News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

क्राईम–न्यूज प्रमुख समाचार

पत्रकार भुलको हत्यामा संलग्नलाई कानुनी दायरामा ल्याउनुपर्ने माग

काठमाडौँ, २८ कात्तिक ।  नेपाल पत्रकार महासङ्घले पत्रकार सुरेश भुलको हत्यामा संलग्नलाई यथाशीघ्र कानुनी कारबाहीको दायरामा ल्याउन माग गरेको छ । महासचिव रोशन पुरीले आज विज्ञप्ति जारी गरी भुलको कुटपिटबाट निधन भएको घटनाप्रति भत्र्सनासमेत गर्नुभएको छ ।

राष्ट्रिय दलित पत्रकार सङ्घ, कैलालीका सहसचिव समेत रहनुभएका कैलालीको गौरीगङ्गा नगरपालिका–११ कान्तिपुर टोल बस्ने भुललाई यही कात्तिक २५ गते साँझ ५ बजेतिर सामान्य विवादमा सोही ठाउँको एक समूहले निर्मम कुटपिट गरेको जानकारीमा आएको महासङ्घले जनाएको छ ।

कुटपिटबाट गम्भीर घाइते सुरेशको धनगढीस्थित निसर्ग अस्पतालमा उपचारको क्रममा २६ गते बिहान मृत्यु भएको हो । महासङ्घले पत्रकार भुलप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदनासमेत प्रकट गरेको छ ।

“घटनाको अनुसन्धानका लागि महासङ्घले केन्द्रीय सचिव हेमकर्ण विकको संयोजकत्वमा मिसन टोली खटाएको छ, मिसन टोलीले आजैदेखि कार्य थालनी गरेको छ, टोलीले १५ दिनभित्र घटनाको सत्यतथ्यसहितको प्रतिवेदन पेस गर्नेछ”, विज्ञप्तिमा भनिएको छ ।

डनन्यूज ट्रेन्डिङ