
१प्रहरी दमनको विरोध गर्दै पोखरामा मसाल जुलुश
२रवि लामिछाने र बालेन्द्र शाहबीच ७ बुँदे सहमति
३रवि र बालेन्द्र बीच सहकार्यको छिनोफानो आज
४नेपाली कांग्रेसको क्रियाशील राजनीतिबाट विश्राम लिने व्यवसायी विमल बस्यालको घोषणा
५प्रचण्डलाई जन्मथलो कास्की–३ बाट सर्वसम्मत उम्मेदवार सिफारिस
६सिन्धुलीमा बुहारीलाई पेट्रोल छर्केर आगो लगाइएको प्रहरी अनुसन्धानबाट पुष्टि
७‘जनप्रिय क्याम्पसको शैक्षिक गुणस्तर कायम राख्न प्रतिवद्ध छौं’
८कुमार नगरकोटीको ‘यदाकदा’ साङ्गीतिक काव्य सन्ध्या राष्ट्रिय सभागृहमा
९हजुरआमाको हत्या आरोपमा नाति पक्राउ
१०किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
११लेखनाथ महोत्सवको २१औँ संस्करण बिहीबारदेखि, तयारी पूरा
१२भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
१जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
२२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
३८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
४प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
५भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
६छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
७पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
८पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
९जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
१०किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
११पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
१२क्यान महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
सरस्वती मया दृष्टा वीणापुस्तक धारिणी ।
हंसवाहन संयुक्ता विधादानं करोतु मे ॥
सङ्गीत, ज्ञान अनि विद्याकी देवी सरस्वतीको यीनै स्तोत्रको सरल नेपाली अनुवाद प्रस्तुत गर्दै आजको सरस्वती पूजा विशेष आलेखलाई श्री गणेश गर्न चाह्यौं ।
जो चन्द्रको समान उज्जवल हुनुन्छ, सेतो वस्त्र लगाएर हातमा वीणा र वरदान दिने स्फटीकको मालासहित शुसोभीत हुनुहुन्छ, सेतो कमलको फूलमा आसिन ती देवी जसको ब्रह्मा, विष्णु तथा शिव आदि सबैले उपासना गर्नुहुन्छ उनै माता सरस्वती हाम्रा अज्ञानताहरु चिर्दै हामीलाई निर्मल विद्या दिनुहोस् ।
सरस्वती पूजा या भनौ, श्रीपञ्चमी भनौ वा वसन्त पञ्चमी आज विद्या र सङ्गीतकी प्रतिरूप सरस्वतिको पुजा आराधना गरी मनाइने विशेष दिन । आजबाट क्रमशः वसन्त ऋतुको शुरुवात हुने मान्यता रहेको छ । यो हिउँदको मुटु छेड्ने जाडो र पानीको ठिहिबाट क्रमशः अब कोईलीको कुहु कुहु अनि न्यानोपनाको राजा मौसम बसन्तको सेरोफेरोमा स्वागत छ ।
वैदिक सनातन हिन्दू संस्कारका अत्यन्त ब्यवहारीक आयामहरु छन् । यी संस्कारहरु नेपालीपनका अभिन्न अङ्गहरु भएका छन् । हलो, गोरु, माटो, वोट विरुवा, कुकुर लगायत चेलीवेटी, औजारहरु अनि अन्नवालीहरुकासाथै आजको दिन श्रृजना अनि ज्ञानको पूजा गर्ने दिन हो है ।
ब्रह्मा भिभर्त पूराणुमा प्रष्ट रूपमा उल्लेख गरिएको छ कि विद्या, कला, शब्द, विज्ञान अनि विचारकी देवी सरस्वतीलाई आजको दिनमा सबैले सम्झना गर्दै पूजा गरिन्छ भनि भगवान श्री कृष्णले वरदान दिएका हुन्र । विहानै उठेर प्रातः स्नान पश्चात् चोखोनितो गरी सफा कपडा लगाएर कलश स्थापना गरिन्छ अनि क्रमशः गणेश, विष्णु, शिव आदि देवताहरुको अर्चना गरिन्छ, सूर्यको अर्चना पनि गरिँदै सरस्वतीको उपासना गरिन्छ ।
विद्यालयहरुमा त आज विशेष रमझम रहन्छ, तराईतिर आजको दिन रङ्गिन गुलिया रसिला बुनियाँको दाना, बयर तथा अन्य फलपूलहरू प्रसादीका रुपमा बाँडिन्छ । कतिपय विधालयमा विद्यार्थीहरुको सक्रियतामा शाहाकारी भोजनै आयोजना समेत गरिने गरिएको छ । विभिन्न रङ्ग रगिंन तोरणहरु झुण्ड्याएर, अशोकको रुखको पात या केराका दाम्चा अनि बाँसको प्रयोग गरेर बनाएको प्रवेश द्वारहरुबाट आज धेरै विधालयहरु सजिसजाउ रहन्छ ।
विद्यार्थीहरुकालागि आजको अर्को रौनकता भने आजको दिनमा विद्यालयको दैनिक पोशाक विनानै विद्यालय प्रवेश गर्न पाउनु हो, फरक फरक पोशाकमा रङ्गीन विद्यार्थीहरुको लर्को आज धेरै विद्यालय परिसरमा देखिन्छ ।
काठमाडौमा बिभिन्न सरस्वती मन्दिरहरू जस्तै नीरबाराही, लाजिम्पाट, स्वयम्भू, गैरीधाराको नीलसरस्वती, ललितपुरको लेले आदिमा मेला लाग्ने गर्छ भने नेपालभरिका धेरै मन्दिर अनि विधाको केन्द्र विधालयहरुमा जमघट रहन्छ । पशुपतिमा रहेको सरस्वतीको मुर्ति जसलार्इ वुद्धमार्गीहरुले मञ्जुश्रीका रुपमा पनि पूजा गर्दछन् । त्यसै प्रतिमामा आज विशेष पूजा अर्चना गर्ने गरिन्छ ।
नेपालको परिवेशमा कुरागर्ने हो भने हामी नेपाली साँच्चीकै सानो परिवेशमा बाँचेका भने पक्कै छैनौ, नेपाल अधिराज्य भरिको धेरैजसो सरकारी विद्यालयहरुमा कहिँ कतै सानो या ठूलो सरस्वतीको मन्दिर रहेकौ छ । सरस्वती देवीलाई हिन्दू धर्म या संस्कारसंग भन्दा पनि मानवहरुको विद्याप्रतिको आशक्तिकारुपमा हेर्न जरुरी छ, हामी जुनसुकै धर्म या विश्वासको भएपनि हाम्रो विधासँगको नाता र ज्ञानको परिपूर्तिकारुपमा विधादेवी सरस्वती र आजको दिनलाई लिन सकिन्छ ।
आजकै दिनमा हामीमध्य धेरैले अक्षराम्भ गरेका हुनसक्छौं, अर्कोतर्फ आजको दिन सर्जकहरुको दिन हो । आफ्ना सिर्जना र शब्दहरुको पूजागर्ने विशेष दिन सरस्वती पूजाको सम्पूर्ण सर्जकलाई शुभकामना, यो सिर्जनाको डोर अनन्त कालसम्म रहिरहोस् । सिर्जनाका औजारहरु कलम, मसी अनि कागजको आज पूजा गरिन्छ, सरस्वतीको असिम कृपाले सकारात्मक शब्दहरु, भावहरु, ब्याख्याहरुको पर्दापण भईरहोस्, सर्जकहरु चाहे लेखक हुन् या गायक या ब्यूटिसियन हुन या सुचिकार या घर बनाउने मिस्त्री देखि मुर्ती वनाउने मुर्तिकारसम्म सबैले आफ्नो सिर्जनाको सम्मान तथा मूल्य सहि पाउन्, जाँङ्गर लागिरहोस अनि सिर्जनाको उजेलीले समाजको अँध्यारो सँधै दुर होस् ।
आजको वसन्त पञ्चमीलाई मुस्लिम समूदायले सुफि बसन्तका रुपमा १२औ शताब्दीदेखि मनाउँदै आएको विभिन्न दस्तावेज अनि मुसलमान किम्बदन्तीहरुमा पाईन्छ । दिल्लीका तत्कालीन फकिर निजामुद्धीनका भतिजा तकुद्धिनको असामहिक मृत्यूले निजामुद्धीन अत्यन्त मर्माहीत भएका थिए, सुफीका महान कवी अमिर फुस्रोले फकिरलाई खुशीपार्न आजकै दिन गमलामा फूल र पहेँलो वस्त्रमा हाँस्दैगएर फकिरलाई हसाँउन सकेको र यस दिनलाई सुफि बसन्त पनि भनिएको जनउक्तिहरु रहेको छ । त्यसपश्चात आजको दिनलाई निजामुद्धीन औलियाको दिल्लीमा रहेको दरगाहमा सधैं सुफि बसन्तका रुपमा मनाउन थालिएको हो ।
तपाई हामी जुनै धर्म या संस्कृती या विश्वाब भएका ब्यक्ति हौ तर विधा हामीसबैलाई आवश्यक छ , सिर्जना र सर्जकको कदर हामीसबैले गर्न जरुरी छ ।
लेख्नेको मसी नसकियोस्, बोल्नेको आवाज दुरुस्त रहोस् अनि हेर्नेको नजर खुल्ला रहोस् । क देखि ज्ञ सम्मका वर्णमाला अनि शब्द विन्यासहरुले हामीलाई ज्ञान अभिब्यक्त गर्दा सदैब साथ दिउन्, ए बि सि डि आदिका अक्षरस प्रयोग जारी रहोस्, ब्याकरणले साथ दियोस्, संगीतका सातै सुर अनि अभिनयका सम्पूर्ण रसहरुले साथ दिउन् । मुख्य कुरा श्रृगांर रसले जिवन भरिपूर्ण होस्, सरस्वती माताको जय ।
बिधा की देवी सरस्वतीको दिन अनि धेरै जनाको अक्षराम्भ भएको अनि कलम किताब, मसी, सिसाकलम अनि पुस्तक संगको प्रथम साक्षात्कार भएको दिन भएकाले पनि हरेक बर्षको सरस्वती पूजाका दिन राष्ट्रिय पुस्तक दिवस पनि मनाइने गरिन्छ । केही बर्षअघि मात्रै राष्ट्रिय पुस्तक तथा स्टेसनरी व्यवसायी महासङ्घले सरकारसँग सरस्वती पूजाका दिनलाई राष्ट्रिय पुस्तक दिवस घोषणा गर्न माग गरेको हो । महासङ्घले आफ्नै पहलमा बिभिन्न कार्यक्रमहरु गरेर राष्ट्रिय पुस्क दिवस मनाउने गरिन्छ । हरेक पुस्तकका पाना अनि अक्षरहरुमा बिधा की देवी सरस्वतीको बास छ, सरस्वतीको कृपा अनि अनुकम्पा नेपाली वर्णमाला, व्याकरण अनि शव्दमालामा सदैव रहिरहोस् । बिधाको कमी यस भूमिमा कदै नहोस् ।
साभार: सुयोग ढकाल (हाम्रो पात्रो)
१जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
२२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
३८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
४प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
५भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !