
१हजुरआमाको हत्या आरोपमा नाति पक्राउ
२किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
३लेखनाथ महोत्सवको २१औँ संस्करण बिहीबारदेखि, तयारी पूरा
४भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
५२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
६जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
७छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
८प्रहरी असई पुष्कर कार्कीद्वारा आफ्नै ४ महिने छोराको हत्या
९पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
१०पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
११८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
१२पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
१सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
२पोखरामा म्यानपावर सञ्चालकले पत्रकारमाथि अभद्र व्यवहार गर्दै बनाए बन्धक
३जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
४प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
५८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
६२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
७छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
८भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
९पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
१०पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
११क्यान महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
१२पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
पोखरा, २० फागुन । विन्ध्यावासिनी सहकारीको ७ करोड भन्दा बढि रकम हिनामिना गरेको आरोपमा प्रहरीले अध्यक्ष सुवर्णमान नकर्मीसहित तीनजनालाई आज आईतबार पक्राउ गरेको छ । यसरी सहकारी ठगीमा पक्राउ पर्नेहरुमा पोखरा–८ बगाले टोलमा रहेको लेक सिटी हस्पिटल एण्ड क्रिटिकल कियर प्रा.लि. का अध्यक्ष उदित पौड्याल भन्ने उदिप सन्दिप पौडेल र सहकारी सञ्चालक समितिका सदस्य कृष्णमान श्रेष्ठ रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी मोहनकुमार थापाले सहकारी ठगीमा संलग्नहरु मध्ये प्रमुखहरुलाई तत्कालै पक्राउ गरिएको जानकारी दिए । एसपी थापाले भने–‘सहकारी ठगीका प्रमुख योजनाकार र त्यसमा संलग्न पात्रहरुलाई निगरानीमा राख्दैं आईरहेका थियौं र तत्कालै सहकारी रजिष्ट्रारको कार्यालयबाट प्रतिवेदन प्राप्त हुनासाथ पक्राउ गरिएको हो । सचिव गंगाधर सुवेदी भने दुई सातादेखि नै फरार भईसकेकोले तत्कालै पक्राउ गर्न सकिएन ।’
पोखरा–९, नयाँबजारमा कार्यालय रहेको यस सहकारीको रकम हिनामिना गरेको विषयमा छानबिनको माग गर्दै पीडित बचतकर्ताहरुले सहकारी रजिष्ट्रारको कार्यालय पोखरामा उजुरी दिएका थिए । उजुरी लगत्तै सहकारी रजिष्ट्रारको कार्यालयले छानबिन गर्दा झण्डै ७ करोड रुपैयाँ हिनामिना गरेको पुष्टि भएको छ ।
सहकारीको झण्डैं ७ करोड ठगीमा स्याङ्जा, फेदीखोला गाउँपालिका वडा नं. ७ स्थायी घर भई हाल पोखरा–४ बस्ने सहकारीका सचिव गंगाधर सुवेदी पनि संलग्न छन् । यता, बगालेटोलमा रहेको लेक सिटी हस्पिटलका अध्यक्ष उदित पौड्याल, सचिव सुवेदीका भाइ नाता पर्ने हुन् । सहकारी ठगीमा गंगाधर र उदित योजनावद्ध ढंगले संलग्न रहेका छन् । सचिव सुवेदीले पोखराको मानवअधिकारचोक अगाडि ‘अपेक्षा बुक्स एण्ड स्टेशनरी’ सञ्चालन गर्दै आईरहेका छन् ।

सहकारीको झण्डैं ७ करोड ठगीमा स्याङ्जा, फेदीखोला गाउँपालिका वडा नं. ७ स्थायी घर भई हाल पोखरा–४ बस्ने सहकारीका सचिव गंगाधर सुवेदी पनि संलग्न छन् । छानबिन चलिरहेकै बेलामा १५ दिन अघि देखि नै सुवेदी फरार भएका थिए ।
अध्यक्ष नकर्मी र सचिव गंगाधर सुवेदी मिलेर कार्य समितिका अन्य पदाधिकारीहरु समेतको किर्ते हस्ताक्षर गरी रकम दुरुपयोग तथा हिनामिना गरेका थिए । साविक शिशुवा वडा नं. २ हाल पोखरा महानगरपालिका वडा नं. २९ मा सहकारीको नाममा रहेको कि.नं. ८९३२ सिट नं. ०९०११६७१ को क्षेत्रफल ३-१-३-० मो जग्गा समेत किर्ते गरी बेचबिखन गरेका थिए । लम्की–चुहा नगरपालिका वडा नं. ६ कैलालीकी रेजिना विष्ट र पोखरा–१७, विरौटा बस्ने उदितसन्दीप पौडेललाई योजनावद्ध ढंगले ३ करोड ५९ लाख ९० हजारमा बेचेर सो रकम अध्यक्ष नकर्मी र सचिव सुवेदी मिलेर हिनामिना गरेका थिए ।
सञ्चालक समितिका अन्य सदस्यहरुको सही किर्ते गरी कागजपत्र तयार गरेर जग्गा बेचिएको थाहा पाएपछि अध्यक्ष नकर्मी र सचिव सुवेदीले माफी माग्दैं सहकारीका नाममा उक्त जग्गा फिर्ता गर्ने लिखित वचतवद्धता प्रकट गरेका थिए । किर्ते गरेर बेचबिखन गरिएको जग्गा ८ दिन भित्रमा फिर्ता गर्ने भनेर २०८० पुस २६ गते लिखित कागज गरिएको थियो ।

पोखरा–८ बगाले टोलमा रहेको लेक सिटी हस्पिटल एण्ड क्रिटिकल कियर प्रा.लि. का अध्यक्ष उदित पौड्याल भन्ने उदिप सन्दिप पौडेल ।
अध्यक्ष नकर्मी र सचिव गंगाधर सुवेदी मिलेर किर्ते कागजात बनाई लेकसिटी हस्पिटलका अध्यक्ष उदय भन्ने उदिप सन्दिप पौडेल र रेजिना विष्टलाई सहकारीको ३ रोपनी जमिन बेचेका थिए । त्यसैगरी कृष्णमान श्रेष्ठले सहकारीको संयुक्त खाता सञ्चालन गरी १ करोड भन्दा बढि रकम हिनामिना गरेका छन् । उनले अध्यक्ष नकर्मी र सचिव सुवेदीसँगैं आफ्नो नामको संयुक्त खाता सञ्चालन गरेका थिए ।
उक्त सहकारीको सञ्चालक समितिको अध्यक्षमा सुवर्णमान नकर्मी, उपाध्यक्षमा पार्वती बराल कटुवाल, सचिवमा गंगाधर सुवेदी, कोषाध्यक्षमा विपना मल्ल र सहसचिवमा ख्यामनाथ अधिकारी रहेका छन् । साथै सदस्यहरुमा केशवराज भण्डारी, कृष्णमान श्रेष्ठ, विनोद थकाली र अञ्जु अधिकारी रहेका छन् ।

अध्यक्ष र सचिव मिलेर यसरी सहकारीमा धितो राखिएको जग्गा ठगी गरेपछि पैसा फिर्ता गर्ने सहमतिका साथ गरिएको तमसुक । पैसा फिर्ता गर्न नसकेपछि सहकारी रजिष्ट्रारको कार्यालयमा परेको उजुरीको आधारमा वित्तीय अनुसन्धान पश्चात् कारवाहीको लागि प्रहरीकोमा प्रतिवेदन बुझाएको हो ।
अध्यक्ष सुवर्णमान नकर्मी र सचिव गंगाधर सुवेदी मिलेर अन्य पदाधिकारीको किर्ते हस्ताक्षर गरी तयार पारेको माईन्यूट र जग्गा बेचबिखनका प्रमाणित कागजपत्रहरुः




१सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
२पोखरामा म्यानपावर सञ्चालकले पत्रकारमाथि अभद्र व्यवहार गर्दै बनाए बन्धक
३जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
४प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
५८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर