
१प्रहरी दमनको विरोध गर्दै पोखरामा मसाल जुलुश
२रवि लामिछाने र बालेन्द्र शाहबीच ७ बुँदे सहमति
३रवि र बालेन्द्र बीच सहकार्यको छिनोफानो आज
४नेपाली कांग्रेसको क्रियाशील राजनीतिबाट विश्राम लिने व्यवसायी विमल बस्यालको घोषणा
५प्रचण्डलाई जन्मथलो कास्की–३ बाट सर्वसम्मत उम्मेदवार सिफारिस
६सिन्धुलीमा बुहारीलाई पेट्रोल छर्केर आगो लगाइएको प्रहरी अनुसन्धानबाट पुष्टि
७‘जनप्रिय क्याम्पसको शैक्षिक गुणस्तर कायम राख्न प्रतिवद्ध छौं’
८कुमार नगरकोटीको ‘यदाकदा’ साङ्गीतिक काव्य सन्ध्या राष्ट्रिय सभागृहमा
९हजुरआमाको हत्या आरोपमा नाति पक्राउ
१०किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
११लेखनाथ महोत्सवको २१औँ संस्करण बिहीबारदेखि, तयारी पूरा
१२भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
१जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
२२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
३प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
४८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
५भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
६छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
७पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
८पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
९जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
१०किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
११पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
१२क्यान महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरा, १५ माघ । सूर्यदर्शन बचत तथा ऋण सहकारी पोखराको रकम हिनामिना गरेको अभियोगमा गितेन्द्रबाबु (जीबी) राईसहित तीनजना विरुद्ध इन्टरपोलमा रेड कर्नर नोटिस जारी गर्न प्रहरीले प्रक्रिया शुरु गरेको छ । डिफ्यूजन नोटिस जारी भएसँगैं अलि प्रभावकारी ढंगले खोजी गर्न प्रहरीले रेड कर्नर नोटिसको तयारी गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी मोहनकुमार थापाले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी मोहनकुमार थापाका अनुसार फरार भएका ३ जना विरुद्ध रेड कर्नर नोटिस नै जारी गर्नका लागि थप प्रक्रिया सुरु भएको बताए । उनले भने–‘डिफ्युजन नोटिस भन्दा रेड कर्नर नोटिस अझै सशक्त हुने हुँदा थप पत्राचार गरेर यसका लागि हामी अघि बढ्दैंछौं । अब छिट्टैं नैं रेड कर्नर नोटिस जारी हुनेछ ।’
संस्थापक अध्यक्ष जीबी राईसहित वर्तमान अध्यक्ष थानबहादुर बुढामगर र पूर्वअध्यक्ष भूपेन्द्र राईविरुद्ध ‘डिफ्यूजन नोटिस’ जारी भईसकेको छ । सहकारीको रकम ठगी फरार भएका उनीहरु विरुद्ध कास्की प्रहरीले डिफयूजन नोटिसको प्रक्रिया अघि बढाई दिन प्रहरी प्रधान कार्यालयलाई गत महिना पत्राचार गरेको थियो ।
सोही बमोजिम इन्टरपोलको नेशनल सेन्ट्रल ब्यूरो (एनसीबी) काठमाडौंले डिफ्यूजन नोटिस जारी गर्न इन्टरपोलको महासचिवालयलाई पत्राचार गरेको हो । प्रहरी प्रधान कार्यालयको अनुरोध अनुसार माघ १२ गते इन्टरपोलले नोटिस जारी गरेको हो ।
उच्च अदालतद्वारा महेन्द्र भोटे र अनुज नकर्मीको रिट खारेज
त्यसैगरी कास्की कारागारमा पुर्पक्षका लागि थुनामा रहेका शिवबहादुर गुरुङ ‘महेन्द्र भोटे’ र फरार रहेका अनुज नकर्मीले थुनामुक्ता भएर मुद्दा लड्नका लागि दिएको रिट उच्च अदालत पोखराले खारेज गरिदिएको छ । न्यायाधिश अमृतबहादुर बस्नेत र राजकुमार खतिवडाको इजलासले यहीं माघ ९ गते सो रिट खारेजको फैसला गरेका थिए ।
महेन्द्र भोटे र नकर्मीले सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था, जिल्ला प्रहरी कार्यालय कास्की, वडा प्रहरी कार्यालय बैदाम र पोखरा महानगरपालिकाका विरुद्धमा २०८० असोज ४ गते रिट हालेका थिए ।
१ अर्ब ११ करोड हिनामिना गरेर अझैं १५ जना फरार
सूर्यदर्शन सहकारीका १८ हजार ७ सय बचतकर्ताको १ अर्ब ११ करोड १९ लाख ४३ हजार ४५ रुपैयाँ वर्तमान सञ्चालक समिति, पूर्वसञ्चालक समिति, लेखाका कर्मचारीसहित १९ जना मिलेर ठगेका थिए । १९ जना मध्ये सहकारीका सदस्य शिवबहादुर गुरुङ महेन्द्र भोटेसहित उपाध्यक्ष कैलाशकुमार दर्लामी, कोषाध्यक्ष कुमार रम्तेल, सञ्चालक समिति सदस्य भविश्वर अर्याललाई अदालतले पुर्पक्षका लागि थुनामा राखेर अनुसन्धान अघि बढाउन आदेश दिएको थियो । अझै १५ जना फरार छन् ।
जसमा संस्थापक अध्यक्ष जीबी राईसहित वर्तमान अध्यक्ष थानबहादुर बुढा मगर, पूर्वअध्यक्ष भूपेन्द्र राई, सचिव धीरजकुमार दाससहित लेखा अधिकृत सृष्टि मानन्धर, कर्जा अधिकृत बुद्धि गुरुङ, सदस्य हेमन्त अधिकारी, प्रमोद भट्टराई, अनुज नकर्मी, आईस्मा गुरुङ, कविता तामाङ, सागर केसी, ललिता तामाङ, दिनेश रोका र सुरज श्रेष्ठ फरार रहेका छन् ।
पोखरा महानगरपालिकाले छानबिन गरेर साउन ३ गते जिल्ला प्रहरी कार्यालय कास्कीमा छानबिन प्रतिवेदन बुझाएपछि प्रहरीले असोज १६ गते जिल्ला सरकारी वकिलको कार्यालय कास्कीमा प्रतिवेदन पेस गरेको थियो । सरकारी वकिलको कार्यालयले असोज १८ गते जिल्ला अदालतमा सहकारी ऐन २०७४ अन्तर्गत ठगी मुद्दा दर्ता गरेको थियो ।
जीबी राई २१ करोड, भूपेन्द्र ८० करोड र थानबहादुर बुढाले २७ करोड हिनामिना गरेका थिए …
सूर्यदर्शन सहकारीमा जीबी राई अध्यक्ष हुँदा २१ करोड ४२ लाख र उनका दाइ भूपेन्द्र अध्यक्ष हुँदा ८० करोड ७० लाख रकम हिसाब नैं नराखी हिनामिना गरेका थिए । त्यसैगरी संस्थापक अध्यक्ष ज्ञानबहादुर बम्जनको पालामा १९ करोड १८ लाख रुपैयाँ हिनामिना गरेका थिए । त्यसैगरी, थानबहादुर बुढाको २७ करोड ४८ लाख रुपैयाँ हिनामिना गरेका छन् । त्यसैगरी शिवबहादुर गुरुङ ‘महेन्द्र भोटे’ले ९ करोड रुपैयाँ हिनामिना गरेको देखिएको थियो ।
१जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
२२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
३प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
४८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
५भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !