
१पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
२व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
३तिब्बतर्फ ताल पुन: फुट्यो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
६स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
७विभिन्न जिल्लामा १५७ जनाको शव फेला, बाढीका कारण एक हजारभन्दा बढी सम्पर्कविहीन
८बागलुङमा सँगै काम गर्ने साथीको हत्या गरेको आरोपमा दुई जना पक्राउ
९स्वास्थ्य मन्त्रालयद्वारा सबै स्थानीय तहलाई निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न परिपत्र
१०पत्रकार अमृतनाथलाई नेफ्स्कुन पत्रकारिता पुरस्कार
११ढोरपाटनमा विदेशी सिकारीहरूको आकर्षण बढ्दै
१२सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
३बरपीपल रिसोर्टमा आगन्तुकका लागि १५ प्रतिशतसम्म छुट
४ब्रोड पिक हिमपहिरोका आरोही र तराई हिंसाका मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण
५नर्स अभियन्ता ज्योति रानाभाट र सरकारबिच १९ बुँदे सहमति
६सिर्जनाचोकबाट १४०.७७ ग्राम ब्राउन सुगरसहित एक भारतीय नागरिक पक्राउ
७२८ हजार नगदसहित ६ जना जुवाडे पक्राउ
८सहकारी ठगी मुद्दाको शीघ्र न्याय निरूपणका लागि विशेष इजलास गठन गर्न मन्त्रालयको आग्रह
९अफवाह नफैलाउन प्रहरीको आग्रह
१०फिर्के खोलाघरका बाँकी संरचना हटाउन १५ भदौसम्म अल्टिमेटम
११जनप्रतिनिधि गीताद्वारा विभिन्न धार्मिक तथा शैक्षिक संस्थालाई मूर्ति र छाता हस्तान्तरण
१२एलपी ग्यासको बिक्री-वितरण व्यवस्थित गर्न निर्देशन
पत्रकारिताको आवरणमा रहेका अध्यक्ष कृष्णबहादुर थापा र निवर्तमान अध्यक्ष ईन्द्रप्रसाद पौडेल जग्गा दलाली, पेटी ठेक्कापट्टादेखि विभिन्न विचौंलिया धन्दामा पनि संलग्न रहँदै आएका छन् । राजनीतिक संरक्षण, टोले गुन्डाहरुसँगको उठबस र पत्रकारिताको आवरणमा संरक्षित रहेको थापा र पौडेलको समूहले यसरी संस्थाको करोडौं रुपैयाँ हिनामिना गर्दा समेत कारवाही गर्ने आँट कसैले गर्न नसकेकोमा स्थानीयवासीहरु रुष्ट भएका छन् ।
पोखरा, ७ माघ । कान्तिपुर टेलिभिजन र सराङकोट एफएमका नाममा तर्साउँदैं सृजना विकास केन्द्रका अध्यक्ष एवं सराङकोट एफएमका कार्यकारी निर्देशक कृष्ण बहादुर थापा, कोषाध्यक्ष कृष्णप्रसाद बराल र कान्तिपुर टेलिभिजनका पोखराका प्रतिनिधि निवर्तमान अध्यक्ष इन्द्र प्रसाद पौडेल लगायतको समूहले संस्थाको करोडौं रुपैयाँ नियम विपरित हिनामिना गरेको र व्यक्तिगत खातामा लाखौं रुपैयाँ लुकाएको तथ्य सार्वजनिक भएको छ ।
अध्यक्ष थापाले बैठकमा डेढ करोड रुपैयाँ झिक्ने निर्णय गराएर साढे ५ करोड रुपैयाँ झिकी हिनामिना गरेको तथ्य पनि पुष्टि भएको छ । अध्यक्ष थापा, कोषाध्यक्ष बराल र निवर्तमान अध्यक्ष पौडेल लगायतको समूहले संस्थाको विधिविधान, आर्थिक प्रशासन नियमावली र प्रचलित ऐन कानुन विपरित संस्थाको रकमको अपचलन गरेको हो ।

यसरी माईन्यूट केरेर डेढ करोडबाट साढे ५ करोड रुपैयाँ हिनामिना गरिएको थियो ।
२०७९ पुस १४ गते बसेको बैठकमा संस्थाको नाममा कामना सेवा विकास बैंकमा रहेको १ करोड ५० लाख रुपैयाँ झिकी केही सहकारीमा राख्ने निर्णय अध्यक्ष थापाले गराएका थिए । तर त्यस दिन भएको सो निर्णयलाई केरमेट गर्दै रकम थपेर साढे ५ करोड रुपैयाँ झिकिएको थियो । निर्णय पुस्तिकामा केरमेट गर्दै अध्यक्ष थापा र कोषाध्यक्ष बराल मिलेर करोडौं रुपैयाँ झिकेका थिए ।

सृजना विकास केन्द्र, पोखरा–८, सिमलचौरमा रहेको कार्यालय भवन ।
संस्थाको कामना विकास बैंकमा राखिएको १ करोड ५० लाख रुपैयाँबाट सुविधा बचत तथा ऋण सहकारीमा ५५ लाख रुपैयाँ, सराङकोट बहुउद्देश्यीय सहकारीमा ५५ लाख रुपैयाँ, परोपकार सहकारीमा ४० लाख रुपैयाँ, घामपानी सहकारीमा ५० लाख रुपैयाँ, पिपल्स सहकारीमा ७५ लाख रुपैयाँ, अन्नपूर्ण सहकारीमा ५० लाख रुपैयाँ कहीं कतै अभिलेखिकरण नगरी, ती सहकारी संस्थाको मागपत्र बिना, गैरकानुनी ढंगले गलत मनसाय राखेर राष्ट्रिय सहकारी बैंकको नाममा चेक काटी संस्थाको पत्र दुरुपयोग गर्दै रकम हिनामिना गरिएको थियो ।
साथै अध्यक्ष थापाले २०८० वैशाख ८ गते नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको खातामा संस्थाको नाममा रहेको ४५ लाख रुपैयाँ आईसिएफसी फाइनान्सको नाउँमा चेक काटी आफ्नो व्यक्तिगत खातामा ट्रान्सफर गरेका थिए । संस्थाको लाखौं रुपैयाँ भ्रष्टाचार गरेका अध्यक्ष थापा समाजसेवीको आवरणमा जग्गा दलालीदेखि विचौंलिया धन्दामा सक्रिय रहँदैं आएका पात्र हुन् ।
त्यसैगरी, अध्यक्ष थापाले २०८० साउन १ गते कार्यसमितिको निर्णय बिना नैं एकलौंटी रुपमा आईसिएफसी फाइनान्समा रहेको संस्थाको १ करोड रुपैयाँ सराङकोट बहुउद्देश्यीय सहकारीमा ट्रान्सफर गरेका थिए । एकातर्फ संस्थाको रकम बिना निर्णय, कुनै रेकर्ड समेत नराखी अध्यक्ष थापाले आफू अध्यक्ष भएको सहकारीमा लैजाने र त्यहाँबाट व्यक्तिगत स्वार्थमा प्रयोग गर्ने देखिएको हो । स्रोतका अनुसार सराङकोट सहकारी भित्र पनि थापाको समूहले यसरी नै रकमहरु हिनामिना गरेको दावी गरेको छ ।
त्यसैगरी, सृजना विकास केन्द्रको रकम कान्तिपुर टेलिभिजनका पोखरा प्रतिनिधि समेत रहेका निवर्तमान अध्यक्ष इन्द्रप्रसाद पौडेलसमेतको संलग्नतामा हिनामिना गरिएको भेटिएको छ । अन्य सदस्यहरुलाई राजनीतिक पहुँच र पत्रकारिताको आवरणमा दवावमा पार्दै थापा र पौडेलको समूहले संस्थाको रकम हिनामिना गर्दै आईरहेका थिए ।
यस विषयमा प्रश्न गर्दा कान्तिपुर टेलिभिजन पोखराका प्रतिनिधि र निवर्तमान अध्यक्ष इन्द्र पौडेलले ५० लाख रुपैयाँ आफू अध्यक्ष भएको सहकारीमा निर्णय पुस्तिका केरमेट गरी, बिना निर्णय, बिना मागपत्र र संस्थाको नियम विपरित लगेको स्वीकार गरे । उनले भने–‘ब्याजदर राम्रो हुने भनेर संस्थाबाट पैसा लगेको हो । संस्थाबाट लगेको ५० लाख रुपैयाँको ब्याजसहित फिर्ता गरिसक्यौं ।’
संस्थाका अध्यक्ष थापाले पनि संस्थामा बढि पैसा (व्याँज) आउँला भनेर लगेको स्वीकार गरे । उनले व्यक्तिगत खातामा जम्मा भएको ४५ लाख रुपैयाँका विषयमा गल्तीले आफ्नो खातामा ट्रान्सफर भएको दावी गरे । माईन्यूट (निर्णय पुस्तिका) केरमेटका सम्बन्धमा संस्थामा आवद्ध अन्य व्यक्तिहरु सञ्चालक भएका सहकारीमा पनि थपौं भनेर माइन्यूट केरमेट गरेर पैसा लगिएको अध्यक्ष थापाको भनाई थियो ।
उनले भने–‘सहकारीको नाम थप्दा खेरी निर्णय पुस्तिका (माईन्यूट) केरमेट भएको हो । रकम त ५० लाख ५५ बनाए पनि, सच्याएकैं पैसा सहकारीमा गएको छ र सहकारीबाट संस्थामा सोही रकममा ब्याज आएको छ । माईन्युट त कहिले काँही केरमेट त भईहाल्छ नि !’

कान्तिपुर टेलिभिजन पोखराका प्रतिनिधि, सृजना विकास केन्द्रका निवर्तमान अध्यक्ष एवम् अन्नपूर्ण सहकारी बचत तथा ऋण सहकारीका अध्यक्ष ईन्द्रप्रसाद पौडेल ।
संस्थाका निवर्तमान अध्यक्ष पौडेलले गरेको सबैभन्दा ठुलो वित्तीय अपराध आफू अध्यक्ष भएको अन्नपूर्ण सहकारीमा बिना निर्णय, बिना मागपत्र र संस्थामा कुनै पनि लिखित रेकर्ड बिना सृजना विकास केन्द्रको खातामा रहेको ५० लाख रुपैयाँ लगेको तथ्यबाट पनि पुष्टि भएको छ ।
पत्रकारिताको आवरणमा रहेका अध्यक्ष थापा र निवर्तमान अध्यक्ष पौडेल जग्गा दलाली, पेटी ठेक्कापट्टादेखि विभिन्न विचौंलिया धन्दामा पनि संलग्न रहँदै आएका छन् । राजनीतिक संरक्षण, टोले गुन्डाहरुसँगको उठबस र पत्रकारिताको आवरणमा संरक्षित रहेको थापा र पौडेलको समूहले यसरी संस्थाको करोडौं रुपैयाँ हिनामिना गर्दा समेत कारवाही गर्ने आँट कसैले गर्न नसकेकोमा स्थानीयवासीहरु रुष्ट भएका छन् ।
‘पत्रकार होस् कि कुनै राजनीतिक दलको नेता, जो सुकै भएपनि संस्थाको आर्थिक अनियमितता गर्नेलाई कडा कारवाही हुनैपर्छ,’ सृजना विकास केन्द्रका एक सदस्यले डन न्यूजसँग भने–‘सहकारी ठगीमा समेत यहीं गिरोहका केही पात्रहरु अहिले कारागारमा छन् । समाजसेवीको खोल ओढेर लुटधन्दा मच्चाउने यो गिरोहलाई कुनै हालतमा पनि छोड्नु हुँदैन । हामी अब त्यसै चुप लागेर बस्नेवाला छैनौं ।’
संस्थाका अध्यक्ष कृष्ण थापा प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य, सराङकोट बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष, क्षेत्री समाज नेपालको केन्द्रीय उपाध्यक्ष, क्षेत्री समाज नेपालका प्रचार विभाग प्रमुख, इन्द्रेणी ग्रुप प्रा.लि.का निर्देशक हुँदैं पोखरा महानगरपालिकाका पूर्व नगरप्रहरी एवम् राप्रपा, नेपाली कांग्रेस हुँदैं यतिबेला नेकपा एमालेमा आवद्ध रहेका छन् । त्यसैगरी कान्तिपुर टेलिभिजन पोखराका प्रतिनिधि निवर्तमान अध्यक्ष पौडेल नेकपा एमाले निकट पत्रकारहरुको संस्था प्रेस चौतारी नेपाल गण्डकीका अध्यक्ष हुन् ।

सृजना विकास केन्द्रका अध्यक्ष एवम् सराङकोट एफएमका प्रबन्ध निर्देशक कृष्णबहादुर थापा ।
२०३७ असोज २५ गते स्थापित सृजना युवा क्लब क्रमशः सृजना विकास केन्द्र हुँदैं ४३ वर्षको यात्रामा देउसीभैलो लगायतका माध्यमबाट साधनस्रोत संकलन गर्दै आईरहेको थियो । २०५९ सालमा महिला सशक्तिकरणका लागि महिला लघु ऋण परियोजनाको सञ्चालन गरेको यस संस्थाले महिला लघु वित्त कार्यक्रमबाट संस्थामा झण्डैं ११ करोड रुपैयाँको कोष खडा गर्न सफल भएको थियो । संस्थाबाट २०७५ सालमा महिला लघु बित्त स्वतन्त्र भएको थियो । लघु वित्त सञ्चालनका क्रममा जम्मा भएको करोडौं रुपैयाँबाट आज यो संस्था सञ्चालनमा आईरहेको छ । तर, यतिबेला विभिन्न स्वार्थ बोकेका पात्रहरु नेतृत्वमा पुग्दा र ती गलत पात्रहरुलाई जोगाउन राजनीतिक दलका नेताहरु खुलेरै लाग्दा गर्विलो इतिहास बोकेको यो संस्थाको अस्तित्व संकटमा परेको छ ।

सृजना विकास केन्द्र पोखराको ४५ औं साधारण सभा तथा २२ औं अधिवेशनबाट कृष्णबहादुर थापाको अध्यक्षतामा निर्वाचित पदाधिकारीहरु

सृजना विकास केन्द्रका अध्यक्ष कृष्णबहादुर थापा र निवर्तमान अध्यक्ष ईन्द्रप्रसाद पौडेल ।
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
३बरपीपल रिसोर्टमा आगन्तुकका लागि १५ प्रतिशतसम्म छुट
४ब्रोड पिक हिमपहिरोका आरोही र तराई हिंसाका मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण
५नर्स अभियन्ता ज्योति रानाभाट र सरकारबिच १९ बुँदे सहमति