
१मक्किएको काँग्रेसलाई बचाउन खोज्दा खोज्दैं आफैं ढले गगन थापा, दिए सभापति पदबाट राजीनामा
२पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा ५५ मध्ये ३४ जना प्रतिवादी उपस्थित
३मानव बेचबिखन तथा ओसारपसार मुद्दामा दुईजना मानिस पक्राउ
४ढोरपाटनमा दादुरा प्रकोप, ३० जना अझै अस्पतालमा, नियन्त्रणका लागि खोप अभियान
५जाँदाजाँदै प्रधानमन्त्री कार्कीले बनाईन् पिएलाई प्रकृति संरक्षण कोषको अध्यक्ष
६तस्करी र भ्रष्टाचारमा लिप्त झलकराम अधिकारी
७राजस्वका पूर्वमहानिर्देशक झलकराम र कुटीका देवेन्द्र सहित तीनजनाविरुद्ध अख्तियारद्वारा विशेष अदालतमा मुद्दा दायर
८मनकामना दर्शन गरेर फर्किएका भारतीय सवार माइक्रो बस गोरखामा दुर्घटना हुँदा ७ जनाको मृत्यु
९ग्यास सिलिन्डर लुकाउनेलाई ५० हजार जरिवाना
१०आईजीपी दानबहादुरलाई ‘नसिहत’ दिन कार्की आयोगको सिफारिस
११कुमार पौडेल हत्या प्रकरणमा सर्वोच्चको परमादेश
१२सांसद महावीर पुनमाथि अभद्र व्यवहार गर्ने गुरुङ पक्राउ
१‘सहकारी पीडित हुँ’ भन्दै आन्दोलन गर्ने ‘कृष्णप्रसाद’ नैं ‘सहकारी ठगी’मा संलग्न
२तस्करी र भ्रष्टाचारमा लिप्त झलकराम अधिकारी
३राजस्वका पूर्वमहानिर्देशक झलकराम र कुटीका देवेन्द्र सहित तीनजनाविरुद्ध अख्तियारद्वारा विशेष अदालतमा मुद्दा दायर
४बस दुर्घटनामा परी घाइते भएका २८ जनाको सनाखत, मृतकको अझै पहिचान खुल्न सकेन
५जाँदाजाँदै प्रधानमन्त्री कार्कीले बनाईन् पिएलाई प्रकृति संरक्षण कोषको अध्यक्ष
६धादिङको चरौँदी नजिकै त्रिशूली नदीमा बस खस्दा १७ जनाको मृत्यु
७पूर्वमन्त्री रञ्जिता श्रेष्ठ धरौंटीमा रिहा
८बीबीसीको रिपोर्ट : तत्कालीन आईजीपीको आदेशले विद्यालय पोसाकमै प्रदर्शनकारी मारिए
९धादिङमा भएको बस दुर्घटनामा ज्यान गुमाएका सबैको खुल्यो पहिचान (नामावलीसहित)
१०बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या १९ पुग्यो
११आईजीपी दानबहादुरलाई ‘नसिहत’ दिन कार्की आयोगको सिफारिस
१२कास्की–२ मा निर्दोष पौडेलको उम्मेदवारी फिर्ता
जनकल्याण पराजुली राष्ट्रिय बन अपचलनको मुद्दामा समेत फरार थिए…
पोखरा, ६ फागुन । मित्र मिलन सहकारी ठगी, मिटरव्याजी कारोबार, कर छली लगायत राष्ट्रिय वन अपचलन मुद्दामा महिनौंदेखि फरार कानुनी व्यवसायी जनकल्याण पराजुलीलाई जिल्ला अदालत कास्कीले आज आइतबार धरौंटीमा रिहा गरेको छ । महिनौदेखि फरार रहेका पराजुलीलाई न्यायाधीश नवराज दाहालको एकल ईजलासले सहकारी ठगीमा ३ लाख धरौंटीमा छाड्ने आदेश दिएको हो ।
नेकपा एमाले निकट भातृ संगठन प्रगतिशिल पेशागत कानुन व्यवसायी संगठन (पीपीएलए) कास्कीका अध्यक्ष एवं मित्र मिलन सहकारीका कानुनी सल्लाहकार पराजुली प्रहरीले पक्राउ पुर्जी जारी गरेसँगैं फरार भएका थिए ।
मिटरव्याजी कारोबारमा समेत संलग्न रहँदै आएका कानुन व्यवसायी पराजुलीका पक्षमा अदालतमा नेकपा एमाले, काँग्रेस र माओवादी लगायत विभिन्न दल निकट कानुनी व्यवसायीहरु झण्डै ४० जना जति उपस्थित हुँदैं बचाऊमा आधा दर्जनले बहस गरेका थिए । जनकल्याणको पक्षमा कानुन व्यवसायीहरु कृष्णबहादुर गुरुङ, हरि सुवेदी, रोहितराज बाँस्तोला, जगन्नाथ ढकाल लगायतले बहस गरेका थिए ।
सहकारी ठगी, मिटर व्याँजी कारोबार र कर छलीको आरोप लागेको थियो जनकल्याण पराजुलीलाई:
सहकारीमा अर्जुन गिरी र विजय लम्साल मार्फत् जोडिई मासिक ६ हजारका दरले कानुनी परामर्श अधिकृतको रुपमा जिम्मेवारी लिई सहकारीको हक, हित र सम्पत्ति एवम् बचतकर्ताको बचत रकम सुरक्षणमको लागि कानुनी दायित्व निर्वाह गर्नुको साटो चर्को मिटर व्याजमा रकम लगाएर जबरजस्ती रुपमा आफ्नो श्रीमती कमला पराजुलीको नाउँमा लिएको नयाँबजारमा घर धितो राखी ऋण लिने भनि २०७७ फागुन ११ गतेमा उक्त घर उपाध्यक्ष विजय लम्सालको नाउँमा लिखत तयार पारेर पास गराई सोही दिन उक्त घर सहकारीबाट धितो राखी विजय लम्सालको नाउँमा सहकारीबाट २ करोड ५० लाख ऋण स्वीकृत भएपछि उक्त रकम सिधैं जनकल्याण पराजुलीको सहकारीमा रहेको खातामा सिधैं ट्रान्सफर गराएर लिएको र उक्त ऋण (लोन) रकमको किस्ता तिर्नुपर्ने दायित्व पराजुलीको भएपनि रकम तिरेको कुनै प्रमाण वित्तीय र प्रहरी अनुसन्धानका क्रममा भेटिएन ।
अधिवक्ता पराजुलीले वित्तीय विश्लेषकसँग स्वतन्त्र रुपमा बयान दिदाँ आफूले श्रीमतीको नाउँको घर सहकारीको उपाध्यक्ष बिजय लम्साललाई २ करोड ३५ लाखमा बेचेको हुँ भनेता पनि घर खरिदबिक्री गर्दा तयार भएको लिखितमा मात्र ९९ लाख रुपैयाँ रकम राखेर पास गराएको देखिँदा पराजुलीले १ करोड ३६ लाख सिधैं सहकारीको रकम हिनामिना गरेको उनकै बयानबाट पुष्टि भएको अभियोजनपत्रमा उल्लेख छ ।
सहकारीका अध्यक्ष रमण पौडेल समेतको बयानका क्रममा जनकल्याण पराजुलीले हामीहरुसँग भएको सहमति अनुसार बिजय लम्सालको नाउँमा सहकारीबाट प्रवाह भएको ऋण २ करोड ३५ लाख तिरेका छैनन् भनि स्पष्ट रुपमा खुलाई लेखाई दिएबाट पनि पराजुलीले समेत संलग्नतामा सहकारीको सम्पत्ति हिनामिना एवम् बचतकर्ताको रकम अपचलन गर्ने कार्यमा पूर्ण संलग्नता देखिएको बित्तीय र प्रहरी अनुसन्धानबाट खुलेको छ ।
पराजुलीलाई सहकारी ऐन, २०७४ को दफा १२२ को उपदफा (त)ले परिभाषित कसुर गरेको हुँदा ऐनको दफा १२४ को उपदफा (१)को खण्ड (घ४) बमोजिम अधिकतम सजायको मागदावी मुद्दा दायर गरिएको थियो ।
जनकल्याण राष्ट्रिय बन अपचलनको मुद्दामा समेत फरार थिए…
सहकारी ठगी, कर छलि, मिटरब्याजी धन्दामा पक्राउ पुर्जी जारी भएसँगैं फरार रहेकैंं बेलामा जनकल्याण पराजुलीसहित १८ जनालाई राष्ट्रिय वन अपचलनमा जिल्ला अदालत कास्कीमा अर्को पनि दर्ता भएको थियो । सोही मुद्दामा आज भएको बहसका क्रममा न्यायाधीश नवराज दाहालको एकल ईजलासले पराजुलीलाई साधारण तारेखमा छाडेको थियो ।
पोखरा महानगरपालिका वडा नं. २१ स्थिच खच्र्याङ हिलसाईड रिट्रेटले भौतिक संरचना निर्माण गर्ने क्रममा खच्र्याङ अजिङ्गरे सामुदायिक वन क्षेत्रको सयौं रोपनी जग्गा अतिक्रमण गरी स्थायी संरचना निर्माण गरी रिसोर्ट सञ्चालन गरेको सम्बन्धमा डिभिजन वन कार्यालय कास्कीले जनकल्याण पराजुलीसहित १८ जना विरुद्ध जिल्ला अदालत कास्कीमा यहीं पुस २२ गते मुद्दा दायर भएको थियो ।
डिभिजन वन कार्यालय कास्कीका वन अधिकृत निर्मला फुलारा समेतको प्रतिवेदनका आधारमा राष्ट्रिय वन क्षेत्र अतिक्रमण गरी भोगचलन गरेको आरोपमा डा.राजन शर्मा समेत १८ जना विरुद्ध मुद्दा दर्ता गरिएको थियो । उनीहरुले राष्ट्रिय वन क्षेत्रको १२ रोपनी क्षेत्रफलको जग्गा आफ्नो भनि कानुन विपरित अतिक्रमण गरेको भन्दैं एकलाख रुपैयाँ जरिवाना र पाँच वर्षसम्मको कैद सजायको माग गर्दै मुद्दा दायर भएको थियो ।




मिटरव्याजी कारोबारमा समेत संलग्न रहँदै आएका कानुन व्यवसायी जनकल्याण पराजुलीका पक्षमा अदालतमा नेकपा एमाले, काँग्रेस र माओवादी लगायत विभिन्न दल निकट कानुनी व्यवसायीहरु झण्डै ४० जना जति उपस्थित हुँदैं बचाऊमा आधा दर्जनले बहस गरेका थिए ।
१‘सहकारी पीडित हुँ’ भन्दै आन्दोलन गर्ने ‘कृष्णप्रसाद’ नैं ‘सहकारी ठगी’मा संलग्न
२तस्करी र भ्रष्टाचारमा लिप्त झलकराम अधिकारी
३राजस्वका पूर्वमहानिर्देशक झलकराम र कुटीका देवेन्द्र सहित तीनजनाविरुद्ध अख्तियारद्वारा विशेष अदालतमा मुद्दा दायर
४बस दुर्घटनामा परी घाइते भएका २८ जनाको सनाखत, मृतकको अझै पहिचान खुल्न सकेन
५जाँदाजाँदै प्रधानमन्त्री कार्कीले बनाईन् पिएलाई प्रकृति संरक्षण कोषको अध्यक्ष