
१मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
२सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
३रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
४किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
५आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
६पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
७गोरखाका घरबारविहीन बाढी पीडितलाई राखियो होटलमा
८पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
९सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
१०फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु
११कास्कीमा बाढी पीडितका आफन्तका लागि डीएनए प्रोफाइलिङ सेवा एकीकृत रूपमा सुरु
१२गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
१मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
२व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
३प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
४पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
५रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा
६सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
७चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
८रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
९रसुवा बाढी : ७८१ जनाको शव भेटियो
१०स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
११बागलुङमा सँगै काम गर्ने साथीको हत्या गरेको आरोपमा दुई जना पक्राउ
१२ढोरपाटनमा विदेशी सिकारीहरूको आकर्षण बढ्दै
पोखरा, १० माघ । सृजना विकास केन्द्र भित्र व्यापक आर्थिक अनियमिततामा देखिए पछि कृष्णबहादुर थापाको कार्यसमितिलाई नै भंग गरेर साधारण सदस्य पनि नरहने गरी कारवाही गरिएको छ । पोखरा–८, सिमलचौरमा स्थापित यस संस्थामा छानबिनका क्रममा अवैध ढंगबाट बैठक भत्ता, पेश्की तथा वैदेशिक भ्रमणका नाममा रकम अपचलन गरिएको समेत भेटिएको छ ।
संस्थामा व्यापक अनियमितता भएपछि सल्लाहकार सभाका सभापति गणेशबहादुर अधिकारी, शिवप्रसाद चालिसे समेतका ९ जना सल्लाहकारहरुले निवेदन दिएर हरिप्रसाद बरालको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरिएको थियो । जसमा विष्णुप्रसाद बराल र राजु पौडेल सदस्य रहेका छन् ।
सृजना विकास केन्द्रको विधान–२०३७ को छैटौं संशोधन–२०६४ को परिच्छेद ८ को धारा ४५ को उपधारा घ (७) बमोजिम कार्यसमितिले काम नगरेको भन्दैं अध्यक्ष थापाको समिति नै भंग गरिएको हो । संस्थाका अध्यक्ष थापा र कोषाध्यक्ष कृष्णप्रसाद बराललाई भविष्यमा अयोग्य हुने गरी साधारण सदस्य समेत नरहने गरी कारवाहीको लागि छानबिन समितिले सिफारिश गरेको छ ।
त्यसैगरी, निवर्तमान अध्यक्ष ईन्द्रप्रसाद पौडेलले वर्तमान कार्यसमितिलाई मार्ग निर्देशन गर्नु पर्नेमा यस्ता नगरी संस्थागत निर्णय विना संस्थाको रकम अध्यक्ष र पदाधिकारीहरुलाई दवाव दिई आफू आवद्ध संस्था अन्नपूर्ण बचत तथा ऋण सहकारी संस्थामा लगेको हुनाले साधारण सदस्यता समेत नरहने गरी कारवाही गरिएको छ ।
निर्णय पुस्तिकामा अध्यक्ष थापाको निर्देशनमा निर्णय केरमेट गरी थप गरेको सम्बन्धमा संस्थाका कोषाध्यक्ष बराललाई आर्थिक प्रशासन नियमावली विपरित पेश्की लिई दुरुपयोग गर्नमा संलग्न रहेकोले साधारण सदस्यता समेत नरहने गरी समितिले कारवाहीको सिफारिश गरेको छ ।
त्यसैगरी, संस्थाको अन्य पदाधिकारी र सदस्यहरुले छानबिन समिति समक्ष गल्ती स्वीकार गरेकोले उनीहरुलाई आगामी कार्यसमितिको निर्वाचनमा भाग लिन नपाउने गरी निलम्बन गर्न छानबिन समितिले सिफारिस गरेको छ ।
कान्तिपुर टेलिभिजन र सराङकोट एफएमका नाममा तर्साउँदैं सृजना विकास केन्द्रका अध्यक्ष एवं सराङकोट एफएमका कार्यकारी निर्देशक थापा, कोषाध्यक्ष कृष्णप्रसाद बराल र कान्तिपुर टेलिभिजनका पोखराका प्रतिनिधि निवर्तमान अध्यक्ष पौडेल लगायतको समूहले संस्थाको करोडौं रुपैयाँ नियम विपरित हिनामिना गरेको र व्यक्तिगत खातामा लाखौं रुपैयाँ लुकाएको तथ्य सार्वजनिक भएको थियो ।
अध्यक्ष थापाले बैठकमा डेढ करोड रुपैयाँ झिक्ने निर्णय गराएर साढे ५ करोड रुपैयाँ झिकी हिनामिना गरेका थिए । अध्यक्ष थापा, कोषाध्यक्ष बराल र निवर्तमान अध्यक्ष पौडेल लगायतको समूहले संस्थाको विधिविधान, आर्थिक प्रशासन नियमावली र प्रचलित ऐन कानुन विपरित संस्थाको रकमको अपचलन गरेका थिए ।
थापाको कार्यसमिति भंग गरेर सल्लाहकार सभाले गणेशबहादुर अधिकारीको संयोजकत्वमा विष्णुप्रसाद बरालसहितले यतिबेला संस्थाको नेतृत्व सम्हालिरहेको अवस्था छ ।

सृजना विकास केन्द्र, पोखरा–८, सिमलचौरमा रहेको कार्यालय भवन ।
एकैदिन दुईपटकसम्म भत्ता
२०७९ माघ ५ गते संस्थाको साधारण सभाको निर्णय नम्बर २९ मा भएको बैठक भत्ता सम्बन्धि निर्णय विपरित एकै दिन दुईवटा बैठक बसी अध्यक्ष कृष्ण थापाको कार्यसमितिले भत्ता लिएको देखिएको छ । संस्थाको मासिक बैठक भत्ता दुईहजार रुपैयाँ तोकिएकोमा एकै महिनामा दुई वा दुईभन्दा बढि बैठक राखेर अध्यक्ष थापाको कार्यसमितिले रकम अपचलन गरेको देखिएको छ ।
निर्वतमान अध्यक्ष ईन्द्रप्रसाद पौडेलसहित अध्यक्ष थापाको कार्यसमितिले २०७९ मंसिर २० गते, २०७९ फागुन ७ गते, २०८० साउन ३१ गते र २०८० भदौं २१ गते नियम विपरित बैठक भत्ताका नाममा रकम लिएको भेटिएको हो ।
त्यसैगरी तालिम र भ्रमण खर्च शीर्षक बिना नै गरिएको छ । जसमा खर्च अनुमोदन हुँदा रकम अंक र अक्षरमा भिन्नता देखिएको र वास्तविक खर्च कति हो भन्ने नै प्रष्ट नभएको छानबिनका क्रममा भेटिएको थियो । अध्यक्ष थापाको कार्य समितिले पहिला कमिसन हेरेर काम गर्ने र पछि निर्णय प्रक्रियामा ल्याउने गरेको पाईएको छ ।
सहयोग रकम न त संस्थामा, न त संस्थाको बैंक खातामा
संस्थामा २०७९ माघ ५ गते थप नयाँ सदस्यता १० जनालाई वितरण गर्दै नयाँ सदस्यहरुबाट स्वेच्छिक रुपमा संस्थाद्वारा सञ्चालित बालगृहको सहयोगार्थ प्रतिव्यक्ति २५ हजार रुपैयाँ लिइएको तर उक्त रकम संस्थाको कुनै पनि बैंक खातामा दाखिला नगरिएको भेटिएको छ । उक्त रकम अध्यक्ष कृष्णबहादुर थापाको कार्य समितिले मनपरी जलपानका नाममा मदिरा सेवनमा खर्च गर्ने र पकेट मनिका रुपमा चलाउने गरेको स्रोतले बतायो ।
मनपरी खर्च, विज्ञापनदाताको सहयोग विवरण नै छैन रेकर्डमाः
२०७९ माघ १५ गते भएको सृजना कप भलिवल खेल आयोजना गर्दा प्रतियोगितामा विज्ञापनदाताहरुले गरेको सहयोगको कुनै पनि विवरण भेटिएको छैन । अध्यक्ष कृष्ण थापाले सबै आर्थिक सहयोगको हिसाबकिताबमा व्यापक आर्थिक अनियमितता गरेको छानबिनका क्रममा भेटिएको हो ।
प्रतियोगिता आयोजना गर्न वार्षिक बजेट अनुसार युवा तथा खेलकुदमा ७ लाख रुपैयाँमात्र बजेट तय भएकोमा प्रतियोगिताको खर्च र आम्दानीको भरपाई समेत भेटिएको छैन । साथै उक्त प्रतियोगितामा निर्णय विना नै खर्च गरिएको छ । प्रतियोगितामा लाग्ने खर्चको अनुमानित विवरण र कार्यविधि केही पनि समावेश गरिएको छैन ।
