
१‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
२इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
३पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
४माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
५मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
६मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
७सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
८रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
९किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
१०आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
११पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
१२गोरखाका घरबारविहीन बाढी पीडितलाई राखियो होटलमा
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
४रसुवा बाढी : ७८१ जनाको शव भेटियो
५चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
६रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
७स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
८भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
९गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
१०ढोरपाटनमा विदेशी सिकारीहरूको आकर्षण बढ्दै
११बागलुङमा सँगै काम गर्ने साथीको हत्या गरेको आरोपमा दुई जना पक्राउ
१२स्वास्थ्य मन्त्रालयद्वारा सबै स्थानीय तहलाई निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न परिपत्र
पोखरा, २० फागुन । विन्ध्यावासिनी सहकारीको ७ करोड भन्दा बढि रकम हिनामिना गरेको आरोपमा प्रहरीले अध्यक्ष सुवर्णमान नकर्मीसहित तीनजनालाई आज आईतबार पक्राउ गरेको छ । यसरी सहकारी ठगीमा पक्राउ पर्नेहरुमा पोखरा–८ बगाले टोलमा रहेको लेक सिटी हस्पिटल एण्ड क्रिटिकल कियर प्रा.लि. का अध्यक्ष उदित पौड्याल भन्ने उदिप सन्दिप पौडेल र सहकारी सञ्चालक समितिका सदस्य कृष्णमान श्रेष्ठ रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी मोहनकुमार थापाले सहकारी ठगीमा संलग्नहरु मध्ये प्रमुखहरुलाई तत्कालै पक्राउ गरिएको जानकारी दिए । एसपी थापाले भने–‘सहकारी ठगीका प्रमुख योजनाकार र त्यसमा संलग्न पात्रहरुलाई निगरानीमा राख्दैं आईरहेका थियौं र तत्कालै सहकारी रजिष्ट्रारको कार्यालयबाट प्रतिवेदन प्राप्त हुनासाथ पक्राउ गरिएको हो । सचिव गंगाधर सुवेदी भने दुई सातादेखि नै फरार भईसकेकोले तत्कालै पक्राउ गर्न सकिएन ।’
पोखरा–९, नयाँबजारमा कार्यालय रहेको यस सहकारीको रकम हिनामिना गरेको विषयमा छानबिनको माग गर्दै पीडित बचतकर्ताहरुले सहकारी रजिष्ट्रारको कार्यालय पोखरामा उजुरी दिएका थिए । उजुरी लगत्तै सहकारी रजिष्ट्रारको कार्यालयले छानबिन गर्दा झण्डै ७ करोड रुपैयाँ हिनामिना गरेको पुष्टि भएको छ ।
सहकारीको झण्डैं ७ करोड ठगीमा स्याङ्जा, फेदीखोला गाउँपालिका वडा नं. ७ स्थायी घर भई हाल पोखरा–४ बस्ने सहकारीका सचिव गंगाधर सुवेदी पनि संलग्न छन् । यता, बगालेटोलमा रहेको लेक सिटी हस्पिटलका अध्यक्ष उदित पौड्याल, सचिव सुवेदीका भाइ नाता पर्ने हुन् । सहकारी ठगीमा गंगाधर र उदित योजनावद्ध ढंगले संलग्न रहेका छन् । सचिव सुवेदीले पोखराको मानवअधिकारचोक अगाडि ‘अपेक्षा बुक्स एण्ड स्टेशनरी’ सञ्चालन गर्दै आईरहेका छन् ।

सहकारीको झण्डैं ७ करोड ठगीमा स्याङ्जा, फेदीखोला गाउँपालिका वडा नं. ७ स्थायी घर भई हाल पोखरा–४ बस्ने सहकारीका सचिव गंगाधर सुवेदी पनि संलग्न छन् । छानबिन चलिरहेकै बेलामा १५ दिन अघि देखि नै सुवेदी फरार भएका थिए ।
अध्यक्ष नकर्मी र सचिव गंगाधर सुवेदी मिलेर कार्य समितिका अन्य पदाधिकारीहरु समेतको किर्ते हस्ताक्षर गरी रकम दुरुपयोग तथा हिनामिना गरेका थिए । साविक शिशुवा वडा नं. २ हाल पोखरा महानगरपालिका वडा नं. २९ मा सहकारीको नाममा रहेको कि.नं. ८९३२ सिट नं. ०९०११६७१ को क्षेत्रफल ३-१-३-० मो जग्गा समेत किर्ते गरी बेचबिखन गरेका थिए । लम्की–चुहा नगरपालिका वडा नं. ६ कैलालीकी रेजिना विष्ट र पोखरा–१७, विरौटा बस्ने उदितसन्दीप पौडेललाई योजनावद्ध ढंगले ३ करोड ५९ लाख ९० हजारमा बेचेर सो रकम अध्यक्ष नकर्मी र सचिव सुवेदी मिलेर हिनामिना गरेका थिए ।
सञ्चालक समितिका अन्य सदस्यहरुको सही किर्ते गरी कागजपत्र तयार गरेर जग्गा बेचिएको थाहा पाएपछि अध्यक्ष नकर्मी र सचिव सुवेदीले माफी माग्दैं सहकारीका नाममा उक्त जग्गा फिर्ता गर्ने लिखित वचतवद्धता प्रकट गरेका थिए । किर्ते गरेर बेचबिखन गरिएको जग्गा ८ दिन भित्रमा फिर्ता गर्ने भनेर २०८० पुस २६ गते लिखित कागज गरिएको थियो ।

पोखरा–८ बगाले टोलमा रहेको लेक सिटी हस्पिटल एण्ड क्रिटिकल कियर प्रा.लि. का अध्यक्ष उदित पौड्याल भन्ने उदिप सन्दिप पौडेल ।
अध्यक्ष नकर्मी र सचिव गंगाधर सुवेदी मिलेर किर्ते कागजात बनाई लेकसिटी हस्पिटलका अध्यक्ष उदय भन्ने उदिप सन्दिप पौडेल र रेजिना विष्टलाई सहकारीको ३ रोपनी जमिन बेचेका थिए । त्यसैगरी कृष्णमान श्रेष्ठले सहकारीको संयुक्त खाता सञ्चालन गरी १ करोड भन्दा बढि रकम हिनामिना गरेका छन् । उनले अध्यक्ष नकर्मी र सचिव सुवेदीसँगैं आफ्नो नामको संयुक्त खाता सञ्चालन गरेका थिए ।
उक्त सहकारीको सञ्चालक समितिको अध्यक्षमा सुवर्णमान नकर्मी, उपाध्यक्षमा पार्वती बराल कटुवाल, सचिवमा गंगाधर सुवेदी, कोषाध्यक्षमा विपना मल्ल र सहसचिवमा ख्यामनाथ अधिकारी रहेका छन् । साथै सदस्यहरुमा केशवराज भण्डारी, कृष्णमान श्रेष्ठ, विनोद थकाली र अञ्जु अधिकारी रहेका छन् ।

अध्यक्ष र सचिव मिलेर यसरी सहकारीमा धितो राखिएको जग्गा ठगी गरेपछि पैसा फिर्ता गर्ने सहमतिका साथ गरिएको तमसुक । पैसा फिर्ता गर्न नसकेपछि सहकारी रजिष्ट्रारको कार्यालयमा परेको उजुरीको आधारमा वित्तीय अनुसन्धान पश्चात् कारवाहीको लागि प्रहरीकोमा प्रतिवेदन बुझाएको हो ।
अध्यक्ष सुवर्णमान नकर्मी र सचिव गंगाधर सुवेदी मिलेर अन्य पदाधिकारीको किर्ते हस्ताक्षर गरी तयार पारेको माईन्यूट र जग्गा बेचबिखनका प्रमाणित कागजपत्रहरुः




१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
४रसुवा बाढी : ७८१ जनाको शव भेटियो
५चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने