
१रास्वपा र उज्यालो नेपाल पार्टीबीच एकीकरण
२प्रहरी दमनको विरोध गर्दै पोखरामा मसाल जुलुश
३रवि लामिछाने र बालेन्द्र शाहबीच ७ बुँदे सहमति
४रवि र बालेन्द्र बीच सहकार्यको छिनोफानो आज
५नेपाली कांग्रेसको क्रियाशील राजनीतिबाट विश्राम लिने व्यवसायी विमल बस्यालको घोषणा
६प्रचण्डलाई जन्मथलो कास्की–३ बाट सर्वसम्मत उम्मेदवार सिफारिस
७सिन्धुलीमा बुहारीलाई पेट्रोल छर्केर आगो लगाइएको प्रहरी अनुसन्धानबाट पुष्टि
८‘जनप्रिय क्याम्पसको शैक्षिक गुणस्तर कायम राख्न प्रतिवद्ध छौं’
९कुमार नगरकोटीको ‘यदाकदा’ साङ्गीतिक काव्य सन्ध्या राष्ट्रिय सभागृहमा
१०हजुरआमाको हत्या आरोपमा नाति पक्राउ
११किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
१२लेखनाथ महोत्सवको २१औँ संस्करण बिहीबारदेखि, तयारी पूरा
१२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
२८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
३प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
४भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
५छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
६पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
७पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
८किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
९जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
१०पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
११क्यान महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
१२प्रहरी असई पुष्कर कार्कीद्वारा आफ्नै ४ महिने छोराको हत्या
पोखरा, १२ असार । प्राइम बहुउद्देश्यीय सहकारी ठगी मुद्दामा संलग्न अधिवक्ता ईन्द्रप्रसाद बराल १२ लाख धरौंटीमा जिल्ला अदालत कास्कीबाट रिहा भएका छन् । न्यायाधीश रामचन्द्र शर्माको एकल ईजलासले अधिवक्ता बराललाई धरौंटीमा छाड्ने आदेश दिएको हो ।
प्राइम सहकारीका कानुनी सल्लाहकार रहेका अधिवक्ता बरालले सहकारीबाट झण्डैं ५३ लाख रुपैयाँ भन्दा बढि रकम ठगी गरेको वित्तीय छानबिन प्रतिवेदन र प्रहरी अनुसन्धान प्रतिवेदनबाट खुलेको थियो ।
पोखरा महानगरपालिका वडा नं. १३ आर्वा स्थायी ठेगाना भई हाल पोखरा–१२ ढिकालेथर बस्दै आएका अधिवक्ता बराललाई प्रहरीले जेठ १ गते पक्राउ गरेको थियो । उच्च अदालत पोखरामा उनकी छोरी कुशुम बरालले दिएको बन्दीप्रत्यक्षीकरणको रिटमा अधिवक्ता बराल जेठ ८ गते थुनामुक्त भएका थिए । थुनामुक्त भएसँगैं बराल फरार भएका थिए ।
उच्च अदालत पोखराले कानुन व्यवसायी भन्दैं थुनामा नबसी मुद्दामा सहयोग गर्न दिएको छुटको दुरुपयोग गर्दै फरार भएपछि अधिवक्ता बराललाई प्रहरीले दिनभरि नैं हतकडी लगाएर अदालतमा उपस्थित गराएको थियो ।
फरार भएका अधिवक्ता बराल आइतबार आफैं अदालतमा उपस्थित भएका थिए । आइतबार अदालतमा हाजिर भए पनि थुनछेक बहस नसकिएकाले १ रात थुनामा रहेका बराल सोमबार धरौंटी बुझाएर रिहा भएका छन् ।
उनीसँगै पक्राउ परेका मुख्य योजनाकार प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रमणि पौडेल र व्यवस्थापक निरु थापासहित ७ जना गत विहीबार नै पुर्पक्षका लागि थुनामा गएका छन् । कास्की जिल्ला अदालतका न्यायाधीश रामचन्द्र शर्माको इजलासले उनीहरुलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो । तीन दिनसम्मको थुनछेक बहसपछि बिहीबार मात्र यस्तो आदेश आएको थियो ।
६५ जना प्रतिवादी रहेको उक्त मुद्दामा अदालतमा उपस्थित ९ मध्ये बाँकी २ जना धरौटीमा रिहा भए । सेयर सदस्य एवं सल्लाहकार मानबहादुर गुरुङलाई ३५ लाख र राष्ट्रिय सहकारी बैंक पोखराका तत्कालिन प्रबन्धक सन्तोष घिमिरेलाई १ लाख धरौटीमा रिहा गर्ने आदेश दिएको हो । घिमिरे भने मित्र मिलन सहकारी ठगी मुद्दामा कारागारमै छन् ।
सहकारीका निवर्तमान अध्यक्ष निदेशप्रसाद कोइराला, अध्यक्ष शंकर कार्की, पूर्व कोषाध्यक्ष कुलदीप भट्टराई, कर्जा अधिकृत सुनिल थापा र सुकुमबासी समितिका उत्तम मगर पनि पुर्पक्षका लागि थुनामा छन् ।
जिल्ला सहकारी वकिलको कार्यालयले उक्त सहकारी ठगीमा बलराम चापागाईं समेतको जाहेरीले सुरेन्द्रमणि पौडेलसमेत ६५ जनालाई प्रतिवादी बनाएर ८ देखि १० वर्षसम्म कैद सजाय तथा १ अर्ब ५७ करोड १५ लाख ८ हजार १ सय २४ रुपैयाँ बिगो रकम माग दाबीसहित अदालतमा अभियोगपत्र दायर गरेको थियो ।
उच्च अदालतको आदेश अवज्ञा गर्दै फरार भएका अधिवक्ता बरालको हातमा हतकडी:
उच्च अदालत पोखराले कानुन व्यवसायी भएको नाताले प्रहरी हिरासतमा नबसी मुद्दाको अनुसन्धानमा प्रहरीलाई सहयोग गर्न भन्दैं अधिवक्ता बराललाई थुनामुक्त गरिदिएको थियो । तर अधिवक्ता बरालले उच्च अदालतले दिएको सुविधाको दुरुपयोग गर्दै प्रहरीलाई सहयोग गर्नुको सोटो मोवाईल स्वीचअफ गरेर फरार भएका थिए । प्रहरीले खोजतलास गर्दा कहीं नभेटिएका अधिवक्ता बराल आइतबार आफैं अदालतमा उपस्थित भएका थिए । आइतबार थुनछेक बहसका क्रममा बयान लिने काम नसकिएपछि प्रहरीले बराललाई हतकडी लगाएर नै जिप्रका थुनामा राखेको थियो । भोलिपल्ट पनि अन्य कैदीसरह नै अधिवक्ता बराललाई प्रहरीले हतकडी लगाएर जिल्ला अदालत कास्कीमा उपस्थित गराएको थियो । साथै, प्रहरीले बयान लिने क्रममा अदालत भित्र जाँदा पनि अधिवक्ता बराललाई हतकडी नै लगाएर लैजाने र ल्याउने गरेको थियो । यो दृश्य देखिरहेका सहकारी पीडित बचतकर्ताहरुले भने खुशी व्यक्त गरेका छन् ।
कानुन सबैका लागि समान हो, तर पोखरामा कानुन व्यवसायीहरुलाई भने विशेष प्रकारको छुट अदालतले दिदैं आईरहेको थियो । यसपटक लगातार ठगीमा कानुन व्यवसायीहरु पक्राउ पर्ने क्रम चलिरहँदा बराललाई भने प्रहरीले कडाई गरेको छ । त्यसो त यस्ता ठगी र अपराधमा संलग्न कानुन व्यवसायीहरुलाई बचाउन झुण्ड बनाएर ईजलास नै घेर्ने कानुन व्यवसायीहरुले अब भने पाठ सिक्न जरुरी भएको छ । पैसा र पेशाका नाममा यस्तो ठगीमा संलग्नहरुलाई जोगाउन न्यायाधीश र अदालतलाई गुमराहमा राख्ने प्रवृत्तिको अन्त्य आवश्यक भईसकेको छ ।
१२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
२८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
३प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
४भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
५छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै