
१सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
२रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
३किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
४आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
५पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
६गोरखाका घरबारविहीन बाढी पीडितलाई राखियो होटलमा
७पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
८सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
९फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु
१०कास्कीमा बाढी पीडितका आफन्तका लागि डीएनए प्रोफाइलिङ सेवा एकीकृत रूपमा सुरु
११गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
१२भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
१मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
२प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
३व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
४पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
५रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा
६सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
७रोल्पा पहिरोमा परी ३ जनाको मृत्यु, ९ जना अझै बेपत्ता
८रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
९चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
१०रसुवा बाढी : ७८१ जनाको शव भेटियो
११स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
१२‘न्याय र कानून क्षेत्रमा स्तरीय कानूनी शिक्षा र व्यावसायिक सुरक्षाको अभाव’ : महान्यायाधिवक्ता डा. कँडेल
पोखरा, २७ वैशाख । जीवी राई समूहमा रहेर गृहमन्त्री रवि लामिछानेसहितको संलग्नतामा जनताको अर्बौं रुपैयाँ हिनामिना गरिएको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको वित्तीय स्थितिको विश्लेषणात्मक प्रतिवेदन आज पोखरा महानगरपालिकाले जिल्ला प्रहरी कार्यालय कास्कीलाई बुझाएको छ ।
वित्तीय स्थितिको विश्लेषणात्मक प्रतिवेदन मेयर धनराज आचार्य, उपमेयर मञ्जुदेवी गुरुङ र प्रमुख प्रशासकीय अधिकृत श्यामकृष्ण थापाले जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी वसन्तकुमार शर्मालाई बिहीबार आज हस्तान्तरण गरेका हुन् ।
सूर्यदर्शन सहकारीकै विषयमा यसअघि वित्तीय प्रतिवेदन तयार गरिएको थियो । यसपालि विस्तृत प्रतिवेदन आएको हो । अहिले गृहमन्त्री बनेका तत्कालीन सञ्चारकर्मी रवि लामिछानेसँग मिलेर ग्यालेक्सी टिभी चलाएका जिबी राईले सूर्यदर्शन सहकारीको रकम हिनामिना गरेको आरोप छ । त्यस विषयमा विस्तुत अध्ययनका लागि दोस्रोपटक अध्ययन समिति बनेको थियो । १९ हजारभन्दा बढी बचतकर्ताको अर्बभन्दा बढी बचत यो सहकारीका सञ्चालक लगायतले अपचलन गरेको आरोपमा मुद्दा चलिरहेको छ ।
प्रतिवेदनमा सहकारीको वित्तीय अवस्थाको विस्तृत अध्ययन तथा विश्लेषण गरिएको छ । विशेषज्ञका रूपमा नियुक्त एफसिए अनिल लामिछाने, सहकारी विज्ञ दीपक प्रकाश आचार्य, पोखरा महानगरपालिका सहकारी शाखा, महानगर सहकारी व्यवस्थापन समिति लगायतले प्रतिवेदन तयार गरेका हुन् । प्रतिवेदन ३४१९ पृष्ठ लामो छ ।
सूर्यदर्शन सहकारीका १८ हजार ७ सय बचतकर्ताको १ अर्ब ११ करोड १९ लाख ४३ हजार ४५ रुपैयाँ वर्तमान सञ्चालक समिति, पूर्वसञ्चालक समिति, लेखाका कर्मचारीसहित १९ जना मिलेर ठगेका थिए । १९ जना मध्ये सहकारीका ४ जना सदस्यहरु शिवबहादुर गुरुङ महेन्द्र भोटेसहित उपाध्यक्ष कैलाशकुमार दर्लामी, कोषाध्यक्ष कुमार रम्तेल, सञ्चालक समिति सदस्य भविश्वर अर्याललाई अदालतले पुर्पक्षका लागि थुनामा राखेर अनुसन्धान अघि बढाउन आदेश दिएको थियो । अझै १५ जना फरार छन् ।
जसमा संस्थापक अध्यक्ष जीबी राईसहित वर्तमान अध्यक्ष थानबहादुर बुढा मगर, पूर्वअध्यक्ष भूपेन्द्र राई, सचिव धीरजकुमार दाससहित लेखा अधिकृत सृष्टि मानन्धर, कर्जा अधिकृत बुद्धि गुरुङ, सदस्य हेमन्त अधिकारी, प्रमोद भट्टराई, अनुज नकर्मी, आईस्मा गुरुङ, कविता तामाङ, सागर केसी, ललिता तामाङ, दिनेश रोका र सुरज श्रेष्ठ फरार रहेका छन् ।
सहकारी ठग जीवी राईका व्यापारिक साझेदार पूर्व डीआईजी छविलाल जोशीको शंखमुलस्थित घरमा प्रहरीले छापा मार्दा सूर्यदर्शन सहकारीको मुख्य सफ्टवेयरको सर्भर बरामद गरेको थियो । जिल्ला प्रहरी कार्यालय कास्कीको आग्रहमा काठमाडौँ प्रहरीले पूर्वडीआईजी जोशीको घरमा छापा मारेको थियो ।
जोशीको घरमा सञ्चालित नेचर हब इन्टरनेशनल प्रालिको कार्यालयबाट प्रहरीले सूर्यदर्शन सहकारीको मुख्य सफ्टवेयरको सर्भर बरामद भएको थियो । नेचर हब इन्टरनेश्नलको अफिसमा लुकाएर राखेको अवस्थामा पोखरास्थित सूर्यदर्शन सहकारीको मुख्य सफ्टवेयरेको सर्भर बरामद गरिएको हो ।
पोखरास्थित सूर्यदर्शन सहकारीका संस्थापक अध्यक्ष गितेन्द्रबाबु (जिबी) राई र पूर्व डीआईजी जोशी व्यापारिक साझेदार हुन् । अन्तर्राष्ट्रिय प्रहरी संगठन (ईन्टरपोल) मार्फत गितेन्द्रबावु (जीबी) राई, वर्तमान अध्यक्ष थानबहादुर बुढामगर र पूर्वअध्यक्ष भुपेन्द्र राईविरुद्ध डिफ्युजन नोटिस जारी भएको छ ।
सूर्यदर्शन सहकारी ठगीमा सुरक्षाकर्मी, पत्रकार, राजनीतिक दलका नेता र अपराधिक पृष्ठभूमिका पात्रहरुको संलग्नता रहेको छ । शुरुमा नै मुद्दा फितलो बनाउने उद्देश्यले पोखरा महानगरपालिका भित्रै छानबिनका नाममा चलखेल हुँदा हजारौं बचतकर्ताहरुको रकम जोखिममा परेको थियो । तर पछिल्लो समय प्रहरी अनुसन्धानका क्रममा नयाँ नयाँ तथ्यहरु उजागर हुँदैं गईरहेका छन् ।
१मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
२प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
३व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
४पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
५रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा