
१सिन्धुलीमा बुहारीलाई पेट्रोल छर्केर आगो लगाइएको प्रहरी अनुसन्धानबाट पुष्टि
२‘जनप्रिय क्याम्पसको शैक्षिक गुणस्तर कायम राख्न प्रतिवद्ध छौं’
३कुमार नगरकोटीको ‘यदाकदा’ साङ्गीतिक काव्य सन्ध्या राष्ट्रिय सभागृहमा
४हजुरआमाको हत्या आरोपमा नाति पक्राउ
५किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
६लेखनाथ महोत्सवको २१औँ संस्करण बिहीबारदेखि, तयारी पूरा
७भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
८२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
९जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
१०छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
११प्रहरी असई पुष्कर कार्कीद्वारा आफ्नै ४ महिने छोराको हत्या
१२पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
१जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
२२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
३प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
४८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
५भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
६छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
७पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
८पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
९जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
१०पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
११क्यान महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
१२प्रहरी असई पुष्कर कार्कीद्वारा आफ्नै ४ महिने छोराको हत्या
पोखरा, २९ जेठ । मित्र मिलन बचत तथा ऋण सहकारी संस्थाको बचत तथा सम्पत्ति हिनामिना एवम् ठगी गरेको कसुरमा पूर्वअध्यक्ष भरत भट्टराई र गैर सदस्य सुवास अधिकारी मंगलबार आज अदालतको आदेशसँगैं पुर्पक्षका लागि कारागार चलान भएका छन् ।
जिल्ला अदालत कास्कीका न्यायाधीश चन्द्रकान्त पौडेलको एकल ईजलाशले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो । महिनौंदेखि फरार रहेका पोखरा वडा नं. २१ कृस्ती बस्ने वर्ष ३० का भट्टराई र सोही ठाउँ बस्ने वर्ष २८ का अधिकारीलाई वडा प्रहरी कार्यालय गगनगौंडाको टोलीले कोत्रेबाट यहीं जेठ २५ गते पक्राउ गरेको थियो ।
कास्की प्रहरीले जेठ २७ गते कसुर अभियोग बमोजिम सजायको लागि अदालत समक्ष पेश गरेकोमा थुनछेक बहस पछि पुर्पक्षका लागि कारागार पठाउने आदेश भएको हो ।
‘आज इजलासमा पीडितहरुलाई न्यायाधीश चन्द्रकान्त पौडेलज्यूले गर्नुभएको व्यवहारप्रति हामी सारै खुशी छौं । उहाँले पीडितहरुलाई ईजलाशमा बस्ने वातावरण बनाई दिनुका साथै आफ्नो पीडा र भनाई पनि राख्ने मौंका दिनुभएकोमा उहाँप्रति हामी आभारी छौं ।’-मित्र मिलन सहकारी बचत पीडित संघर्ष समितिका संयोजक सूर्य पोखरेल
पूर्वअध्यक्ष भट्टराईले सहकारीको ३ करोड ६० लाख ७८ हजार रुपैयाँको सम्पत्ति तथा बचतकर्ताको रकम हिनामिना गरेको वित्तीय छानबिन प्रतिवेदन र प्रहरी अनुसन्धानबाट खुलेको थियो । त्यसैगरी, सुवासले पोखरा वडा नं. २१ का वडाध्यक्ष दीपकप्रसाद सुवेदीसँग मिलेर चर्को मिटर ब्याजमा रकम सहकारीलाई खोजिदिए वापत ४० लाख रुपैयाँ कमिशन स्वरुप लिएको वित्तीय छानबिन प्रतिवेदन र प्रहरी अनुसन्धानबाट देखिएको थियो ।
मित्र मिलन सहकारी बचत पीडित संघर्ष समितिका संयोजक सूर्य पोखरेलले भने–‘आज इजलासमा पीडितहरुलाई न्यायाधीश चन्द्रकान्त पौडेलज्यूले गर्नुभएको व्यवहारप्रति हामी सारै खुशी छौं । उहाँले पीडितहरुलाई ईजलाशमा बस्ने वातावरण बनाई दिनुका साथै आफ्नो पीडा र भनाई पनि राख्ने मौंका दिनुभएकोमा उहाँप्रति हामी आभारी छौं ।’
वित्तीय अनुसन्धानका क्रममा सहकारीको २६ करोड ८३ लाख रुपैयाँ हिनामिना भएको देखिएको थियो । प्रहरी कार्यालयले ३१ करोड विगो दावीसहित सहकारी ऐन, २०४७ को दफा १२२ बमोजिम सहकारी कसूर मुद्दामा थप कारवाही गर्न अनुसन्धान प्रतिवेदन बुझाएको थियो । तर, सरकारी वकिलको कार्यालयले वित्तीय अनुसन्धान र प्रहरी छानबिन प्रतिवेदन भन्दा १० करोड घटाएर जम्मा २१ करोड बिगो माग दावी गरेर मुद्दा दायर गरेको थियो ।
१जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
२२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
३प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
४८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
५भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !