
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
४‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
५इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
६पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
७माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
८मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
९मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१०सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
११रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
१२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
६स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
७भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
८किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
९गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
१०तिब्बतर्फ ताल पुन: फुट्यो
११सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
१२सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
पोखरा, १२ असार । प्राइम बहुउद्देश्यीय सहकारी ठगी मुद्दामा संलग्न अधिवक्ता ईन्द्रप्रसाद बराल १२ लाख धरौंटीमा जिल्ला अदालत कास्कीबाट रिहा भएका छन् । न्यायाधीश रामचन्द्र शर्माको एकल ईजलासले अधिवक्ता बराललाई धरौंटीमा छाड्ने आदेश दिएको हो ।
प्राइम सहकारीका कानुनी सल्लाहकार रहेका अधिवक्ता बरालले सहकारीबाट झण्डैं ५३ लाख रुपैयाँ भन्दा बढि रकम ठगी गरेको वित्तीय छानबिन प्रतिवेदन र प्रहरी अनुसन्धान प्रतिवेदनबाट खुलेको थियो ।
पोखरा महानगरपालिका वडा नं. १३ आर्वा स्थायी ठेगाना भई हाल पोखरा–१२ ढिकालेथर बस्दै आएका अधिवक्ता बराललाई प्रहरीले जेठ १ गते पक्राउ गरेको थियो । उच्च अदालत पोखरामा उनकी छोरी कुशुम बरालले दिएको बन्दीप्रत्यक्षीकरणको रिटमा अधिवक्ता बराल जेठ ८ गते थुनामुक्त भएका थिए । थुनामुक्त भएसँगैं बराल फरार भएका थिए ।
उच्च अदालत पोखराले कानुन व्यवसायी भन्दैं थुनामा नबसी मुद्दामा सहयोग गर्न दिएको छुटको दुरुपयोग गर्दै फरार भएपछि अधिवक्ता बराललाई प्रहरीले दिनभरि नैं हतकडी लगाएर अदालतमा उपस्थित गराएको थियो ।
फरार भएका अधिवक्ता बराल आइतबार आफैं अदालतमा उपस्थित भएका थिए । आइतबार अदालतमा हाजिर भए पनि थुनछेक बहस नसकिएकाले १ रात थुनामा रहेका बराल सोमबार धरौंटी बुझाएर रिहा भएका छन् ।
उनीसँगै पक्राउ परेका मुख्य योजनाकार प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रमणि पौडेल र व्यवस्थापक निरु थापासहित ७ जना गत विहीबार नै पुर्पक्षका लागि थुनामा गएका छन् । कास्की जिल्ला अदालतका न्यायाधीश रामचन्द्र शर्माको इजलासले उनीहरुलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो । तीन दिनसम्मको थुनछेक बहसपछि बिहीबार मात्र यस्तो आदेश आएको थियो ।
६५ जना प्रतिवादी रहेको उक्त मुद्दामा अदालतमा उपस्थित ९ मध्ये बाँकी २ जना धरौटीमा रिहा भए । सेयर सदस्य एवं सल्लाहकार मानबहादुर गुरुङलाई ३५ लाख र राष्ट्रिय सहकारी बैंक पोखराका तत्कालिन प्रबन्धक सन्तोष घिमिरेलाई १ लाख धरौटीमा रिहा गर्ने आदेश दिएको हो । घिमिरे भने मित्र मिलन सहकारी ठगी मुद्दामा कारागारमै छन् ।
सहकारीका निवर्तमान अध्यक्ष निदेशप्रसाद कोइराला, अध्यक्ष शंकर कार्की, पूर्व कोषाध्यक्ष कुलदीप भट्टराई, कर्जा अधिकृत सुनिल थापा र सुकुमबासी समितिका उत्तम मगर पनि पुर्पक्षका लागि थुनामा छन् ।
जिल्ला सहकारी वकिलको कार्यालयले उक्त सहकारी ठगीमा बलराम चापागाईं समेतको जाहेरीले सुरेन्द्रमणि पौडेलसमेत ६५ जनालाई प्रतिवादी बनाएर ८ देखि १० वर्षसम्म कैद सजाय तथा १ अर्ब ५७ करोड १५ लाख ८ हजार १ सय २४ रुपैयाँ बिगो रकम माग दाबीसहित अदालतमा अभियोगपत्र दायर गरेको थियो ।
उच्च अदालतको आदेश अवज्ञा गर्दै फरार भएका अधिवक्ता बरालको हातमा हतकडी:
उच्च अदालत पोखराले कानुन व्यवसायी भएको नाताले प्रहरी हिरासतमा नबसी मुद्दाको अनुसन्धानमा प्रहरीलाई सहयोग गर्न भन्दैं अधिवक्ता बराललाई थुनामुक्त गरिदिएको थियो । तर अधिवक्ता बरालले उच्च अदालतले दिएको सुविधाको दुरुपयोग गर्दै प्रहरीलाई सहयोग गर्नुको सोटो मोवाईल स्वीचअफ गरेर फरार भएका थिए । प्रहरीले खोजतलास गर्दा कहीं नभेटिएका अधिवक्ता बराल आइतबार आफैं अदालतमा उपस्थित भएका थिए । आइतबार थुनछेक बहसका क्रममा बयान लिने काम नसकिएपछि प्रहरीले बराललाई हतकडी लगाएर नै जिप्रका थुनामा राखेको थियो । भोलिपल्ट पनि अन्य कैदीसरह नै अधिवक्ता बराललाई प्रहरीले हतकडी लगाएर जिल्ला अदालत कास्कीमा उपस्थित गराएको थियो । साथै, प्रहरीले बयान लिने क्रममा अदालत भित्र जाँदा पनि अधिवक्ता बराललाई हतकडी नै लगाएर लैजाने र ल्याउने गरेको थियो । यो दृश्य देखिरहेका सहकारी पीडित बचतकर्ताहरुले भने खुशी व्यक्त गरेका छन् ।
कानुन सबैका लागि समान हो, तर पोखरामा कानुन व्यवसायीहरुलाई भने विशेष प्रकारको छुट अदालतले दिदैं आईरहेको थियो । यसपटक लगातार ठगीमा कानुन व्यवसायीहरु पक्राउ पर्ने क्रम चलिरहँदा बराललाई भने प्रहरीले कडाई गरेको छ । त्यसो त यस्ता ठगी र अपराधमा संलग्न कानुन व्यवसायीहरुलाई बचाउन झुण्ड बनाएर ईजलास नै घेर्ने कानुन व्यवसायीहरुले अब भने पाठ सिक्न जरुरी भएको छ । पैसा र पेशाका नाममा यस्तो ठगीमा संलग्नहरुलाई जोगाउन न्यायाधीश र अदालतलाई गुमराहमा राख्ने प्रवृत्तिको अन्त्य आवश्यक भईसकेको छ ।
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन