News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

क्राईम–न्यूज प्रमुख समाचार

सहकारी ठगीमा काठमाडौं जिल्ला अदालतबाट रवि लामिछाने र छविलालविरूद्ध पक्राउ पुर्जी जारी

काठमाडौं, २ मंसिर । काठमाडौंको कालिमाटीमा रहेको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारीको रकम अपचलनमा पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरूद्ध पक्राउ पुर्जी जारी भएको छ ।

आइतबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजालसले लामिछाने र पूर्वडिआइजी छविलाल जोशीविरूद्ध पक्राउ पुर्जी जारी गरेको अदालतका सूचना अधिकरी मेलिश बाँस्कोटाले जानकारी दिएका छन् ।

यस सहकारीविरूद्ध ६४५ जनाले जाहेरी दिएका छन् । सहकारीका अध्यक्ष जिबी राई थिए । उक्त सहकारीमा २ अर्ब ७४ करोड रुपैयाँ अपचलन भएको पीडितहरूले दाबी गरेका छन् ।

प्राप्त विवरण अनुसार जिबी राई र रवि लामिछानेका नाममा २०७८ पुस १ मा ‘इको सेभेन सिटर भ्यान’ किन्न भन्दै ४६ लाख ८८ हजार लगेको खुलेको छ । भ्यान किन्न भनेर लगेको कर्जामध्ये २९ लाख ५२ हजार ४ सय ३६ रुपैयाँ तिर्न बाँकी देखिएको छ ।

२०७८ साउन ४ मा पनि सोही सहकारीबाट गोर्खा मिडिया अध्यक्ष राई र प्रबन्ध निर्देशक लामिछानेले ‘फोर ह्विलर’ गाडी किन्न ४६ लाख ९८ हजार कर्जा लगेको देखिएको छ । गाडी किन्दा लिएको ऋणमध्ये ३२ लाख २१ हजार ६ सय ३३ रुपैयाँ ५१ पैसा तिर्न बाँकी देखिन्छ ।

यसअघि बुटवलको सुप्रिम सहकारीको पनि अनुसन्धानका लागि उनीहरूविरूद्ध पक्राउ पुर्जी जारी भएको थियो । बुटवल पु¥याएर उनीहरूको बयान समेत लिईसकेको छ ।

हाल लामिछाने र जोशी जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा छन् । उनीहरूमाथि सूर्यदर्शन सहकारीको बचत रकम अपचलनमा अनुसन्धान भइरहेको छ ।

डनन्यूज ट्रेन्डिङ