News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

क्राईम–न्यूज प्रमुख समाचार

बलिदानी सहकारीका अध्यक्ष अजय श्रेष्ठ र लेखा सदस्य सचिना थापालाई थुनामैं राख्न उच्चको आदेश

पोखरा, ५ माग । बलिदानी उपभोक्ता सहकारी संस्था पोखराका अध्यक्ष अजय श्रेष्ठ र लेखा समिति सदस्य सचिना थापालाई थुनामैं राख्न उच्च अदालत पोखराले आदेश दिएको छ । न्यायाधीश राजप्रसाद भट्टराई र अमृतबहादुर बस्नेतको संयुक्त इजलासले उनीहरूलाई थुनामा राख्ने जिल्ला अदालतकै आदेशलाई हिजो बिहीबार सदर गरिदिएका हुन् ।

पोखरा–९, पृथ्वीचोकमा कार्यालय रहेको उक्त सहकारीमा बचतकर्ताको रकम अपचलन गरेको अभियोगमा कार्तिक २५ गते अध्यक्ष श्रेष्ठ र थापालाई प्रहरीले पक्राउ गरेको थियो । उनिहरुलाई जिल्ला अदालत कास्कीले मंसिर ३ गते पुर्पक्षका लागि कारागार चलान गरेको थियो ।

थुनामुक्त भएर मुद्दा लड्न माग गर्दै श्रेष्ठ र थापाले उच्चमा निवेदन दिएका थिए । बलिदानी सहकारीबाट १ हजारभन्दा बढी बचतकर्ताको १० करोड रुपैयाँ अपचलन गरेको आरोप सञ्चालक समितिलाई लागेको छ । प्रहरीले सहकारीको रकम हिनामिना गरेको भन्दैं १५ जना विरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । जसमध्ये हालसम्म ६ जना मात्रै पक्राउ परेका छन् । बाँकी ९ जना अझै फरार छन् । पक्राउ परेका मध्ये ३ जना धरौटीमा रिहा भएका छन् ।

बन्द अवस्थामा रहेको बलिदानी सहकारी । तस्विर: प्रकाश अधिकारी