पोखरा, ९ कार्तिक । सुनको सिक्री, घडी र नगद चोरी गरेको अभियोगमा वडा प्रहरी कार्यालय रामबजारले दुईजनालाई पक्राउ गरेको छ । कार्तिक १ गते भिमबहादुरको पोखरा–८, न्यूरोडमा रहेको कोठाबाट सुनको सिक्री, घडी र नगद चोरी भएको थियो ।
वडा प्रहरी कार्यालय रामबजारको टोलीले गोरखा भिमसेन गाउँपालिका वडा नं. ६ स्थायी घर भई हाल पोखरा–१५, घलेचोक बस्ने ३९ वर्षीय रामबहादुर नेपाली र सोही ठाउँ बस्ने २६ वर्षीय गोमा गुरुङलाई चोरीको अभियोगमा ८ गते पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डीएसपी बसन्तकुमार शर्माले जानकारी दिए ।
प्रहरीले गोमाको कोठाबाट चोरी भएको सुनको सिक्री (दुई टुक्रा पारिएको अवस्थाका) १ थान, घडी १ थान र विभिन्न कम्पनीका मोवाइल ३ थान बरामद गरेको थियो ।