संस्थाको निर्णय विपरित वैदेशिक भ्रमण, मनोमानी ढंगले बजेटको दुरुपयोग
अध्ययन अवलोकन भ्रमणका सन्दर्भमा साधारण सभामा संस्थाको पैसाले वैदेशिक भ्रमण नगर्ने निर्णय हुँदा हुँदैं अध्यक्ष कृष्ण थापाको समूहले निर्णय विपरित वैदेशिक भ्रमण गरेको भेटिएको छ । २०७९ फागुन २६ गते पोखरा–काठमाडौं–पोखराका नाममा प्रतिव्यक्ति ३० हजार रुपैयाँ खर्च गर्ने निर्णय गर्दै २०८० वैशाख २५ गतेको निर्णयमा प्रतिव्यक्ति ४७ हजार भन्दा बढि रकम खर्च अनुमोदन गरिएको थियो ।
साथै अध्यक्ष थापाले संस्थाको रकममाथि ब्रह्मलुट गर्दै संस्थाका नामबाट भए गरेका आर्थिक सहयोग कहीं कतै उल्लेख नगरी हचुवा, तजविजी र मनोमानी ढंगले निर्णय गरेर पैसा असुल्ने धन्दा गरेको पनि छानबिनका क्रममा पुष्टि भएको छ ।

सृजना विकास केन्द्र पोखराको ४५ औं साधारण सभा तथा २२ औं अधिवेशनबाट कृष्णबहादुर थापाको अध्यक्षतामा निर्वाचित पदाधिकारीहरु
विधान विपरित माईन्यूट केरमेट गरेर रकम हिनामिना
संस्थामा भएको रकम विधान २०३७ को छैठौं संशोधन २०६४ को परिच्छेद ५ को उपदफा २८ क मा नै प्रष्ट रुपमा नेपालको बैंकमा जम्मा गर्नुपर्ने उल्लेख छ । विधान विपरित निर्णय पुस्तिका समेत केरमेट गरी आफ्नो स्वार्थानुकुलका सहकारीमा रकम जम्मा गर्ने कार्य कानुन विपरित भएको छानबिन समितिले पनि उल्लेख गरेको छ । आर्थिक अनुशासन र आर्थिक अपचलनका लागि नियम मिच्ने कार्य अध्यक्ष कृष्ण थापा लगायतको समूहले गरेको भन्दैं कारवाही गर्नुपर्ने सिफारिस छानबिन समितिले गरेको हो ।
संस्थाको बजेट जीवन जल शीर्षकमा मदिराका नाममा खर्च
चितवनको सौराहमा भएको कार्यक्रममा ४० हजार रुपैयाँ अध्यक्ष कृष्णबहादुर थापाको समूहले ‘जीवन जल’ भन्दैं जलपानका नाममा जाँडरक्सी खाएको बिल बुझाएको पनि छानबिनका क्रममा भेटिएको छ । सौराहको कार्यक्रममा १५ हजार र २५ हजार गरी ४० हजार रुपैयाँ अध्यक्ष थापाको निर्देशनमा जाँडरक्सीमा खर्च गरिएको भेटिएको हो ।
साथैं, संस्थाका सचिव भीमप्रसाद सुवेदीले लिएको पेश्की रकममा पनि व्यापक अनियमितता गरिएको भेटिएको छ । जाल्पा सामुदायिक लघु वित्तीय संस्थाको निमन्त्रणामा जाँदा खर्च भएको भन्ने बिल भरपाई हेर्दा पोखराका रेष्टुरेण्ट र होटलको फर्जी बिल समावेश गरिएको पाईएको हो ।
उक्त पेश्की पछ्र्यौंट गर्दा पेश गरिएका सक्कल बिलहरु जाल्पा सामुदायिक लघुुबित्त संस्थामा समेत पेश गरी दोहोरो भुक्तानी र सुविधा लिइएको छ । जुन रकम असुलउपर गर्नुपर्ने देखिएको छ ।
संस्थाको भवन मर्मतका नाममा बजेटभन्दा दोब्बर खर्च
२०८० जेठ ३१ गतेको निर्णय अनुसार संस्थाको भवन मर्मतको लागि वार्षिक बजेट ६ लाख रुपैयाँ विनियोजन गरिएकोमा १२ लाख ७१ हजार तीनसय अन्ठाउन्न रुपैयाँ खर्च भएको भन्दैं बिल पेश गरेर अध्यक्ष कृष्णबहादुर थापाको समूहले रकम असुलेको देखिएको छ । छानबिनका क्रममा प्रक्षेपण गरिएको खर्चभन्दा दोब्बर खर्च गरिनु र देखिनु मनासिब नभएको भन्दैं थप छानबिन हुनुपर्ने भनिएको छ ।
१मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
२व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
३प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
४पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
५रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा