
१२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
२जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
३छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
४प्रहरी असई पुष्कर कार्कीद्वारा आफ्नै ४ महिने छोराको हत्या
५पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
६पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
७८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
८पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
९क्यान महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
१०प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
११जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
१२सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
१सफल सहकारीका अध्यक्ष गणेश श्रेष्ठ नैं ठगीमा संलग्न
२सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
३पोखरामा म्यानपावर सञ्चालकले पत्रकारमाथि अभद्र व्यवहार गर्दै बनाए बन्धक
४जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
५आन्दोलनकारीलाई आतंककारी भन्दैं दलहरुले पेल्न थालेपछि फेरि जुर्मुराउँदैं जेनजीहरु
६पोखरा महानगर खेलकुद विकास समिति अध्यक्षमा दीपक गोदार नियुक्त
७प्रहरी कार्यालयबाट हतियार लुट्ने दुई पक्राउ
८अन्तर्राष्ट्रिय माउन्टेन बाइक प्रतियोगिता ‘पोखरा इन्डुरो रेस’ सम्पन्न
९प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
१०८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
११पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
१२न्यु मोडेलकी सुसम रानाभाट पिस पोस्टर प्रतियोगितामा प्रथम
स्याङ्जा, २३ असार । स्याङ्जामा पहिरोले घर पुरिँदा तीन जनाको मृत्यु हुनुका साथै पाँचजना घाइते भएका छन् । शनिबार दिउँसो स्याङ्जाको बिरूवा गाउँपालिका–२ लामाखेतस्थित ईश्वरी लम्सालको घर पहिरोले पुरिँदा आश्रय लिईरहेका स्याङ्दी घर भएका तीन जना छिमेकीको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी डिएसपी इन्द्रबहादुर रानाका अनुसार पहिरोको जोखिम भएर छिमेकीको घरमा बास बसेका सोही वडाको माझकोट बस्ने ६७ वर्षीया हरिमाया शर्मा, ७१ वर्षीय माधव शर्मा र ६५ वर्षीया गुञ्जेश्वरी शर्मा मरासिनीको पहिरोले पुरिएरै मृत्यु हुन पुगेको हो ।
डिएसपी रानाले भने–‘पहिरोले घर पुरिँदा पाँच जना घाइते भएका छन् । घाइतेहरूमा ५३ वर्षीया ईश्वरी लम्साल, ५५ वर्षीय तीर्थ लम्साल, हरि लम्साल, चन्द्रा केसी र रेनुका लम्साल रहेका छन् । उनीहरूको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।’
शनिबार बिहान उनीहरूको घरमाथि पहिरो गएपछि वडाको समन्वयमा प्रहरी सहितको टोलीले हरिमाया, माधव र गुञ्जेश्वरीलाई स्थानान्तरण गरी छिमेकीको घरमा राखिएको विरुवा गाउँपालिका वडा नं. ६ का वडाध्यक्ष कृष्णबहादुर क्षेत्रीले बताए ।
वडाध्यक्ष क्षेत्रीले भने–‘पहिरो आउने सम्भावना नरहेको निश्चय गरेर तीनै जनालाई छिमेकी ईश्वरीको घरमा सारिएको थियो । दुर्भाग्य अकल्पनीय घटना हुन पुग्यो ।’ पहिरोमा पुरिएर मृत्यु हुनेमा माधव र गुञ्जेश्वरी श्रीमान श्रीमती हुन् भने हरिमाया उनीहरूका छिमेकी हुन् । माधवका छोरा र हरिमायाका नाति भने साथीहरुसँग खेल्न बाहिर जाँदा बाँच्न सफल भएका थिए ।
उक्त पहिरोले पुरिएको घरमाथि सामुदायिक वन र तल ज्याग्दी खोला बगिरहेको छ । ज्याग्दी खोलाको कटानले अन्यत्र पनि बाढी पहिरोको जोखिम रहेकोले त्यस्ता ठाउँका बासिन्दाहरूलाई सतर्क रहन प्रहरी प्रशासन र स्थानीय निकायले आग्रह गरेको छ ।
१सफल सहकारीका अध्यक्ष गणेश श्रेष्ठ नैं ठगीमा संलग्न
२सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
३पोखरामा म्यानपावर सञ्चालकले पत्रकारमाथि अभद्र व्यवहार गर्दै बनाए बन्धक
४जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
५आन्दोलनकारीलाई आतंककारी भन्दैं दलहरुले पेल्न थालेपछि फेरि जुर्मुराउँदैं जेनजीहरु