
१मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
२भ्रष्टाचार मुद्दामा क्यानका पूर्वमहानिर्देशकलाई कारागार पठाउने आदेश
३२०२६ दोस्रो हिमालयन रिम फिल्म प्रदर्शनी पोखरामा सफलतापूर्वक सम्पन्न
४काभ्रे बस दुर्घटना : ज्यान गुमाउने आठै जनाको सनाखत, शोकमा डुब्यो रोशी
५कास्की प्रहरीको ‘ड्रग्स स्ट्राइक’ : एकै महिनामा करोडौंको लागू औषधसहित २० जना पक्राउ
६स्याङ्जामा टिपर दुर्घटना : एकजनाको मृत्यु, एकजना घाइते
७नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
८रास्वपा कास्कीको सभापतिमा यदुनाथ अधिकारी
९सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
१०रोल्पा दुर्घटना : उद्धारका लागि नेपाली सेना परिचालन, मध्यरातमा खसेको थियो बोलेरो
११सूर्यबहादुर पाण्डे हत्याकाण्ड : ११ वर्षपछि सर्वोच्चबाट आमा विष्णुकुमारीले यसरी पाइन् न्याय !
१२मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
१बाबु निजी विद्यालयका सञ्चालक, छोरा गण्डकी बोर्डिङमा विपन्न कोटामा !
२नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
३पोखरा बसपार्क जग्गा अपचलन : मुख्य खलनायकहरू अशोक पालिखे, क्षेत्रबहादुर केसी र विष्णुप्रसाद बास्तोला
४मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
५लिटिल स्टेप स्कुलको अवैध संरचनामा चल्यो डोजर : वडाध्यक्ष नरेनको कडा एक्सन
६सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
७उपमेयरको ‘सेटिङ’मा रोकियो लिटिल स्टेपमाथि चल्ने डोजर, वडाध्यक्ष मोवाईल स्वीचअफ गरेर गायव
८मणिपालको चरम लापरबाही र शोषणविरुद्ध विद्यार्थी संगठनको गर्जन
९सूर्यबहादुर पाण्डे हत्याकाण्ड : ११ वर्षपछि सर्वोच्चबाट आमा विष्णुकुमारीले यसरी पाइन् न्याय !
१०राजनीतिक चुनौती र विवादका बीच सार्वजनिक जग्गा संरक्षणमा मेयर आचार्यको ‘टर्निङ प्वाइन्ट’
११नर्सिङ विद्यार्थीहरू एउटै साँघुरो र अँध्यारो कोठामा ८ जनासम्म, छतमा रात काट्नुपर्ने अवस्था
१२८२ करोडको भीओआईपी स्क्यान्डलमा बंगालदेशी गिरोहसँगैं पक्राउ परेका थिए कुमार बेन
पोखरा, २१ कात्तिक । गुण्डागर्दीमा संलग्न रहँदा रहँदैं राजनीतिमा पनि प्रवेश गरेका गण्डकी प्रदेशका पुर्वमन्त्री तथा सांसद राजीव गुरुङ उर्फ दीपक मनाङेलाई ५ वर्ष जेल सजाय हुने भएको छ ।
सर्वोच्च अदालतले गुन्डा नाईके मनाङ्गेलाई ज्यान मार्ने उद्योगमा दोषी ठहर गरेको हो । यसअघि पाटन उच्च अदालतले गरेको फैसलालाई सर्वोच्चका न्यायाधीशद्धय नहकुल सुवेदी र टेकप्रसाद ढुङ्गानाको संयुक्त इजलासले सदर गरेको हो । उनी विरुद्ध तत्कालको पुनरावेदन अदालत पाटनले २०६९ सालमा ५ वर्षको कैद सजाय सुनाएको थियो ।
यही मुद्दामा मनाङे २०७५ साल पुसमा थुनामा समेत बसेका थिए । सर्वोच्चले पुस २६ गते धरौटीमा थुनामुक्त गर्न पत्र लेखेपछि उनी थुनाबाहिर भएका हुन् । त्यसपछि जेल बाहिरैबाट उनी मुद्दा लड्दै आएका थिए । उनको समूहले अर्का गुण्डा नाइके चक्रे मिलनमाथि तरबार हानेर हात छिनाएको थियो ।
चक्रेकी श्रीमती इन्दिरा गुरुङले प्रहरीमा मनाङेविरुद्ध ज्यान मार्ने कसुर गरेको भन्दै जाहेरी दिएकी थिइन् । ठेक्कापट्टा र असुली धन्दामा चक्रे मिलन समूहमाथि २०६१ सालमा आक्रमण गरेको हो । काठमाडौं जिल्ला अदालतले सामान्य कुटपिट मात्रै भएको भन्दै मनाङेलाई २ वर्ष कैद सजाय सुनायो ।
जिल्लाको फैसला चित्त नबुझेपछि पुनरावेदन अदालत पाटनमा मुद्दा दायर भएको हो । पाटनले जिल्लाको फैसला उल्टी गर्दै ५ वर्षको कैद सजाय सुनायो । कैद सजाय सुनाइएपछि मनाङे फरार भए । फरार रहेकै अवस्थामा उनी मनाङबाट प्रदेश सांसद निर्वाचित भए । त्यसपछि पुनरावेदनका लागि सर्वोच्च पुगे । हदम्याद नाघेको भन्दै उनको पुनरावेदन खारेज गरिएको थियो । उच्च अदालत पाटनको फैसलालाई सर्वोच्चले सदर गरेको हो ।
मनाङे सोही समयमा जेल गएका थिए । जेलभित्रैबाट समयमा सूचना नपाएकोले थुनाबाहिरै बसेर मुद्धा लड्न पाउनुपर्ने माग गरे । त्यसपछि उनको दरपिठ दर्ता भयो र थुनामुक्त हुन आदेश आयो । त्यसयता उनी जेल बाहिर छन् । थुनामुक्त हुने वित्तिकै सांसदको सपथ लिएका हुन् । उनको मुद्धाको किनारा नलाग्दै दोस्रो पटक मनाङबाट प्रदेश सांसद पदमा निर्वाचित भए । उनी सांसद मात्रै भएनन्, छैटौं पटक मन्त्री बन्ने रेकर्ड बनाए । सोही मुद्दाका अन्य आरोपिहरु गणेश लामा, रेवत कार्की, रमेश सुनुवार र उमेश लामालाई सफाइ दिइएको छ । उनीहरुलाई उच्च अदालतले पनि सफाइ दिएको थियो ।
गण्डकीका सभामुख कृष्ण प्रसाद धिताल फैसला प्राप्त भएपछि आवश्यक प्रक्रिया अघि बढ्ने बताउँछन् । ‘अदालतले गरेको फैसला कुरौं । फैसला आएपछि के गर्ने भन्ने टुंगो लाग्छ,’ उनले भने, ‘यसबीचमा म कानूनका जानकारसँग परामर्श गर्छु ।’ प्रदेश सभा नियमावली अनुसार नै आँफु अघि बढ्ने उनले सुनाए । ‘प्रदेशसभा नियमावलीमा पदमुक्त गर्ने वा निलम्बन गर्ने विषयमा व्यवस्था गरिएको छ,’ उनले भने, ‘हामीले संसदमा हेर्ने कानून त्यही हो । सोही अनुसार प्रक्रिया चल्छ ।’
गण्डकीका मुख्य न्यायाधिवक्ता चिरन्जीवी शर्माले सर्वोच्चको फैसला आएपछि मनाङको सांसद पद नरहने बताए । ‘डिटेल पाठ हेरेको छैन । कैद बस्नुपर्ने गरी उच्चले फैसला गरेपछि त्यो फौजदारी कसुरदार ठहर भयो । कसुरदार भएको व्यक्ति प्रदेशसभा सदस्यको योग्य रहेन,’ उनले भने, ‘अब उहाँको पद खारेज हुन्छ । पद जाने विधि छ । प्रदेशसभामा सभामुखले सूचना दिनुपर्छ । प्रक्रियागत काम बाँकी छ । सामान्यतः उहाँ पदमा रहेनुभएन भन्ने हो । अब उपनिर्वाचन गर्ने हो ।’
मनाङे विरुद्ध सर्वोच्चमै अर्को मुद्दा पनि परेको थियो । उनी फौजदारी मुद्दाको विचाराधीन रहेको व्यक्ति भएकोले सांसद बन्ने योग्य नरहने भन्दै पद खारेजीको मुद्दा परेको हो । दोस्रो पटक भएको प्रदेश सभाको निर्वाचनबाट निर्वाचित भएपछि यो मुद्दा दर्ता भएको हो ।
१बाबु निजी विद्यालयका सञ्चालक, छोरा गण्डकी बोर्डिङमा विपन्न कोटामा !
२नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
३पोखरा बसपार्क जग्गा अपचलन : मुख्य खलनायकहरू अशोक पालिखे, क्षेत्रबहादुर केसी र विष्णुप्रसाद बास्तोला
४मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
५लिटिल स्टेप स्कुलको अवैध संरचनामा चल्यो डोजर : वडाध्यक्ष नरेनको कडा एक्सन