पिए हुँ भन्दैं सरकारी कर्मचारीहरुलाई धम्क्याउने ५० वर्षीय राजकुमार श्रेष्ठ प्रहरीको फन्दामा परेका छन् ।

उनले पछिल्लो समय आफू गृहमन्त्री रमेश लेखकको साथी हुँ भन्दै साझा स्वास्थ्य सेवा, चाबहिलका सरकारी कर्मचारीहरूलाई धम्क्याउँदैं आएका थिए । अति नै भएपछि कर्मचारीको उजुरीका आधारमा काभ्रेपलाञ्चोकको बनेपा– ३ घर भएका श्रेष्ठलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले शनिबार पक्राउ गरेको हो ।

‘कर्मचारीकै उजुरीका आधारमा उनलाई पक्राउ गरी मुद्दा प्रक्रिया अघि बढाइएको छ,’ एसपी काजीकुमार आचार्यले भने–‘ब्रेन वे कम्पनीका कर्मचारी रहेका श्रेष्ठको गृहमन्त्री लेखकसँग कुनै सम्बन्ध देखिएन ।’