News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

क्राईम–न्यूज प्रमुख समाचार

सामूहिक बलात्कारमा संलग्न पूर्णबहादुर गुरुङ पक्राउ

पोखरा–१५ कि ४२ वर्षीय महिलामाथि सामूहिक बलात्कार गरी चारैजना फरार भएका थिए

पोखरा, २३ वैशाख । वडा प्रहरी कार्यालय रामबजारले सामूहिक बलात्कारमा संलग्न भएर फरार रहेका पूर्णबहादुर गुरुङलाई आज आइतबार विहान ८ बजे पक्राउ गर्न सफल भएको छ ।

स्याङ्जा चापाकोट नगरपालिका वडा नं. ७ स्थायी घर भई हाल पोखरा–१५ क्रान्तिटोल बस्ने वर्ष ३७ का गुरुङ लगायतलाई अदालतले ११ वर्ष कैद र २५ हजार रुपैयाँ जरिवानाका साथैं दुईहजार दुईसय पीडित राहत कोषमा जम्मा गर्ने फैसला गरेको थियो ।

पक्राउ परेका गुरुङसहित ४ जना मिलेर २०७९ असार ६ गते राती साढे आठ बजेको समयमा पोखरा–१५, शिवशक्तिचोकस्थित क्रान्तिकारी टोल नजिकै बस्ने ४२ वर्षीय एकजना महिलालाई बाटो छेकेर, घेराबन्दीमा पारी, मुख थुनेर, ज्यान मार्नेसम्मको धाकधम्की दिई सामूहिक बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक बसन्तकुमार शर्माले जानकारी दिए ।

सूचना अधिकारीका अनुसार जिल्ला अदालत कास्कीले २०७९कार्तिक २३ गते फैसला गर्दै गुरुङसहित चारैजनालाई ११ वर्ष कैदको आदेश दिएको थियो । पक्राउ परेका गुरुङलाई अदालतमा उपस्थित गराई कारागार पठाइएको छ ।