
१रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
४पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
५गोरखाका घरबारविहीन बाढी पीडितलाई राखियो होटलमा
६पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
७सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
८फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु
९कास्कीमा बाढी पीडितका आफन्तका लागि डीएनए प्रोफाइलिङ सेवा एकीकृत रूपमा सुरु
१०गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
११भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
१२पोखरामा पहिचान नभएका ७६ शव जमिनमुनि व्यवस्थापन
१मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
२प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
३असई बनाइदिन्छु भन्दै १० लाख ठगी
४व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
५पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
६रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा
७सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
८रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
९चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
१०रोल्पा पहिरोमा परी ३ जनाको मृत्यु, ९ जना अझै बेपत्ता
११स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
१२‘न्याय र कानून क्षेत्रमा स्तरीय कानूनी शिक्षा र व्यावसायिक सुरक्षाको अभाव’ : महान्यायाधिवक्ता डा. कँडेल
स्याङ्जा, २३ असार । स्याङ्जामा पहिरोले घर पुरिँदा तीन जनाको मृत्यु हुनुका साथै पाँचजना घाइते भएका छन् । शनिबार दिउँसो स्याङ्जाको बिरूवा गाउँपालिका–२ लामाखेतस्थित ईश्वरी लम्सालको घर पहिरोले पुरिँदा आश्रय लिईरहेका स्याङ्दी घर भएका तीन जना छिमेकीको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी डिएसपी इन्द्रबहादुर रानाका अनुसार पहिरोको जोखिम भएर छिमेकीको घरमा बास बसेका सोही वडाको माझकोट बस्ने ६७ वर्षीया हरिमाया शर्मा, ७१ वर्षीय माधव शर्मा र ६५ वर्षीया गुञ्जेश्वरी शर्मा मरासिनीको पहिरोले पुरिएरै मृत्यु हुन पुगेको हो ।
डिएसपी रानाले भने–‘पहिरोले घर पुरिँदा पाँच जना घाइते भएका छन् । घाइतेहरूमा ५३ वर्षीया ईश्वरी लम्साल, ५५ वर्षीय तीर्थ लम्साल, हरि लम्साल, चन्द्रा केसी र रेनुका लम्साल रहेका छन् । उनीहरूको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।’
शनिबार बिहान उनीहरूको घरमाथि पहिरो गएपछि वडाको समन्वयमा प्रहरी सहितको टोलीले हरिमाया, माधव र गुञ्जेश्वरीलाई स्थानान्तरण गरी छिमेकीको घरमा राखिएको विरुवा गाउँपालिका वडा नं. ६ का वडाध्यक्ष कृष्णबहादुर क्षेत्रीले बताए ।
वडाध्यक्ष क्षेत्रीले भने–‘पहिरो आउने सम्भावना नरहेको निश्चय गरेर तीनै जनालाई छिमेकी ईश्वरीको घरमा सारिएको थियो । दुर्भाग्य अकल्पनीय घटना हुन पुग्यो ।’ पहिरोमा पुरिएर मृत्यु हुनेमा माधव र गुञ्जेश्वरी श्रीमान श्रीमती हुन् भने हरिमाया उनीहरूका छिमेकी हुन् । माधवका छोरा र हरिमायाका नाति भने साथीहरुसँग खेल्न बाहिर जाँदा बाँच्न सफल भएका थिए ।
उक्त पहिरोले पुरिएको घरमाथि सामुदायिक वन र तल ज्याग्दी खोला बगिरहेको छ । ज्याग्दी खोलाको कटानले अन्यत्र पनि बाढी पहिरोको जोखिम रहेकोले त्यस्ता ठाउँका बासिन्दाहरूलाई सतर्क रहन प्रहरी प्रशासन र स्थानीय निकायले आग्रह गरेको छ ।
१मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
२प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
३असई बनाइदिन्छु भन्दै १० लाख ठगी
४व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
५पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान