
१गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
२विष्णु पौडेलको लगानी रहेको कृषि फार्ममा सम्पत्ति शुद्धीकरण विभागको छापा
३अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
४एमाले उपाध्यक्ष विष्णु पौडेल सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ : शुभ होटलमै प्रहरी छिर्यो
५कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
६रास्वपा केन्द्रीय सदस्य पदका दावेदार निर्मल गौतम को हुन् ?
७रास्वपा महाधिवेशन : बन्दसत्रमा ढिलाइ, पूजा बास्तोलाद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
८लाखौं मूल्यका सुनचाँदीका गरगहना र नगदसहित चोरीको आरोपमा भुवन र बिराज पक्राउ
९पोखरामा ‘अपरेसन ३६५’ तीव्र : थप २३ वटा मोडिफाई गरिएका मोटरसाइकल नियन्त्रणमा
१०पोखरामा लागूऔषधसहित ७३ वर्षीय अमर हमाल पक्राउ
११लेनदेनको विवादमा ज्वाइँद्वारा सासुमाथि चक्कु प्रहार
१२मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
१नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
२मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
३कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
४अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
५गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
६कास्की प्रहरीको ‘ड्रग्स स्ट्राइक’ : एकै महिनामा करोडौंको लागू औषधसहित २० जना पक्राउ
७काभ्रे बस दुर्घटना : ज्यान गुमाउने आठै जनाको सनाखत, शोकमा डुब्यो रोशी
८स्याङ्जामा टिपर दुर्घटना : एकजनाको मृत्यु, एकजना घाइते
९लेनदेनको विवादमा ज्वाइँद्वारा सासुमाथि चक्कु प्रहार
१०रास्वपा केन्द्रीय सदस्य पदका दावेदार निर्मल गौतम को हुन् ?
११पोखरामा लागूऔषधसहित ७३ वर्षीय अमर हमाल पक्राउ
१२भ्रष्टाचार मुद्दामा क्यानका पूर्वमहानिर्देशकलाई कारागार पठाउने आदेश
पोखरा, २८ माघ । सहकारी ठगीमा फरार मित्र मिलन सहकारीका पूर्वअध्यक्ष कृष्णबहादुर राउत आज आईतबार १२ लाख रुपैयाँ धरौंटी बुझाएर रिहा भएका छन् । अदालतमा आफैं उपस्थित भएका पूर्वअध्यक्ष राउतलाई जिल्ला अदालत कास्कीले धरौंटीमा रिहा गर्न आदेश दिएको हो ।
न्यायाधीश बसन्तजंग थापाको ईजलासले पूर्वअध्यक्ष राउतलाई धरौंटीमा रिहा गर्ने आदेश दिएको थियो । पोखरा महानगरपालिका वडा नं. १२ बस्दैं आएका राउतले नेचर केयर होम प्रा. लि., आयुर्वेद अस्पताल र कुशुमकृष्ण आयूर्वेद फर्मा लगायतका विभिन्न संस्थाहरु सञ्चालन गर्दै आईरहेका छन् ।
सहकारीका ३ हजार ४ सय ४६ वचतकर्ताको २६ करोड ८६ लाख ६४ हजार ६ सय ४६ रुपैयाँ ठगिएकोमा सरकारी वकिलको कार्यालयले कानुन बमोजिम सजाय र २१ करोड बिगो माग दावी गरेर मुद्दा दायर गरेको हो । सहकारी ठगीमा ३३ जना विरुद्ध पक्राउ पुर्जी जारी भएपनि हालसम्म ९ जना मात्र पक्राउ परेका छन् । पक्राउ परेका मध्ये लेखा समितिका संयोजक सूर्यबहादुर अधिकारी र उपप्राध्यापक भण्डारी धरौंटीमा रिहा भईसकेका छन् ।
सञ्चालक समितिका अध्यक्ष रमण पौडेल, पूर्व रजिष्ट्रार उदयबहादुर पराजुली, सहकारी सञ्चालक सदस्य गोपाल खनाल, कार्यकारी अधिकृत किरण अधिकारी, सल्लाहकाररशेयर सदस्य राजु बराल र शेयर सदस्य बुद्धिसागर पौडेल जिल्ला अदालत कास्कीको आदेशले पुर्पक्षका लागि कास्की कारागारमा थुनामा रहेका छन् । बाँकी हालसम्म पनि फरार नै छन् ।
यस्तो थियो पूर्वअध्यक्ष कृष्णबहादुर राउतलाई लागेको आरोप:
कृष्णबहादुर राउत २०७३ पुस २६ गतेको दोस्रो वार्षिक साधारणसभाबाट अध्यक्षमा निर्वाचित भई जिम्मेवारी वहन गर्ने बेलादेखि नै मित्र मिलन सहकारीमा अनावश्यक खर्च हुने क्रम सुरु भएको अनुसन्धानका क्रममा देखिन्छ । राउत अध्यक्ष हुँदा नै पोखरा–१२, चापापानीमा उनकी श्रीमती विद्या डाँगी राउतको नाउँमा प्रेमबहादुर कार्कीको २ तले घर करिब १ करोड २० लाखमा खरिद गर्दा अपुग भएको रकम मनबहादुर दमैंका नाममा कृतिम खाता (फेक लोन) तयार गरेर ऋण प्रवाह गरेका थिए ।
राउतले त्यतिबेला सहकारीबाट २०७५ कार्तिक १५ गते ११ लाख २० हजार रुपैयाँ आफैंले सञ्चालन गर्दै आईरहेको कुसुम कृष्ण आयुर्वेद फर्माको नाउँमा लिएका थिए । सोही समयमा विभिन्न मितिमा १५ लाख २२ हजार पाँचसय गरी २६ लाख ४२ हजार पाँचसय लिएको देखिएकोमा तत्कालिन अध्यक्ष राउतले विभिन्न कृतिम कर्जाहरु खडा गरी आफ्नो खातामा रकम रकमान्तर गरी किर्ते काम गरेका थिए ।
राउतले आफू अध्यक्ष हुँदा नै पहुँचको भरमा मनबहादुर दमैको नाउँमा फेक लोन (कृतिम ऋण) सहकारीको सफ्टवेयरबाट भुक्तानी दिएको भनी क्लियर गरेर छाडेका तथ्य बयानका क्रममा वर्तमान समितिका अध्यक्ष रमण पौडेलले दिएको सूचना र अनुसन्धानबाट पुष्टि हुन जाँदा राउतलाई सहकारी ऐन २०७४ को दफा १२२ को उपदफा (ख), (च) र (त)ले परिभाषित कसुर भए गरेको हुँदा ऐनको दफा १२४ को उपदफा (१) को खण्ड (ग) र (घ२) बमोजिम अधिकतम सजायको माग दावी गर्दै जिल्ला अदालत कास्कीमा सरकारी वकिलको कार्यालय कास्कीले मुद्दा दायर गरेको थियो । पूर्वअध्यक्ष राउतसहित ३३ जना विरुद्ध सहकारी ठगीको मुद्दा यतिबेला जिल्ला अदालत कास्कीमा चलिरहेको छ ।
१नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
२मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
३कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
४अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
५गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