News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

क्राईम–न्यूज प्रमुख समाचार

नाबालिकालाई अपहरण गरी शरिर बन्धक बनाएर जबर्जस्ती करणी गर्ने दुईजना पक्राउ

पोखरा, २४ असार । एक नाबालिकालाई अपरहण गरी शरिर बन्धक बनाएर जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

धनुषा जिल्लाको क्षिरेश्वरनाथ गाउँपालिका वडा नं.१० गोपालपुर स्थायी घर भई हाल पोखरा वडा नं.११ रानीपौवा डेरा गरी बस्ने २१ वर्षीय अरुण कुमार दास र भारतको विहार प्रदेश सितामणी जिल्ला डुमरा थाना सुरसड पक्ष्मी वडा नं. १ सुरसड गाउँ घर भई हाल पोखरा–११ रानीपौवा बस्ने १९ वर्षीय सुनिल दासलाई जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरेको हो ।

अरुण र सुनिलले असार १७ गते दिउँसो अन्दाजी ११ बजेको समयमा तनहुँ म्याग्दे गाउँपालिका वडा नं. ४ थर्पुबाट नाबालिकालाई ललाई फकाई छलकपटक गरी झुक्यानमा पारी, डरत्रास देखाई ग८प ४२८० मोटरसाईकलको बिचमा राखी उम्कन नदिई रानीपौवा डेरामा ल्याएर राति १ः३० बजेको समयमा पालैपालो सामूहिक बलात्कार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।

उनीहरुले ती नाबालिकालाई बलात्कार गरी राति ३ः३० बजेको समयमा पोखराबाट तनहुँ फर्किने क्रममा पोखरा–३०, पावरहाउसस्थित पृथ्वीराजमार्ग सडकखण्डमा प्रहरीद्वारा चेकिङ गर्ने क्रममा प्रहरीलाई देखेर भाग्न खोजेपछि पक्राउ गरेर सोधपुछ गर्दा यो घटना बाहिर आएको थियो ।

प्रहरीले ती दुईजनालाई तत्कालै पक्राउ गरी सोधपुछ गरेपछि जिल्ला अदालत कास्कीबाट अपहरण, शरिर बन्धक तथा जबर्जस्ती करणी सम्बन्धी मुद्दामा असार १८ गते आठ दिनको म्याद थप गरी अनुसन्धान प्रकृया अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।