
१२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
२जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
३छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
४प्रहरी असई पुष्कर कार्कीद्वारा आफ्नै ४ महिने छोराको हत्या
५पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
६पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
७८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
८पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
९क्यान महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
१०प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
११जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
१२सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
१सफल सहकारीका अध्यक्ष गणेश श्रेष्ठ नैं ठगीमा संलग्न
२सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
३पोखरामा म्यानपावर सञ्चालकले पत्रकारमाथि अभद्र व्यवहार गर्दै बनाए बन्धक
४जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
५आन्दोलनकारीलाई आतंककारी भन्दैं दलहरुले पेल्न थालेपछि फेरि जुर्मुराउँदैं जेनजीहरु
६प्रहरी कार्यालयबाट हतियार लुट्ने दुई पक्राउ
७अन्तर्राष्ट्रिय माउन्टेन बाइक प्रतियोगिता ‘पोखरा इन्डुरो रेस’ सम्पन्न
८प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
९८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
१०पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
११न्यु मोडेलकी सुसम रानाभाट पिस पोस्टर प्रतियोगितामा प्रथम
१२छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
पोखरा, २६ असार । जिल्ला प्रहरी कार्यालय कास्कीले विन्ध्यवासिनी सहकारी ठगी मुद्दाका फरार अभियुक्त हरिप्रसाद अधिकारीलाई बुधबार (आज) पक्राउ गर्न सफल भएको छ ।
पोखरा–९, न्यूरोडमा सञ्चालनमा रहेको विन्ध्यावासिनी सहकारीका सञ्चालक समितिका पदाधिकारीहरु समेतले निक्षेपकर्ताहरुको बचत रकम फिर्ता नगरी सहकारीको रकम हिनामिना, अपचलन एवम् ठगी गरेको कसुरमा संलग्न रहेको भन्दैं ३१ जना विरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा चलिरहेको छ ।
पोखरा–१४, औद्योगिक क्षेत्र बस्ने पूर्व लेखा समितिका सदस्य ४० वर्षीय अधिकारीलाई आज नै पक्राउ गरी जिल्ला अदालतमा उपस्थित गराईएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी एवम् डिएसपी बसन्तकुमार शर्माले जानकारी दिएका छन् ।
कास्की प्रहरीले हालसम्म सहकारी ठगी मुद्दामा १७ जनालाई पक्राउ गरिसकेको छ भने १४ जना अझै फरार रहेका छन् । जसको खोजी कार्य व्यापक रुपमा भएको र केही सूचना भए गोप्य रुपमा प्रहरीलाई उपलब्ध गराउन समेत कास्की प्रहरीले अनुरोध गरेको छ ।
सहकारीको झण्डैं ७ करोड ठगीमा स्याङ्जा, फेदीखोला गाउँपालिका वडा नं. ७ स्थायी घर भई हाल पोखरा–४ बस्ने सहकारीका सचिव गंगाधर सुवेदी पनि संलग्न छन् । यता, बगालेटोलमा रहेको लेक सिटी हस्पिटलका अध्यक्ष उदित पौड्याल, सचिव सुवेदीका भाइ नाता पर्ने हुन् । सहकारी ठगीमा गंगाधर र उदित योजनावद्ध ढंगले संलग्न रहेका छन् । सचिव सुवेदीले पोखराको मानवअधिकारचोक अगाडि ‘अपेक्षा बुक्स एण्ड स्टेशनरी’ सञ्चालन गर्दै आईरहेका छन् ।

सहकारीको झण्डैं ७ करोड ठगीमा संलग्न स्याङ्जा, फेदीखोला गाउँपालिका वडा नं. ७ स्थायी घर भई हाल पोखरा–४ बस्ने सहकारीका सचिव गंगाधर सुवेदी । हाल सुवेदी पुर्पक्षका लागि कारागार चलान भईसकेका छन्।
अध्यक्ष नकर्मी र सचिव गंगाधर सुवेदी मिलेर कार्य समितिका अन्य पदाधिकारीहरु समेतको किर्ते हस्ताक्षर गरी रकम दुरुपयोग तथा हिनामिना गरेका थिए । साविक शिशुवा वडा नं. २ हाल पोखरा महानगरपालिका वडा नं. २९ मा सहकारीको नाममा रहेको कि.नं. ८९३२ सिट नं. ०९०११६७१ को क्षेत्रफल ३-१-३-० मो जग्गा समेत किर्ते गरी बेचबिखन गरेका थिए । लम्की–चुहा नगरपालिका वडा नं. ६ कैलालीकी रेजिना विष्ट र पोखरा–१७, विरौटा बस्ने उदितसन्दीप पौडेललाई योजनावद्ध ढंगले ३ करोड ५९ लाख ९० हजारमा बेचेर सो रकम अध्यक्ष नकर्मी र सचिव सुवेदी मिलेर हिनामिना गरेका थिए ।
सञ्चालक समितिका अन्य सदस्यहरुको सही किर्ते गरी कागजपत्र तयार गरेर जग्गा बेचिएको थाहा पाएपछि अध्यक्ष नकर्मी र सचिव सुवेदीले माफी माग्दैं सहकारीका नाममा उक्त जग्गा फिर्ता गर्ने लिखित वचतवद्धता प्रकट गरेका थिए । किर्ते गरेर बेचबिखन गरिएको जग्गा ८ दिन भित्रमा फिर्ता गर्ने भनेर २०८० पुस २६ गते लिखित कागज गरिएको थियो ।

सहकारी ठगीमा संलग्न पोखरा–८ बगाले टोलमा रहेको लेक सिटी हस्पिटल एण्ड क्रिटिकल कियर प्रा.लि. का अध्यक्ष उदित पौड्याल भन्ने उदिप सन्दिप पौडेल ।
अध्यक्ष नकर्मी र सचिव गंगाधर सुवेदी मिलेर किर्ते कागजात बनाई लेकसिटी हस्पिटलका अध्यक्ष उदय भन्ने उदिप सन्दिप पौडेल र रेजिना विष्टलाई सहकारीको ३ रोपनी जमिन बेचेका थिए । त्यसैगरी कृष्णमान श्रेष्ठले सहकारीको संयुक्त खाता सञ्चालन गरी १ करोड भन्दा बढि रकम हिनामिना गरेका छन् । उनले अध्यक्ष नकर्मी र सचिव सुवेदीसँगैं आफ्नो नामको संयुक्त खाता सञ्चालन गरेका थिए ।
१सफल सहकारीका अध्यक्ष गणेश श्रेष्ठ नैं ठगीमा संलग्न
२सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
३पोखरामा म्यानपावर सञ्चालकले पत्रकारमाथि अभद्र व्यवहार गर्दै बनाए बन्धक
४जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
५आन्दोलनकारीलाई आतंककारी भन्दैं दलहरुले पेल्न थालेपछि फेरि जुर्मुराउँदैं जेनजीहरु