
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
४‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
५इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
६पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
७माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
८मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
९मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१०सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
११रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
१२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
६स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
७भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
८किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
९गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
१०तिब्बतर्फ ताल पुन: फुट्यो
११सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
१२सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
पोखरा, २६ असार । विन्ध्यवासिनी सहकारी ठगीको आरोपमा फरार भएका मध्ये दुई सञ्चालकलाई कास्की प्रहरीले पक्राउ गरेको छ । पोखरा वडा नं. ९ न्यूरोडमा कार्यालयको सहकारीका पूर्वसञ्चालक समितिका सचिव र लेखा समितिका संयोजकलाई प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी एवम् डिएसपी बसन्तकुमार शर्माका अनुसार सहकारीका पूर्वसञ्चालक समितिका सचिव पोखरा–१७ विरौटा बस्ने ४६ वर्षीय किरण कपाली र सोही ठाउँ बस्ने पूर्वलेखा समितिका संयोजक ४५ वर्षीय बुद्धिसागर ढकाललाई पक्राउ गरिएको हो ।
सहकारी सञ्चालक समितिका पदाधिकारीहरुले निक्षेपकर्ताहरुको बचत रकम फिर्ता नगरी सहकारीको रकम हिनामिना, अपचलन एवम् ठगी गरेको कसुरमा जिल्ला अदालत कास्कीमा मुद्दा दर्ता भईसकेको छ । पक्राउ परेका उनीहरुलाई प्रहरीले जिल्ला अदालतमा उपस्थित गराएको छ ।
विन्दवासिनी सहकारीको ७ करोड रुपैयाँ भन्दा बढि रकम अध्यक्ष सुवर्णमान नकर्मी, सचिव गंगाधर सुवेदी र उनका सानीआमाका छोरा भाइ नाता पर्ने पोखरा–८ बगाले टोलमा रहेको लेक सिटी हस्पिटल एण्ड क्रिटिकल कियर प्रा.लि. का अध्यक्ष उदिपसन्दिप पौडेल मिलेर हिनामिना गरेका थिए । सचिव सुवेदीले योजनावद्ध ढंगले किर्ते कागजपत्र, सञ्चालक समितिका अन्य सदस्यहरुको हस्ताक्षर र खाताको दुरुपयोग गरी करोडौंको सम्पत्तिको हिनामिना गरेका थिए ।
सहकारीका अध्यक्ष नकर्मी र सचिव सुवेदी मिलेर सहकारीको नाममा रहेको साढे ५ करोडको जग्गा व्यक्तिगत नाममा ल्याई सहकारीको रकम हिनामिना गरेको वित्तीय छानबिन र प्रहरी अनुसन्धानका क्रममा पुष्टि भएको थियो । वित्तीय अनुसन्धान चलिरहँदा आफ्नो कर्तुत सार्वजनिक हुने स्थिति देखिएपछि पक्राउ हुने डरले सचिव सुवेदी दुईसाता अघि देखि नैं फरार भएका थिए ।
अध्यक्ष नकर्मी र सचिव गंगाधर सुवेदी मिलेर कार्य समितिका अन्य पदाधिकारीहरु समेतको किर्ते हस्ताक्षर गरी रकम दुरुपयोग तथा हिनामिना गरेका थिए । साथै सहकारीको नाममा रहेको कि.नं. ८९३२ सिट नं. ०९०११६७१ को क्षेत्रफल ३.१.३.० मो जग्गा समेत किर्ते गरी बेचबिखन गरेका थिए । उनीहरुले यो ठगी काण्डमा सहकारीको झण्डै ५ करोड रुपैयाँ हिनामिना गरेका छन् । लम्की–चुहा नगरपालिका वडा नं. ६ कैलालीकी रेजिना विष्ट र पोखरा–१७, विरौटा बस्ने उदितसन्दीप पौडेललाई योजनावद्ध ढंगले अध्यक्ष नकर्मी र सचिव सुवेदीले जग्गा नामसारी गरिदिएका थिए ।
जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले सहकारी ऐन २०७४ को दफा १२२ र दफा १२४ अनुसार सहकारी ठगीमा मुद्दा ३१ जनालाई प्रतिवादी बनाउँदैं २०८० चैत १५ गते मुद्दा दर्ता गरेको थियो । २०८० चैत १८ गते अध्यक्ष नकर्मी र सचिव गंगाधर सुवेदी भने पुर्पक्षका लागि कारागार चलान भईसकेका छन् । तर अदालतले करोडौं लुट्ने धन्दामा सक्रिय उदिपसन्दिपलाई भने असाध्यैं न्यून धरौंटी ५ लाख रुपैयाँमा रिहा गरिदिएको छ ।
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन