
१किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
२लेखनाथ महोत्सवको २१औँ संस्करण बिहीबारदेखि, तयारी पूरा
३भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
४२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
५जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
६छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
७प्रहरी असई पुष्कर कार्कीद्वारा आफ्नै ४ महिने छोराको हत्या
८पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
९पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
१०८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
११पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
१२क्यान महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
१सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
२पोखरामा म्यानपावर सञ्चालकले पत्रकारमाथि अभद्र व्यवहार गर्दै बनाए बन्धक
३जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
४प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
५८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
६२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
७छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
८पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
९भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
१०पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
११क्यान महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
१२पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
जनकल्याण पराजुली राष्ट्रिय बन अपचलनको मुद्दामा समेत फरार थिए…
पोखरा, ६ फागुन । मित्र मिलन सहकारी ठगी, मिटरव्याजी कारोबार, कर छली लगायत राष्ट्रिय वन अपचलन मुद्दामा महिनौंदेखि फरार कानुनी व्यवसायी जनकल्याण पराजुलीलाई जिल्ला अदालत कास्कीले आज आइतबार धरौंटीमा रिहा गरेको छ । महिनौदेखि फरार रहेका पराजुलीलाई न्यायाधीश नवराज दाहालको एकल ईजलासले सहकारी ठगीमा ३ लाख धरौंटीमा छाड्ने आदेश दिएको हो ।
नेकपा एमाले निकट भातृ संगठन प्रगतिशिल पेशागत कानुन व्यवसायी संगठन (पीपीएलए) कास्कीका अध्यक्ष एवं मित्र मिलन सहकारीका कानुनी सल्लाहकार पराजुली प्रहरीले पक्राउ पुर्जी जारी गरेसँगैं फरार भएका थिए ।
मिटरव्याजी कारोबारमा समेत संलग्न रहँदै आएका कानुन व्यवसायी पराजुलीका पक्षमा अदालतमा नेकपा एमाले, काँग्रेस र माओवादी लगायत विभिन्न दल निकट कानुनी व्यवसायीहरु झण्डै ४० जना जति उपस्थित हुँदैं बचाऊमा आधा दर्जनले बहस गरेका थिए । जनकल्याणको पक्षमा कानुन व्यवसायीहरु कृष्णबहादुर गुरुङ, हरि सुवेदी, रोहितराज बाँस्तोला, जगन्नाथ ढकाल लगायतले बहस गरेका थिए ।
सहकारी ठगी, मिटर व्याँजी कारोबार र कर छलीको आरोप लागेको थियो जनकल्याण पराजुलीलाई:
सहकारीमा अर्जुन गिरी र विजय लम्साल मार्फत् जोडिई मासिक ६ हजारका दरले कानुनी परामर्श अधिकृतको रुपमा जिम्मेवारी लिई सहकारीको हक, हित र सम्पत्ति एवम् बचतकर्ताको बचत रकम सुरक्षणमको लागि कानुनी दायित्व निर्वाह गर्नुको साटो चर्को मिटर व्याजमा रकम लगाएर जबरजस्ती रुपमा आफ्नो श्रीमती कमला पराजुलीको नाउँमा लिएको नयाँबजारमा घर धितो राखी ऋण लिने भनि २०७७ फागुन ११ गतेमा उक्त घर उपाध्यक्ष विजय लम्सालको नाउँमा लिखत तयार पारेर पास गराई सोही दिन उक्त घर सहकारीबाट धितो राखी विजय लम्सालको नाउँमा सहकारीबाट २ करोड ५० लाख ऋण स्वीकृत भएपछि उक्त रकम सिधैं जनकल्याण पराजुलीको सहकारीमा रहेको खातामा सिधैं ट्रान्सफर गराएर लिएको र उक्त ऋण (लोन) रकमको किस्ता तिर्नुपर्ने दायित्व पराजुलीको भएपनि रकम तिरेको कुनै प्रमाण वित्तीय र प्रहरी अनुसन्धानका क्रममा भेटिएन ।
अधिवक्ता पराजुलीले वित्तीय विश्लेषकसँग स्वतन्त्र रुपमा बयान दिदाँ आफूले श्रीमतीको नाउँको घर सहकारीको उपाध्यक्ष बिजय लम्साललाई २ करोड ३५ लाखमा बेचेको हुँ भनेता पनि घर खरिदबिक्री गर्दा तयार भएको लिखितमा मात्र ९९ लाख रुपैयाँ रकम राखेर पास गराएको देखिँदा पराजुलीले १ करोड ३६ लाख सिधैं सहकारीको रकम हिनामिना गरेको उनकै बयानबाट पुष्टि भएको अभियोजनपत्रमा उल्लेख छ ।
सहकारीका अध्यक्ष रमण पौडेल समेतको बयानका क्रममा जनकल्याण पराजुलीले हामीहरुसँग भएको सहमति अनुसार बिजय लम्सालको नाउँमा सहकारीबाट प्रवाह भएको ऋण २ करोड ३५ लाख तिरेका छैनन् भनि स्पष्ट रुपमा खुलाई लेखाई दिएबाट पनि पराजुलीले समेत संलग्नतामा सहकारीको सम्पत्ति हिनामिना एवम् बचतकर्ताको रकम अपचलन गर्ने कार्यमा पूर्ण संलग्नता देखिएको बित्तीय र प्रहरी अनुसन्धानबाट खुलेको छ ।
पराजुलीलाई सहकारी ऐन, २०७४ को दफा १२२ को उपदफा (त)ले परिभाषित कसुर गरेको हुँदा ऐनको दफा १२४ को उपदफा (१)को खण्ड (घ४) बमोजिम अधिकतम सजायको मागदावी मुद्दा दायर गरिएको थियो ।
जनकल्याण राष्ट्रिय बन अपचलनको मुद्दामा समेत फरार थिए…
सहकारी ठगी, कर छलि, मिटरब्याजी धन्दामा पक्राउ पुर्जी जारी भएसँगैं फरार रहेकैंं बेलामा जनकल्याण पराजुलीसहित १८ जनालाई राष्ट्रिय वन अपचलनमा जिल्ला अदालत कास्कीमा अर्को पनि दर्ता भएको थियो । सोही मुद्दामा आज भएको बहसका क्रममा न्यायाधीश नवराज दाहालको एकल ईजलासले पराजुलीलाई साधारण तारेखमा छाडेको थियो ।
पोखरा महानगरपालिका वडा नं. २१ स्थिच खच्र्याङ हिलसाईड रिट्रेटले भौतिक संरचना निर्माण गर्ने क्रममा खच्र्याङ अजिङ्गरे सामुदायिक वन क्षेत्रको सयौं रोपनी जग्गा अतिक्रमण गरी स्थायी संरचना निर्माण गरी रिसोर्ट सञ्चालन गरेको सम्बन्धमा डिभिजन वन कार्यालय कास्कीले जनकल्याण पराजुलीसहित १८ जना विरुद्ध जिल्ला अदालत कास्कीमा यहीं पुस २२ गते मुद्दा दायर भएको थियो ।
डिभिजन वन कार्यालय कास्कीका वन अधिकृत निर्मला फुलारा समेतको प्रतिवेदनका आधारमा राष्ट्रिय वन क्षेत्र अतिक्रमण गरी भोगचलन गरेको आरोपमा डा.राजन शर्मा समेत १८ जना विरुद्ध मुद्दा दर्ता गरिएको थियो । उनीहरुले राष्ट्रिय वन क्षेत्रको १२ रोपनी क्षेत्रफलको जग्गा आफ्नो भनि कानुन विपरित अतिक्रमण गरेको भन्दैं एकलाख रुपैयाँ जरिवाना र पाँच वर्षसम्मको कैद सजायको माग गर्दै मुद्दा दायर भएको थियो ।




मिटरव्याजी कारोबारमा समेत संलग्न रहँदै आएका कानुन व्यवसायी जनकल्याण पराजुलीका पक्षमा अदालतमा नेकपा एमाले, काँग्रेस र माओवादी लगायत विभिन्न दल निकट कानुनी व्यवसायीहरु झण्डै ४० जना जति उपस्थित हुँदैं बचाऊमा आधा दर्जनले बहस गरेका थिए ।
१सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
२पोखरामा म्यानपावर सञ्चालकले पत्रकारमाथि अभद्र व्यवहार गर्दै बनाए बन्धक
३जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
४प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
५८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर